ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो
विचार

सुरुङ्ग मार्गको खुसीसंगै सिद्धबाबा मन्दिरको चिन्ता

सुरुङ्गले सिद्धबाबा मन्दिरलाई केही असर त अवश्य पार्छ । किनकी सुरुङ्गको प्रवेशद्वार मन्दिर निकटको चौतारीनेर छ । प्रवेशद्वार फराकिलो त अवश्य चाहिएला । पहिलो चरणमा मन्दिर आँगनका व्यापारिक भवनहरु हटाइने भएको छ । अब मन्दिर सारेर फेरी निर्माण गर्नुपर्ने भयो भने दोभानबासीले अलि फराकिलो र जोखिम मुक्त ठाउँ खोजेर बनाउनु पर्छ ।
३० फाल्गुन २०७९, मंगलवार
३० फाल्गुन २०७९, मंगलवार

तराई र पहाडको संगमस्थल (रुपन्देही र पाल्पाको सिमा) बुटवल–दोभान क्षेत्रमा सिद्धबाबाको स्थान रहेको जनविश्वास छ । यस क्षेत्रमा दुईवटा सिद्धबाबा मन्दिर लोकमा प्रसिद्ध छन् । एउटा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ दोभानमा रहेको छ भने अर्को रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ चिडियाखोलामा रहेको छ । दुबै मन्दिर लोकमा प्रसिद्ध छन् । भक्तजनहरुले यहाँ सिद्धबाबाको निवास रहेको विश्वास गरी श्रद्धापूर्वक पूजा प्रार्थना गर्ने गर्दछन् । वर्षेनी लाखौँ भक्तजन यहाँ आउने गर्दछन् । छिमेकी मुलुक भारतबाट पनि ठूलो संख्यामा भक्तजन आउने गरेको तथ्याङ्क छ । नेपालको विभिन्न भू–भागबाट भक्तजनहरु आउने गर्दछन् । यसै क्षेत्रमा अहिले सिद्धबाबा सुरुङ्ग मार्ग निर्माणको प्रक्रिया अघि बढेको छ । यो सुरुङ्ग मार्गका कारण पाल्पा दोभान क्षेत्रको सिद्धबाबा मन्दिर विस्थापित हुने हो की भन्ने चासो र चिन्ता बढेको छ । यसै विषयमा चर्चा गर्नु यस लेखको उद्देश्य हो ।

सिद्धबाबा मन्दिर स्थापना कसरी भयो भन्ने सम्बन्धमा सामान्य चर्चा गरौं । बुढापाकाहरुका अनुसार १९९७ सालमा भएको सहिद काण्डपछि राणा प्रधानमन्त्री जुद्ध शमसेरमा बैराग्य उत्पन्न भयो । उनले पाल्पाको अर्गलीमा दरबार बनाई बस्ने अनि हरेक दिन बिहान काली गण्डकीको दर्शन गरी कालीगण्डकीमा स्नान समेत गरी पापमोचन गर्ने उद्देश्य लिए । त्यसको प्रबन्ध मिलाउने जिम्मेवारी स्थानिय प्रशासनको थियो । जुद्ध शमसेरको सवारी चलाउन यस क्षेत्रमा सडकको सुधार तथा प्रबन्ध मिलाउनुपर्ने भयो । बुटवलदेखि नुवाकोटसम्मको उकालो र दोभानसम्मको ओरालो बाटो जुद्ध शमसेरलाई हिंड्न कठिन भएकाले बुटवल–दोभान क्षेत्रमा घोडेटो बाटो निर्माण गरियो । लप्टन प्रतिमान बोहोराको नेतृत्वमा घोडेटो निर्माण कार्य अघि बढ्यो । त्यसक्रममा एकजना साधुले बोहोरालाई बाटोमै बाटो पूरा हुन्छ त भनि सोधेछन् । बोहोराले हुन्छ भनि जवाफ फर्काएछन् । बोहोराले दृष्टि घुमाएर हेर्दा ती साधु अलप भई सकेका रहेछन् । बोहोरालाई ती साधु सिद्धबाबा हुन् भन्ने लागेछ । त्यसपछि एक दिन प्रभातकालमा तिनाउमा डुबुल्की मारी श्रद्धापूर्वक भेटाएको शिलालाई छरछरे झरना भन्दा केही पर खोल्सामा स्थापना गरी सिद्धबाबा मन्दिरको श्रीगणेश बोहोराले गरे । २००२ साल अघिको कुरा हो यो । त्यसपछि घोडेटो निर्बिघ्नतापूर्वक सम्पन्न भएर जुद्ध शमसेरको सवारी पनि निर्बिघ्नतापूर्वक सम्पन्न भयो । २०२७÷२८ सालतिर सिद्धार्थ राजमार्ग निर्माणको क्रममा बोहोराले स्थापना गराएको यो सिद्धबाबाको स्थान नष्ट भयो । यसले काममा केही विघ्न बाधा पनि गराएको जनविश्वास छ । दुर्घटनामा परी केही मजदुरको मृत्यु भएको थियो भन्ने भनाई छ । त्यसपछि २०२७÷२८ सालतिरै पाल्पा दोभानको अहिलेको स्थानको मन्दिर निर्माण गरिएको हो । पहिले लोकले त्यही छरछरे झरना निकटको खोल्सीको सिद्धबाबा स्थानलाई सिद्धबाबाको मन्दिर भनेर पूजा प्रार्थना गर्ने गर्दथे । छोटो समयमा त्यो मन्दिर निकै महिमाशाली बनेको थियो । बुटवल र दोभान दुबै क्षेत्रका मानिसहरु मिलेर संयुक्तरुपमा गुठी पनि राखेका थिए । मिलेर गुठी चलाउँथे । बर्षायाममा चिडियाखोलाको बाढी र माथी भिरबाट ढुङ्गा खस्ने समस्याले गर्दा सुविधायुक्त र पायकस्थल बुटवल चिडियाखोलाको पखेरोमा बुटवल बासीले २०१६ सालको फागु पुर्णिमाको दिन हर्षोल्लासकासाथ बुटवल तर्फको मन्दिर स्थापना गराएका थिए ।

अहिले फेरी पाल्पाको दोभान क्षेत्रमा सिद्धबाबा सुरुङ्ग निर्माण कार्य अघि बढेको छ । यो सुरुङ्गका कारण दोभानको सिद्धबाबा मन्दिर विस्थापित हुन सक्ने समस्या आएको छ । सडक डिभिजन कार्यालय बुटवलका डिभिजनल इन्जिनियर तथा सिद्धबाबा सुरुङ्ग परियोजनाका प्रमुख होमबहादुर एसीका अनुसार दोभानको सिद्धबाबा मन्दिर निकट चौतारीदेखि रामपिथेकस पार्क सम्म कुल १ हजार १ सय २६ मिटर लम्बाइको सुरुङ्ग निर्माण हुनेछ । यसमा नेपाल सरकारको रु. ७ अर्ब ३४ करोड लगानी हुनेछ । यसको निर्माणको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेड हो । २०७८ सालको फागुनमा निर्माण सम्झौता भएको यो परियोजना २०८३ फागुनमा सम्पन्न गर्ने लक्ष्य छ । परियोजना प्रमुख एसीका अनुसार त्यस अतिरिक्त बुटवल तर्फको सिद्धबाबा मन्दिरदेखि पाल्पा दोभानको सिद्धबाबा मन्दिर भन्दा पाँच सय मिटर अघीसम्म सडक सुधारको काम पनि सम्पन्न गरिने छ । जस अन्तर्गत पहराका खस्न सक्ने संभावित ढुंगाहरु रोक्ने आदि काम गरिनेछ । परियोजना प्रमुख एसीका अनुसार दोभानको सिद्धबाबा मन्दिरको पश्चिमतर्फका व्यापारिक भवनहरु हटाउनु पर्ने भएको छ । मूल मन्दिर तत्कालको लागि हटाउनु नपर्ने हुन सक्छ । यद्यपी परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भई आइसकेको छैन ।

लोकमा यदाकदा भक्तजनहरु वीच दुईवटा सिद्धबाबा मन्दिरहरुमध्ये कुन पुरानो र कसमा सिद्धबाबाको निवास रहेको छ भनि बहस चल्ने गर्दछ । माथि चर्चा गरियो– सिद्धबाबा मन्दिर स्थापनाको सम्बन्धमा । दुबै मन्दिर उत्तिकै महत्वका र महिमाशाली छन् । यहाँ पुजा प्रार्थना गरेपछि मनोकांक्षा सिद्ध हुने गरेको जनविश्वास रही आएको छ । अब सिद्धबाबा को हुन र त्यस क्षेत्रको महिमा के हो भन्ने सम्बन्धमा चर्चा गरौं । बुटवल चिडियाखोलाको पखेरोदेखि दोभान कुहिरे भिरसम्मको सबै क्षेत्र सिद्धबाबा क्षेत्र हो । दोभानको गड्डा गाउँ पनि सिद्धबाबा क्षेत्र हो । अझ विशेषगरी कुहिरे भिर सिद्धबाबा क्षेत्र हो । कुहिरे भिरबाट हरेक दिन विहान कुहिरो जस्तो धँुवा निस्कने गरेको भक्तजनहरु बताउँछन् । यो धँुवा सिद्धबाबाले गाँजा खाएर निस्केको धुँवा वा सिद्धबाबाको शिव धुनीबाट निस्कने गरेको धुँवा हो भन्ने जनविश्वास रही आएको छ । यी प्रमाणिक कुरा होइनन्, रहस्यका कुरा हुन् । खास सिद्धबाबा स्थान दोभानको गड्डा गाउँ नजिकैको जंगलबीचको गुफा हो । यही गुफामा भारत उज्जैनका राजा भर्तृहरिले तपस्या गरी अष्टसिद्धि (ज्ञान) प्राप्त गरेको जनश्रुति छ । भारत वर्ष अन्तर्गत उज्जैनका राजा भर्तृहरिले राजपाट त्यागी सन्यासी भई गोरखपुरमा गोरखनाथबाट दिक्षा लिई उत्तरापन्थतर्फ लागी यहाँ आई तपस्या गरेको जनश्रुती छ । भर्तृहरिले आफ्नो बैराग्य शतकको श्लोक नम्बर ५४ मा लेख्नुभएको छ– “समय–समयमा ऋतु अनुसार आँप आदी मिठा फल खाएर भोक मेटाउन सकिहालिन्छ । प्यास हटाउन पानी पिउनको लागि झरना उपलब्ध छँदैछ । सुत्नको लागी भुँई र लगाउनका निमित्त रुखका बोक्राहरु मनग्य पाइन्छन् । यस्तो स्थितिमा तत्कालै पाइने वा पाउन सकिने धनरुपी मदिरापान गर्ने जस्ता कुमार्गमा आफ्ना इन्द्रिय लगाइ रहने दुष्ट व्यक्तिले गर्ने गरेको अपमानलाई स्वीकार गर्नेतर्फ मेरो कुनै चासो छैन ।” यस्तो विशेषता भएको ठाउँ उक्त गुफा छ । अहिलेपनि गुफासँगै झरना छ । ठाउँ एकान्त छ । यहीँबाट निस्केको झरना हो चर्चित छरछरे झरना । अहिले जंगल घटे पनि पहिले आँप र सुन्तलाका बगैँचा भएको गड्डाका बासिन्दाहरु अनुभव सुनाउँछन् । भर्तृहरिले गोरखनाथबाट शिष्यत्व ग्रहण गरेपछि गोरखपुरदेखि उत्तरापन्थको हिमालय क्षेत्रतर्फ लागेको भन्ने भनाई प्रचलित छ । बुटवल–दोभान क्षेत्र उत्तर र दक्षिण ओहोर दोहोरको दोभान हो । तराई र पहाडको संगम विन्दु हो । त्यसैले यसको नामाकरण दोभान भएको हुनुपर्छ । गोरखपुरदेखि यो स्थान सिधा उत्तरमा अवस्थित छ । यसरी खास सिद्धबाबा स्थल यही गुफा हो । तर, यो गुफामा आउजाउ गर्न सुविधायुक्त बाटो छैन । दोभानको भुतखोलाबाट सिधा उकालो चढी गड्डा गाउँ पुगेर जंगल बीचको गुफामा पुग्न सकिन्छ । सडक छैन । गोरेटो प्रयोग गरी पुग्नुपर्छ । बाटो अप्ठ्यारो भएपनि सजिलैसँग पुग्न सकिन्छ । पाँचवर्षका वालवालिका पनि सजिलै हिंडेर पुग्ने गरेको गड्डाका बासिन्दाहरु बताउँछन् । अहिले गुफा नष्ट हुन थालीसकेको छ । संरक्षण र प्रबद्र्धन गर्न जरुरी छ । यसतर्फ कसैको ध्यानाकर्षण भएको पाइदैन । यसको प्रबद्र्धन गर्न सकेमा लाखौ पर्यटक आकर्षित गर्न सकिन्छ । यो सिद्धबाबा क्षेत्र धेरै साधु सन्त र सिद्ध पुरुषहरुको निवास एवं साधनास्थल हो । यहाँको जंगल तथा कुहिरे भिरमा अदृश्य रुपमा धेरै सिद्ध पुरुषहरु साधनारत रहेको जनविश्वास छ । यी प्रमाणिक कुरा होइनन्, रहस्यका कुरा हुन् । यो क्षेत्र महाभारतका पौराणिक पात्र अष्ट चिरञ्जिवी मध्ये एक अस्वत्थमाको पनि तपस्या या निवास स्थल हो भन्ने जनश्रृति समेत छ । ती मध्ये लोकमा बढी प्रचलित सिद्ध भर्तृहरि भए । सिद्धि प्राप्त गरेका बाबा भन्दा भन्दै सिद्धबाबा कहलिए । उनी बस्ने ठाउँ सिद्धबाबा मन्दिर भयो । सिद्धबाबा बुटवल उपमहानगरपालिका–१ स्थित गयाप्रसाद हलुवाईको मिठाइ पसलमा मिठाई खान आउने गरेको र असर्फी भुक्तान गर्ने गरेको तर चेवा गरेपछि आउन छाडेको जनश्रुति पनि छ । यसरी बटौली क्षेत्र पनि सिद्धबाबा क्षेत्र हो ।

सुरुङ्गले सिद्धबाबा मन्दिरलाई केही असर त अवश्य पार्छ । किनकी सुरुङ्गको प्रवेशद्वार मन्दिर निकटको चौतारीनेर छ । प्रवेशद्वार फराकिलो त अवश्य चाहिएला । पहिलो चरणमा मन्दिर आँगनका व्यापारिक भवनहरु हटाइने भएको छ । अब मन्दिर सारेर फेरी निर्माण गर्नुपर्ने भयो भने दोभानबासीले अलि फराकिलो र जोखिम मुक्त ठाउँ खोजेर बनाउनु पर्छ । अहिलेको स्थानमा भक्तजनहरु अडिने ठाउँ छैन । ज्यादै साँघुरो छ । यो मन्दिर दोभान गाउँको विकासको लागि आयको दृष्टिले बरदान सावित भएकोले दोभानबासीले यसको दिगो विकास गर्नेतर्फ योजना बनाउनुपर्छ । दोभानबासीले मेहनतपूर्वक खास सिद्धबाबा स्थल गुफाको संरक्षण र प्रबद्र्धन गर्नुपर्छ । यहीँ नै मानिसहरु आवत जावत गर्ने वातावरण बनाउनु पर्छ । अब केबुलकार निर्माण भएपछि मानिसहरु बसन्तपुर डाँडामा पुग्ने गर्दछन् । बसन्तपुरबाट मानिसहरु गड्डाको गुफा हेर्न आउने वातावरण निर्माण गर्नुपर्छ । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?