ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
मुल खबर

बुटवलका मुख्य बजारभित्र सटर तथा घरका फल्याट खाली हुँदै

संघीयतासँगै स्थानीय सरकारको केन्द्र सर्नु, आर्थिक मन्दीको प्रभाव थपिनु र प्रदेशको राजधानी सर्नु जस्ता कारणले बुटवल पुनः सुनसान हुन थालेको स्थानीयको बुझाइ र भनाइ छ ।
१३ फाल्गुन २०७९, शनिबार
१३ फाल्गुन २०७९, शनिबार

बुटवल,  फागुन – कुनै समय मध्यनेपालको ठूलो चलायमान बजारका रूपमा नाम राख्न सफल बुटबल बजार बिस्तारै सुनसान हँुदै गएको छ । कोरोना महामारीका कारण थला परेको बुटबल बजार क्षेत्र पछिल्लो समय आर्थिक संकटका कारण सुनसान बन्दै गएको छ । पाल्पा, गुल्मी, स्याङ्जा, अघाँखाचीका गाउँ गाउँसम्म बुटवलले खाद्यान्न तथा लत्ता कपडा ब्यापार गर्दै आएको थियो । पहाडका गाउँगाउँबाट सामान ल्याउन आउने मुख्य बुटवल बजार हो । तर पछिल्लो केही महिनादेखि बुटवल सबै कुराले पिल्सिएको छ ।
संघीयतासँगै स्थानीय सरकारको केन्द्र सर्नु, आर्थिक मन्दीको प्रभाव थपिनु र प्रदेशको राजधानी सर्नु जस्ता कारणले बुटवल पुनः सुनसान हुन थालेको स्थानीयको बुझाइ र भनाइ छ ।
कुनैबेला बुटवलका ब्यबसायीलाई भ्याई नभ्याई हुने ब्यापार आजभोलि बिहानको बोहनी हुन समेत नसकेको ब्यबसायी गुनासो गर्छन । बिहानै मिरमीरे सँगै बुटवलका हरेक पसल खुल्ने गर्दथे । सामान किनमेल गर्नेको बिहानै बाट भिडभाड हुने बजार आजभोलि सुनसान हँुदै गएको ब्यापारीहरू बताउँछन ।

बैंकको ब्याजको उतारचडाव आर्थीक अभाब घरभाडा महँगो हुदा धेरै पसलहरू बन्द हँुदै गएका छन् । बुटवल बजार आसपास सुनसान हुनुको मुख्य कारण बुटवलमा रहेको लुम्बिनी प्रदेशको राजधानी अन्यन्त्र लैजानु नै मुख्य रहेको बताउँछन । उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष उज्ज्वल कसजु भन्छन राजधानीकै कारण २० देखि २५ हजार मानिस बुटवल छोडेर जानुपर्ने भयो भने बिश्वब्यापी आर्थिक मन्दी बैंकको ब्याज बढ्नु देशभित्र लगानी गर्ने वातावरण नहँुदाको कारण यो समस्या देखापरेको उनी बताउँछन ।

खुल्ला सिमानाका कारण चोरी तस्करी बढ्दो छ । राज्यले रोकथाम गर्न सकेको छैन । जस्का कारण सिमावर्ती भारतिय बजार गुल्जार हँुदा वारी नेपाली बजारहरू सुनसान हुँदै गएको अध्यक्ष कसजुको भनाई छ । बुटबललाई पुरानै लयमा फर्काउन सबै पक्ष लाग्नुको बिकल्प नभएको उनको भनाइ छ । बिहानै खोलेर के गर्नु ब्यापार शून्य छ ब्यबसायीहरू गुनासो गर्छन ।बिहानै देखि चहलपहल हुने बुटवलको मुख्य बजार अमरपथ लाईन, राममन्दीर लाईन, संगम पथ दुर्गामन्दीर लाईन बिकास पथ हाट बजार क्षेत्र मुख्य बजार क्षेत्र हुन तर यहाँ सटर भाडामा लिएर ब्यापार गर्नेहरूले भन्छन आर्थिक मन्दी भएकै होर ब्यापार सुन्य जस्तै छ कसरी चल्ने हो । देशमा आर्थीक मन्दी लागेका बेला घरबेटीहरूले भाडामा बस्नेहरूको दुःख नबुझीदिँदा थप मारमा परेको ब्यबसायीहरू गुनासो गर्छन ।

घरबेटीले महिना मर्दाकै दिन भाडा माग्छन दुकानमा ब्यापार छैन कसरी चल्ने हो । ब्यापारीहरूले घरको भाडा बुझाउन नसकेर धेरै पसलहरू बन्द हुँदै गएका छन । अहीले बुटवलका मुख्य बजारका धेरै सटरहरू बन्द छन ति सबै पसल बन्द हुनुको कारण भाडा बुझाउन नसक्नु र ब्यापार नहुनु मुख्य कारण भएको उनीहरुको भनाई छ । यता नेपाल घरबहाल सरोकार संघ रूपन्देहीका अध्यक्ष राजु लिगलले बजार क्षेत्रको अवस्था दयनिय रहेको बताए । सटर भाडामा लिएर ब्यापार गर्ने ब्यबसायीहरू भाडा महँगो भयो मिलाउन भन्नु परो ब्यापार छैन कसरी भाडा तिर्ने भन्छन् ।

यता घरबेटीहरूले लामो समयदेखि घरभाडा पाईएन घर पनी खाली गराईदिनु परो भाडा पनी असुल उपर गराईदिनु परो भनेर निबेदन दिनेहरूको संख्या बढ्दै गएको बताए । अध्यक्ष लिगलले भने बजारमा धेरै समस्या देखिएका छन । वडा अध्यक्षहरू बिभीन्न ब्यबसायी सँघ संस्थाहरू बसेर यसको बारेका छलफल गरेर बुटवललाई चलायमान बनाउन लाग्नुपर्ने बताए लामो समय देखि ब्यबसायी गर्दै आएका ब्यापारीहरू ब्यापारको मन्दीका कारण घर भाडा तिर्न नसकेर घर सटर खाली गर्दै हिँडन थालेका छन । अस्पताल लाईनदेखि बिटीआई चोक सम्मका सटर खालि देखिने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?