ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति
विचार

सम्झनामा भूमिगत जीवनको सेरोफेरो

२६ फाल्गुन २०७९, शुक्रबार
२६ फाल्गुन २०७९, शुक्रबार

अस्ती दिउँसो एकजना मित्रसंग बजारमा जम्काभेट भयो । उहाँसंग भेट नभएको निकै महिना वितिसकेछन् । उहाँसंगको भेटले पञ्चायतकालको याद दिलायो । दुबैजना एक किनारमा बसेर गफमा जोडियौं । पञ्चायतकाल अर्थात भूमिगतकाल । जतिवेला नेपालमा पञ्चायतीनामको व्यवस्था थियो । त्यतिवेला नेपालका कम्युनिष्टहरु भूमिगत थिए । २०१७ सालको घटनापछि नेपालका सबै राजनीतिक दलमा प्रतिवन्ध लागेको थियो । खुलारुपमा दलका कुरा गर्न पाइदैनथ्यो । पञ्चायतकालमा मनमा लागेको कुरा गर्न पाइने छुट थिएन । जनता संगठित गर्नका लागि निश्चित संख्यामा नेता तथा कार्यकर्ता भूमिगत जीवन शैलीमा रहनु भएको थियो । दलका सबै कार्यक्रमहरु भूमिगत रुपबाट हुने गर्दथे । कार्यकर्ताहरु खुला बसउठ गरेपनि पार्टीको काममा भूमिगत शैली नै अपनाउनु पर्दथ्यो । कतैबाट पार्टीका काम कुराहरु नखुलून भनेर अत्यन्तै सजगता अपनाउनु पर्दथ्यो । आफू सुरक्षित रहने र पार्टी सुरक्षित राख्ने काम एकातर्फ थियो भने नागरिक सचेत गराउने कार्यक्रम अर्कोतर्फ थियो । धेरै तारतम्य मिलाउन सके मात्र पार्टी बचाउन सकिन्थ्यो । भूमिगत जीवन अपनाएकाहरुलाई गिरफ्तार गर्ने धेरै सम्भावना रहन्थ्यो । किनकी भूमिगत बसेकाहरु कतिपय राजकाज वा यस्तै मुद्दा लागेका व्यक्तिहरु हुने भएकोले भूमिगत नेता कार्यकर्ताको सुरक्षा पहिलो कर्तव्य थियो । त्यसपछि पार्टीका सबै सामग्रीहरुको सुरक्षा दोस्रो पाटोमा थियो । सानो कमजोरी भयो भने ठूलो क्षति हुन सक्दथ्यो ।

झण्डै दुईघण्टा भूमिगतकालका कुरा गरेर वितेछ । उहाँपनि पञ्चायतकालमा अर्ध भूमिगत रहेर पार्टी काममा खट्नु भएको थियो । उहाँको हिंडाईबसाई सबै खुला थियो । बैठक तथा प्रशिक्षण कार्यक्रममा पूरै भूमिगत शैली अपनाउनु पर्दथ्यो । जिल्लामा पटकपटक बैठक र कहिले जिल्लास्तरीय कार्यकर्ता भेला हुने गर्नुहुन्थ्यो । उहाँ त्यस्ता कार्यक्रममा सहभागी हुने गर्नुहुन्थ्यो । एकपटक जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको थियो । उक्त भेलाको कतैबाट प्रशासनसम्म चुहावट भएपछि उहाँकोपनि वारेण्ट भएका कारणले केही समय कडा भूमिगत बस्नु भएको थियो । त्यही भूमिगत बसाईका क्रममा हाम्रा केही रातहरु एकसाथ वितेका थिए । भूमिगत बसाई आफैमा कष्टकर कार्य हो । शहर बजारमा त भूमिगत कस्तो हुन्थ्यो याद भएन । ग्रामिण भेगमा भने कष्टकर नै थियो । जति कष्टकर भएपनि देश र जनताको मुक्तिको निम्ति भनेर कष्टको प्रवाह हुँदैनथ्यो । कष्टलाई कर्तव्यमा लिनुपर्दथ्यो ।

भूमिगत कालमा दिउँसोमा भन्दा रातमा हिंडन बढी सुरक्षित मानिन्थ्यो । अझ बेबाटो तथा मसानघाटहरु सुरक्षित स्थान मानिन्थे । मानिस देखियो भने डराउनु पर्ने निर्जन स्थानमा पुग्नपाइयो भने अति सुरक्षित महसुुस हुने हुन्थ्यो । जहाँजहाँ भूत नाच्छन् भनिन्थ्यो त्यस्ता स्थानहरुमा गोप्यरुपमा बैठक तथा भेटघाट र भावी कार्ययोजनाहरु बनाउन ढुक्क हुने गर्दथ्यो । ठूलो स्वरमा बोल्न नपाइने भएको हुनाले सासबाट मात्र कुरा गर्नुपर्दथ्यो । अहो ! यस्ता दिनहरु विताउँदै जनता र देशको परिवर्तनको निम्ति समय व्यतित हुने गर्दथ्यो । आधारभूत बर्ग भेटियो भने संगठित गर्न मन लाग्ने । त्यस्ता आधारभूत वर्गका व्यक्तिहरु छिटै संगठित हुन रुचाउने गर्दथे । आफू संगठित भएको कमिटीले दिएको कार्यक्षेत्र भित्र समय समयमा पुगेर भेटघाट गर्ने सामान्य सुख दुःखका गफ गर्ने गरिन्थ्यो । पटक पटक भेट गरेर कसको स्थिति कस्तो छ ? प्रशासनको निगरानी कस्तो छ ? जमिन्दार तथा अन्य प्रतिक्रियावादीको अवस्था के कस्तो छ ? यस्ता विषयमा निकै गहन अध्ययन गर्नुपर्ने अनि बैठक बस्दा सबै कुराको प्रतिवेदन मौखिक रुपमा सुनाउनु पर्ने हुन्थ्यो । काम गर्दा कहिले कमजोरीहरु हुने गर्दथे । कमजोरी भएमा आलोचना गर्नुपर्ने आलोचनापनि कडा खालको हुने गर्दथ्यो । संयोगले ती मित्रसंग छोंटो समय एउटै कमिटीमा बसेर पनि काम गर्ने अवसर जुरेको थियो । सानो कुरा पाएपनि आलोचना गर्ने उहाँको स्वभाव थियो । आलोचना कुनै व्यक्तित्व नष्ट गर्न नभएर वास्तविक वामपन्थी बनाउनकालागि हुने गर्दथ्यो । चरित्रका हिसाबले वामपन्थीहरु भिन्न हुनुपर्छ भनिन्थ्यो । भिन्न कसरी हुने भन्दाखेरी चरित्रका हिसाबले हुने गर्दथ्यो । यसकारणपनि चरित्रवान बनाउनका लागि आलोचनाको आवश्यक्ता पर्दथ्यो । आलोचनाले आत्मालोचना गर्न सिकाउँथ्यो । सबैका सामुमा मैले यस्तो कमजोरी गरें, अव आउँदा दिनमाम यसलाई दोहो¥उँदैन वा यसरी सुधार गर्छु भन्नुपर्दथ्यो ।

स्वभावको हिसाबले म हल्का हाँसो ठट्टा गर्न रुचाउने मानिस परें । अहिलेपनि त्यो आदत गएको छैन । ठट्टा रमाइलोको नाममा मैले छाडापन कहिल्यै देखाइन । साथीहरुसंग भेट्घाट हुँदा विचारका कुरा भन्दा यस्तै हाँसो रमाइलो गर्ने स्वभाव भएको हुनाले अन्य विचारका व्यक्तिहरु समेत मेरो सामुमा झुम्मिने गर्दथे । अश्लील र छाडा कुरा नभएपनि कसैलाई त्यो मन पर्ने पनि हुँदो रहेछ । ती मित्रले यस प्रकारको रमाइलोलाई अन्यथा सम्झनु भएछ । एक दिनको बैठकमा उहाँले यही विषयलाई लिएर आलोचना गर्नुभयो । उहाँको आलोचनामा केही साथीको मत बाझियो । केही साथीहरुले मेरो ठट्टालाई आलोचनाको विषय बनाउन नहुने कुरा गर्नुभयो । यस्ता कुरा मनोरञ्जनयुक्त हुने भएकोले आत्मालोचना गर्न नपर्ने कुरा राख्नुभयो । यसैक्रममा केही समय बहस नै भयो । अन्तमा यसक्रममा नबढाई मनोरञ्जन दिलाउन हुने कुरा जिल्ला कमिटीका मित्रले आफ्नो राय व्यक्त गरेपछि त्यो विषय समाप्त भयो । त्यही आलोचनाको क्रममा उहाँले अध्ययनको कमी छ भनेर अर्को विषय भन्नुभएको थियो । यसलाई मैले सहजरुपमा लिएँ । उहाँको भनाइले मलाई छोयो । अनि सामग्री संकलन गरेर अध्ययनलाई तीव्रता दिएँ । यसबाट आफ्नो क्षेत्रमा प्रशिक्षण दिन सक्ने क्षमता हासिल भयो । २०४६ साल चैत्र २६ को परिवर्तन पछि दलहरु खुला भए यसक्रममा प्रशिक्षण गर्न थालियो । विभिन्न क्षेत्रका प्रशिक्षण दिनकालागि मेरो लागी निकै कामलाग्दो भयो ।

यस पटकको भेटमा उहाँले गरेको आलोचना र मैले गरेको आत्मालोचना र हालसम्मको अवस्था सुनाएँ । उहाँ तिनछक् पर्नुभयो । मैले भने तपाईंको आलोचनाको दोस्रो दिनबाट सामग्री संकलन र अध्ययन आरम्भ गरेको अनि हाल घरमा सानो भएपनि पुस्तकालय स्थापना गरेको र करिव एक दर्जन पुस्तक प्रकाशन गरेको कुरा सुनाइदिएँ । उहाँलाई पत्याउन गाह्रो भयो । बसेको ठाउँबाट हातमा समाएर निवाससम्म ल्याएर पुस्तकालय देखाएँ र आफूले प्रकाशन गरेका केही पुस्तकहरु उहाँलाई उपलब्ध गराएँ । उहाँले आफ्नो सानो आलोचनाले यतिविधि प्रगति भएको देखेर हुनसम्म खुसी व्यक्त गर्नुभयो । पुस्तकालयमा पत्रिकाको चाङ थियो । उहाँले “यो चाङ के नि ?” भनेर प्रश्न गर्नुभयो । मैले भने “यी सबै पत्रिकाहरु मैले लेखेका लेखहरु संकलन गरेको ।” उहाँले त्यसपछि प्रश्न गर्नुभएन । बाहिर निस्कनै लाग्दा “एउटा आलोचनाले जीवनमा यस्तो फेरवदल ल्याउँछ ?” आफैलाई प्रश्न गर्नुभयो ।

दुबैजना पहिले भेट भएको स्थामा पुग्यौं । गाडीको भीडभाड हुने भएकोले बाटोभर केही गफ भएनन् । ठाउँमा पुगे पछि मित्रले वर्तमान अवस्थाको कुरा उठाउनु भयो । निर्वाचनको समयमा राजनीतिक दलहरु र तिनका कार्यकर्ताहरुले गरेको सम्पर्क र सम्वन्धको वारेमा चर्चा गर्नुभयो । मैले भने यसपटक कतै कसैले सम्पर्क नगरेपनि आफ्नै किसिमले आफूले आफ्नो कर्तव्य पूरा गरेको कुरा सुनाएँ । मैले जे भोगें उहाँले पनि त्यही भोग्नु भएछ । बडो टिठलाग्दो गरी दल र दलका नेता कार्यकर्ताको व्यवहार सुनाउनु भयो । उहाँले एउटा चित्र पस्कनु भयो । उहाँले भोगेको भन्दा मेरो भोगाइ फरक थिएन । उहाँले व्यक्त गर्नुभयो तर मैले कतै व्यक्त गरिन । हिंजो पनि व्यक्त गरिन । आजपनि व्यक्त गर्दिन र भोलीपनि व्यक्त हुनेछैन । आजको समयमा कोसंग के कुुरा गरेर के फाइदा छ र ? हाम्रा कुरा सुन्न को तयार छ ? आज पार्टीको नाम पूरा भन्न नसक्ने कार्यकर्ताको आवश्यकता छ । हरेक समय दल बदल गर्न सक्ने कार्यकर्ताको खाँचो छ । ठेक्का पट्टा लुँड्याउने र विकास निर्माण वर्वाद पार्ने कार्यकर्ता जो निर्माण व्यवसायीको प्रमाणपत्र गोजीमा बोकेको छ हो त्यस्तो कार्यकर्ता आजको आवश्यकता हो । अव नीति विचार र सिद्धान्तको न व्याख्या विश्लेषण न पालन आजको आवश्यकता बनेको छ । पुराना कार्यकर्ताबाट न कमिसन, न जालझेल, न तिगडम । पुरानाले त समाज सुधारका साथ परिवर्तनको कुरा विर्सेका छैनन् । “लामो बसाई भयो” भनेर मित्रले मेरो कुममा धाप लगाएर बसेको स्थानबाट उठ्नु भयो । फेरि भेट हुने बाचा गर्दै कसिलो गरी हात मिलाएर उहाँ आफ्नो बाटो लाग्नुभयो । मैले उहाँलाई नजर लगाइरहें जतिवेलासम्म उहाँ ओझेल पर्नु भएन । मित्र ओझेल पर्नुसंगै एक हुल चराहरु उडेर कोही उत्तरतर्फ लागे, कुनै दक्षिण तर्फ लागे । उनीहरु उडेको म अवाक हेरिरहें । धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?