ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति
मुख्य समाचार

सहकारीमाथि प्रश्न उठिरहेका बेला जनउत्थानको लोभलाग्दो प्रगति

सहकारीले आगामी २०८८ सालसम्म शेयर सदस्य संख्या १ लाख २० हजार, कूल सम्पत्ति १४ अर्ब,शेयर पुंजी १ अर्ब १२ करोड,वचत संकलन १० अर्ब, कर्जा लगानी ११ अर्ब २० करोड,जगेडा कोष १ अर्ब ४६ करोड र सेवा केन्द्र रुपन्देहीका २१ स्थानमा पु-याउने लक्ष्य लिएको छ ।
२६ फाल्गुन २०७९, शुक्रबार
२६ फाल्गुन २०७९, शुक्रबार

बुटवल, २६ फागुन ।

केही सयम यता विभिन्न ठाउंका सहकारी संस्थाहरु समस्याग्रस्त देखिएका छन् । उनीहरुले वचतकर्ताको वचत फिर्ता गर्न सकिरहेका छैनन् ।

कतिपयलाई सम्बन्धित सरकारी निकायले कारवाही समेत गरेका छन् । केही संस्थाले गरेका बद्मासीले समग्र सहकारी संस्थाहरुमाथि आशंका र प्रश्न उठिरहेका बेला रुपन्देहीको जनउत्थान साकोस भने सहकारीहरु कसरी समस्याहरुबाट मुक्त र शेयर सदस्यको विश्वास जित्ने संस्था हुन सक्छ भन्ने गतिलो उदाहरण बनेको छ । जनउत्थान साकोस लुम्बिनी प्रदेशकै सबैभन्दा धेरै करिब ३९ हजार शेयर सदस्य भएको संस्था हो ।

यति धेरै शेयर सदस्य भएको संस्था अहिलेको विषम परिवेशमा पनि विना कुनै समस्या आफ्नै रफ्तारमा ढुक्कले अघि बढ्न सकेको मात्र छैन, यसको प्रगति लोभलाग्दो र अनुकरणीय रहेको यसका वित्तिय विवरणले पुष्टी गर्छन् । सहकारीले गत आर्थिक वर्षमा १० करोड ११ लाख शुद्ध वचत गर्न सफल भएको थियो ।

२०५९ कात्तिक १५ गते ३१ जनाबाट एक–एक सय रुपैयांका दरले ३१ सय रुपैयां संकलन गरी बाग्लुङ सामुदायिक संस्थाको नामबाट वामे सरेको संस्था २०६२ पौष १ गते डिभिजन सहकारी कार्यालय रुपन्देहीमा १३ लाख पुंजीसहित दर्ता भएको हो । एउटा टिनको बाकस, एउटा क्यालकुलेटरबाट सुरु गरिएको सहकारीमा अहिले अहिले ३८ हजार ९ सय ७० जना शेयर सदस्य पुगेका छन् ।

संस्थालाई सुदृढ बनाउने मान्यता अनुसार जनउत्थानले भैरहवाको पहुंच महिला साकोस,ओमसतिया बसन्तपुरको गौमुखी साकोस, तिलोत्तमा टिकुलिगढको बुद्ध वहुउद्देश्यीय सहकारी, ठुटिपिपलको पटाकसार साकोस, शुद्धोधन बकुलीबजारको सुदृढ साकोस र भैरहवा गोलिगढको सगोल महिला साकोसलाई गाभेर जनउत्थान साकोसकै नामबाट अघि बढेको छ । सहकारीले अहिले जिल्लाका १० ठाउंमा सेवा केन्द्र विस्तार गरेको छ ।

कूल पुंजी ३ अर्ब १९ करोड र वचत २ अर्ब ४७ करोड पुगेको छ । सहकारीले १० हजार ८८ जनामा २ अर्ब ४९ करोड कर्जा लगानी गरेको छ । सहकारीको संस्थागत कोष २४ करोड, जगेडा कोष ४१ करोड र स्थिरिकरण कोषमा करिब एक करोड रुपैयां छ । संस्थाको स्थिर सम्पत्ति ७ करोड छ । सहकारीले भैरहवामा ४३ धुर जग्गामा आधुनिक सहकारी भवन बनाउन जग्गा खरिद गरिसकेको छ । आगामी २ वर्षमा १२ करोड लगानीमा सुविधासम्पन्न भवन बनाउने तयारीमा छ । अहिले कोटिहवामा आफ्नै २ तले भवन छ ।

संस्थाको तरलता ५८ करोड २३.४१ प्रतिशत र कर्जा जोखिम कोषमा करिब ४ करोड ९३ लाख मौज्दात रहेको सहकारीकी कोषाध्यक्ष विष्णुमाया कुंवरले बताइन् । संस्थामा भाखा नघेको ऋण ४.५४ प्रतिशत मात्र छ ।

सहकारीले २०७८ मा देशभरकै सर्वोत्कृष्ट साकोस, कोभिड महामारीमा सर्वोत्कृष्ट सेवा, २०७६ मा उतकृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ मै उत्कृष्ट संस्थापक अध्यक्ष पुरस्कार तथा २०७३ मा उत्कृष्ट व्यवस्थापक पुरस्कार,एक्सेस ब्राण्ड र नेपाल गुणस्तर प्रोब्यासन ब्राण्ड प्राप्त गरेको छ ।

यस्तै ०७४ मा नेपाल सरकारबाट डेढ लाख नगदसहित उत्कृष्ट सहकारी पुरस्कार, २०७५ मा जिल्लामा सबैभन्दा बढी कर तिर्ने सहकारी संस्थाका रुपमा पुरस्कार पाएको छ । यस्तै पश्चिमाञ्चलको र जिल्लाको उत्कृष्ट सहकारीका रूपमा पनि पुरस्कृत भइसकेको छ ।

नौला र रचनात्मक काममा नमूना

धेरैजसो सहकारीहरु सदस्यबाट बचत संकलन र ऋण माग्नेलाई ऋण दिने काममै सीमित भएका हुन्छन् । वर्षमा एक दुई पटक रक्तदान, वृक्षरोपण र अध्ययन अवलोकन भ्रमण नै अधिकांश सहकारीका अतिरिक्त क्रियाकलापभित्र पर्दछन् । तर जनउत्थान सहकारी सामाजिक उत्तरदायित्व बहन गर्ने खालका थुप्रै नौला र रचनात्मक कामका कारण पनि लोकप्रिय छ । यसले शेयर सदस्यलाई सहकारी शिक्षा दिने कुरालाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । सहकारी शिक्षामा हरेक वर्ष १५ लाख हाराहारीमा बजेट छुट्टाउने जनउत्थानले हरेक वर्ष सामुदायिक विद्यालयहरूमा अक्षयकोष स्थापना, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, अनाथ आश्रमलाई सहयोग, सरसफाइ, खेलाडीलाई सहयोग, प्राकृतिक प्रकोपमा सहयोग, स्वास्थ्य शिविर, लागू पदार्थविरुद्ध जनचेतना, युवा विकास अक्षयकोष, सहकारी सचेतना तीज गीत प्रतियोगिताजस्ता करिब डेढ दर्जन क्षेत्रमा वार्षिक झण्डै ५० लाख रुपैयाँ खर्च गर्दै आएको सचिव सरु रानामगरले बताइन् ।

सहकारीले आफ्ना शेयर सदस्यका लागि पनि नौला र अनुकरणीय काम गर्दै आएको छ । सहकारीले जेष्ठ नागरिक तथा एकल पुरुष र महिलालाई तीर्थयात्रा, नयाँ बुहारीलाई स्वागत, सुत्केरीलाई भेटघाट र जनउत्थान कोसेली प्रदान, गर्भवतीलाई आमा र शिशुको स्वास्थ्य, पोषणबारे परामर्श, विद्युत् महसुल भुक्तानी, अस्पतालमा छुट, मोबाइलमा ब्यालेन्स रिचार्जजस्ता सेवा दिँदै आएको छ ।

सफलताको सूत्र

जनउत्थानले सरकारले जस्तै आवधिक योजना बनाएर काम गर्दै आएको छ । पहिलो पञ्चवर्षिय मार्गचित्र २०६४—६९ (२०६३ सालमा बनेको), दोश्रो त्रीवर्षिय रणनीतिक योजना २०६९—७२ (२०६८ सालमा बनेको), तेश्रो त्रीवर्षिय रणनीतिक योजना २०७२—७५ (२०७१ सालमा बनेको), चौथो त्रीवर्षिय रणनीतिक योजना २०७५—७८ (२०७४ सालमा बनेको) र पाँचौं चार वर्षिय रणनीतिक योजना २०७८—८२ (२०७७ सालमा ) बनाएको सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।

‘हामी सदस्यहरूलाई बढीभन्दा बढी मुना   फा दिने र संस्थालाई सबै हिसाबले सुरक्षित र सबैको विश्वसनीय बनाउन आवधिक योजना र रणनीति बनाएर काम गर्छौं’–अध्यक्ष ज्ञानु पौड्यालले भनिन्–‘हरेक सदस्यलाई सहकारी शिक्षा दिँदै उत्पादनमूलक क्षेत्रमा कर्जा लगानीकेन्द्रित गरेकाले संस्थाले निरन्तर प्रगति हासिल गरेको छ ।’

सहकारीका व्यवस्थापक रनबहादुर थापा सहकारीका मूल्य मान्यतामा टेकेर २६ वटा कार्यविधि बनाई भिजन, मिसन र लक्ष्य निर्धारण गरेर काम गरेकाले सफलता पाएको बताउंछन् । ‘कर्जा लगानी गर्दा अपनाउने सावधानी, सदस्यप्रतिको इमान्दारिता र आर्थिक अनुशासन हाम्रो सफलताको सूत्र हो’–व्यवस्थापक रनबहादुर थापाले भने–‘हामी कर्मचारीको पनि आकस्मिक र छड्के निरीक्षण गरी सधैं इमान्दार रहन प्रेरित गरिरहन्छौं, जसले कर्मचारीबाट बद्मासी हुन पाउंदैन ।’

लक्ष्य :  सहकारीले आगामी २०८८ सालसम्म शेयर सदस्य संख्या १ लाख २० हजार, कूल सम्पत्ति १४ अर्ब,शेयर पुंजी १ अर्ब १२ करोड,वचत संकलन १० अर्ब, कर्जा लगानी ११ अर्ब २० करोड,जगेडा कोष १ अर्ब ४६ करोड र सेवा केन्द्र रुपन्देहीका २१ स्थानमा पु¥याउने लक्ष्य लिएको छ ।

कर्मचारीमाथि निगरानी

कतिपय सहकारीहरु समस्या पर्नुको पछाडि कर्मचारीको पनि हात हुन्छ । उनीहरुले सदस्यबाट संकलन गरेको रकम संस्थामा जम्मा नगरी आफु्नो व्यक्तिगत प्रयोजनमा खर्च गर्छन् ।

त्यसो हुन नदिन जनउत्थानका लेखा शाखा हेर्ने कर्मचारीले दैनिकी बचत रुजु गर्ने, कम्तिमा प्रति दैनिकी संकलन मध्ये ३ जना वचतकर्तासंग क्रस चेक गर्ने, दैनिक कारोबारको सबै इन्ट्री लेखा हेर्ने कर्मचारीले गर्ने, सेवा केन्द्र प्रमुखले दैनिक रुपमा रुजु गर्ने र कुनै पनि बेला प्रधान कार्यालयबाट चेकको आकस्किम निरिक्षण हुने लेखा समिति संयोजक अनिल थापा श्रीस बताउंछन् ।

‘जनउत्थानले वचतकर्ताको रकम कुनै पनि दिन तलमाथि नहोस् भनेर आधुनिक सूचना प्रविधिको प्रयोग, दैनिक रुपमा बैंक रिकन्साइल, चेक वा मोबाइल बैकिङबाट मात्रै कारोबार, आकस्मिक निरीक्षण जस्ता थुप्रै विधि अपनाएको छ’–थापाले भने–‘अर्को कुरा जनउत्थानले धेरै सदस्यलाई थोरै थोरै ऋण दिएको छ, थोरै व्यक्तिलाई ठूला रकम ऋण नदिने नीति बनाएको छ, यो पनि सहकारी सुरक्षित हुने राम्रो उपाय हो ।’

लुम्बिनी प्रदेशको सहकारी मन्त्रालयका रजिष्ट्रार भिमप्रसाद तिवारीले विभिन्न कारणले पछिल्लो समय सहकारीहरुमाथि अविश्वास र आशंका उत्पन्न भएका बेला जनउत्थानको उत्कृष्ट व्यवस्थापनबाट अरु सहकारीले पाठ सिक्नुपर्ने बताउंछन् । ‘जनउत्थानले सहकारीका ७ वटा अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य र मान्यतालाई धेरै हदसम्म अक्षरशः पालना गरेको देखिन्छ,त्यसैले यो सहकारी सुरक्षित र सफल भएको छ’–तिवारीले भने–‘जति सक्दो धेरै सदस्यलाई उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्न सक्ने सहकारी समस्यामा पर्दैनन्,जुन जनउत्थानले १० हजार बढी सदस्यमा कर्जा लगानी गरेर उदाहरण बनेको छ ।’

रजिष्ट्रार तिवारीले सहकारीको संस्थागत कोष,जगेडा कोष, स्थिरिकरण कोष, स्थिर सम्पत्ति, तरलता र कर्जा जोखिम कोषमा पर्याप्त रकम भएको र भाखा नघेको ऋण जतिसक्दो थोरै ५ प्रतिशत भन्दा कम भएका सहकारी संस्था कहिल्यै समस्या नपर्ने भएकाले हरेक सहकारीका शेयर सदस्यले यी कोषहरुमा कति रकम छ भनेर ध्यान दिनुपर्ने सुझाउंछन् । ‘सहकारी संस्था कसरी विश्वसनीय, दीगोरुपमा सफल र नाफायुक्त बनाउने भन्ने सिक्ने एउटा थलो जनउत्थान साकोस हो’– तिवारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?