Logo
१४ चैत्र २०७९, मंगलवार

काठमाडौंबाट भैरहवा जाँदै गरेको श्री एअरलाइन्सको जहाजमा आगो, विमान सुरक्षित अवतरण


काठमाडौं ।

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।

सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए ।

सो जहाज धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको छ । र त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।  सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?