ट्रेंडिंग:

>> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

क्षत्री समाजले भन्यो– हिन्दु राष्ट्र घोषणा र जातीय आरक्षण खारेज नगरे आन्दोलन

१ चैत्र २०७९, बुधबार
१ चैत्र २०७९, बुधबार

बुटवल, १ चैत ।

क्षत्री समाज नेपालले मुलुकलाई हिन्दू राष्ट्र घोषणा र जातीय आरक्षण खारेज गर्न माग गरेको छ ।

बुटवलमा यही चैत ४ र ५ गते हुने समाजको दोस्रो केन्द्रीय परिषद भेलाको पुर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा समाजले यस्तो माग गरेको हो । समाजले आम खस क्षत्री जातीलाई आदीवासी जातीमा सूचीकृत गर्न, आरक्षणको व्यवस्था जातीय नभई वर्गीय आधारमा गर्न, विपन्न, गरिव, पीछडिएका वर्गलाई जातीयरुपमा नहेरी सहयोग आरक्षण व्यवस्थ ागर्न, खस र आर्यको व्यवस्था अलग अलग रुपमा गर्न पनि माग गरेको छ ।

त्यस्तै राष्ट्र र राष्ट्रियताविरुद्ध हुने सबैखाले हस्तक्षेप बन्द गर्न, खस राष्ट्रिय आयोगको गठन गर्न, आर्थिक तरलता व्यवस्थापन, रोजगारी सिर्जन ागर्न र क्षत्री समाजको नेतृत्वमा भएको विविध आन्दोलनहरुमा सरकारले गरेको सम्झौताको पूर्ण कार्यान्वयन गर्न पनि समाजले माग गरेको छ ।

समाजले आफ्ना मागहरुलाई केन्द्रीय परिषद भेलामार्फत प्रभावकारीरुपमा उठाइने भन्दै यसका लागि दवावमूलक कार्यक्रम गर्ने बताएको छ । केन्द्रीय परिषदको पहिलो दिन बुटवल बजारको परिक्रमा सहित समाजको भवन रहेको स्थान हिलपार्कमा पुगी सभामा परिणत हुने केन्द्रीय उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक केष्णबहादुर थापाले बताए । दोस्रो दिन केन्द्रीय, प्रदेश, जिल्ला तथा भातृ समाजका प्रतिनिधिहरुको भेला हुने महासचिव केशबहादुर केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?