ट्रेंडिंग:

>> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
मुख्य खबर

चार वर्षपछि पुनः निर्माण शुरु दुई पटक भाँचियो अव, के होला ?

३० फाल्गुन २०७९, मंगलवार
३० फाल्गुन २०७९, मंगलवार

गुल्मी, फागुन-  गुल्मीको मुसिकोट नगरपालिका अन्र्तगत बढीघाट खोलामा निर्माणाधिन अबस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण कार्य चार वर्षपछि पुनः शुरु गरिएको छ । मुुसिकोट नगरपालिका ७ देखि मुसिकोटकै २, ३ र ४ नम्बर वडालाई जोड्ने उक्त पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएर वर्षौसम्म अलपत्र परेको थियो ।
दुईदुई पटकसम्म भाँचिएको पुल निर्माणका लागि अहिले डिजाईन परिवर्तन गरि नयाँ निर्माण व्यवसायी जलप नेपाल प्रालीले निर्माण कार्यको जिम्मा लिएपछि काम शुरु भएको हो । स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको उक्त पुलको लागत दुई करोड ५० लाख रुपैंया रहेको छ ।
पुल निर्माणको लागि दुबैतिर फाउण्डेशनको काम पुरा भैससकेको हुँदा अहिले पुल निर्माण स्थलसम्म पुग्न सडक विस्तारको काम भैरहेको निर्माण व्यावसायी प्रतिनिधि अनिष पौडेलले जानकारी दिएका छन । पौडेलका अनुसार दुई पटकसम्म भाँचिएको पुलको अहिले डिजाईन परिवर्तन गरि काम शुरु गरिएको भन्दै आउँदो असोजसम्म पुल निर्माण सम्पन्न गरिने बताए ।


तत्कालिन अबस्थामा निर्माणाधिन पक्की पुल पहिलो पटक २०७६ बैशाखमा निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा खोलामा बाँढी आएपछि पुलको टेका भासिँदा पुल भाँचिएको थियो । भाँचिएको उक्त पुलको दोश्रो पटक पनि निर्माण शुरु भएको एक वर्षपछि सोही प्रकृति दोहोरीएका कारण पुनः पुल भाँचिएपछि लामो समय अलपत्र बनेको थियो । ढलाई गर्दा गर्दै अचानक पुल भाँचिदा पाँच जना व्यक्तिहरु समेत घाईते बनेका थिए । उक्त पुल निर्माण गर्दै गर्दाको समयमा दुइ पटकसम्म भाँचिएपछि कतिबेला पुल निर्माण होला र वारीपारी गर्न सहज होला भनेर पर्खिरहेका त्यस क्षेत्रका नागरिकहरुकोे सपनामा अधुरै रहेको थियो ।
दुइ पटकसम्म भाँचिएको पुलको निर्माण कार्य तत्कालै शुरु गर्न नगरपालिकाको तर्फबाट पटक पटक सम्बन्धित निकायहरुमा पहलकदमी गरेपछि काम शुरु हुन लागेको मुसिकोट नगरपालिका प्रमुख जीवन खरेलले बताए । नगर प्रमुख खरेलले ढीलै भएपनि काम शुरु हुन लागेको हुँदा यो पटक तोकिएकै मितीमा पुल निर्माण हुने कुरामा आफुहरु आशावादी रहेको बताए । प्राकृतिक प्रकोपका कारण लामो समय नगरपालिका जोड्ने पुल निर्माण कार्य अलपत्र हुँदा त्यसले नगरको विकास निर्माणमा ठूलो क्षती पुगेको खरेलको भनाई छ ।

अलपत्र परेको पुलको निर्माण कार्य शुरु भएपछि यतिबेला त्यस क्षेत्रका नागरिकहरुमा केही खुसि थपिएको छ । पहिलो पटक पुल भत्किँदा निराश बनेका र दोश्रो पटक पनि पुनःभत्किएपछि झनै आशा मारेका स्थानीयहरुका लागि तेश्रो पटक निर्माण कार्यले गति लिन शुरु गरेपछि स्थानीयहरुमा खुसि र आशा थपिएको स्थानीय प्रेम शाक्यले बताए ।


मुसिकोट नगरपालिकाको बढीगाढ खोला माथि निर्माण हुन लागेको ट्रस बोर्डर प्रबिधिमा आधारित उक्त पुलको लम्बाई ५५ मिटर रहेको छ । पुल निर्माणका लागि जलप नेपाल कम्पनीले निर्माणको जिम्मा पाएको छ । पुल निर्माण भएपछि मुसिकोट नगरपालिका लगायत छिमेकी बाग्लुङ्ग जिल्लाका नागरिकहरुलाई समेत सदरमुकाम तम्घास आवतजावतमा थप सहजता मिल्ने भएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?