ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
मुख्य खबर

मधेसका बस्तीमा बोक्सी कु–प्रथा विरुद्व सचेतना

१० फाल्गुन २०७९, बुधबार
१० फाल्गुन २०७९, बुधबार

चन्द्रौटा (कपिलवस्तु),  फागुन ।- कपिलवस्तुको महाराजगन्ज नगरपालिका–११, बनगाईमा गत माघ १८ गते सोनमती तेली, सोमना तेली र राधिका तेली माथि कुटपिट भयो । घटनाले समुदायस्तर जरा गाडेको देखिएपछि मान्छे बोक्सी हुन्न कहिले जागरण प्रतिष्ठान नामक संस्थाले सचेतना कार्यक्रम गरेको छ । विशेषगरी मधेस बस्तीमा बोक्सी कु–प्रथाविरुद्घ सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कोविद शरण उपाध्यायले बताए । बुद्धभूमी नगरपालिकाको गौतमबुद्ध माध्यमिक विद्यालय र महाराजगन्ज नगरपालिका–११, बनगाईमा बोक्सी कु–प्रथा विरुद्धको सचेतनामुलक अन्तर्गतको डकुमेन्ट्री ‘अग्निदहन’ प्रदर्शन गरिएको उनले जनाए ।
घटना स्थलमै डकुमेन्ट्री चलचित्र प्रदर्शन गर्दा जनचेतना गराउन सकिने भन्दै घटनास्थल बनगाई र गोरुसिंगेमा आइतबार डकुमेन्ट्री प्रदर्शनमा २ हजार बढिको सहभागिता रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रदर्शनपछि सहभागी विद्यार्थी र स्थानीयले बोक्सी केवल भ्रम भएको र यो मनको डर अनि आशंका मात्रै भएको प्रतिक्रिया दिए । आम नागरिक अन्धविश्वासमा गुज्रिरहेको बताउँदै उनीहरुले अब उपरान्त धामीझाँक्रीमा समय व्यतीत गरेका बताए । आफ्ना परिवार र समाजमा कु–प्रथा विरुद्घ सचेतना फैलाउने प्रतिबद्धता समेत जनाए ।
बोक्सी हुन्छन भन्ने भ्रमलाई मनो बैज्ञानिक तरिकाबाट फाल्न ठूलो भूमिका खेलेको चलचित्रले मनोविज्ञान हो जसले आफैलाई तानव ग्रस्त बनाउँछ । एक प्रकारको डर उत्पादन गर्छ र त्यसलाई समाजले बोक्सीको उप नाम दिएको छ भन्ने सन्देश समेत दिइएको छ ।
समाजका आमनागरिकको पहुँच हुने र शक्तिको आडमा आफ्नो फाइदा विपरीत काम गर्नेलाई सताउन र दास बनाउन रचिएको कुदृष्टि नै बोक्सी भनिने कुप्रथा हो भन्ने चलचित्रमा प्रदर्शन गरिएको जनाइएको छ । समाजमा हुने गरेका यस्ता विकृति विसंगति लगायत रुढीबादी परम्पराको अन्त्य गरि सभ्य समाजको निर्माण गर्ने प्रतिष्ठानले योजना बनाएको अध्यक्ष उपाध्यायको भनाइ छ ।
चेतना फैलाउने उदेश्यले विभिन्न विद्यालय, सामाजिक संघसंस्थाहरु गाउँटोलमा पुगरे विभिन्न समुदायस्तरमा सचेतनामूलक सिनेमा प्रदर्शन गरिदैँ आएको उपाध्यायले बताए । विकृति फैलाउने कुप्रथालाई अन्त्य गर्न नेपालको संविधान २०७२ मा उल्लेख भएर कानुनी रूपमा दण्डनीय भएपनि यस्ता प्रथालाई न्यूनीकरण हुन सकेको छैन ।
स्थानीय जनार्दन कुर्मी, पुष्पावती पासी, प्रमिला पासी, राम चल्ले चमकटीया लगायतले बोक्सी लगाएर मारेको भन्दै आक्रमण भएको हो । सोमनाको देवर शुद्धु तेलीको मृत्यु भएपछि बोक्सी लगाएर मारेको आरोप लागेको थियो ।
उनीहरु मलामी गएर घर फर्किए पछि कुटपिट गरेका थिए । कुटपिटले घाइते भएका ३ जनाको कपिलवस्तु अस्पतालमा उपचार भएको थियो । उपचारपछि घर फर्किएर जाहेरी दिन वडा प्रहरी कार्यालय चन्द्रौटा पुगेकी सोमना प्रहरीले जाहेरी लिन अस्विकार गरेपछि निरास भएर घर फर्किएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?