Logo
२४ जेष्ठ २०८०, बुधबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

फेरि उडान सुरु गर्दै जजिरा

पछिल्ला दिनमा विमानस्थलको भविष्यलाई लिएर सर्वत्र चिन्ता छ । संचालनमा आएको छोटो समयमै विजनेश बिहीन भए पनि चिन्ता बढेको हो । विमानस्थल लक्षित गरेर व्यवसायीले गरेको अर्बौं लगानीबारे पनि अहिले बहस भइरहेको छ ।

बुटवल, ७ फागुन ।

दुई महिनादेखि रोकिएको गौतमबुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय उडान फेरि सुरु हुने भएको छ । सात महिना कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको हो । गत पुस ६ गतेबाट गौतमबुद्ध विमानस्थलबाट जजिराले आफ्नो उडान रोकेको थियो । गत जेठ २ गते विमानस्थल उदघाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सुरु गरेपनि सात महिनापछि रोकेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ २०२२ मे १६ देखि २०२२ डिसेम्बर १८ सम्म उडान १५४ वटा र त्यत्तिकै संख्यामा अवतरण भएका थिए । उक्त अवधिमा १३ हजार ५९३ जना यात्रुहरु भैरहवा ओर्लिएका थिए र १८ हजार २५ जना यात्रुहरु यहाँबाट विदेश उडेका थिए । यसबाट जम्मा ३१ हजार ६१८ जना यात्रुहरुले सेवा लिएका थिए । पछिल्लो समयमा मौसमको कारण देखाउँदै जजिराले उडान–अवतरण स्थगित गरेको थियो । अहिले उसको सेवा काठमाडौं केन्द्रित छ ।

जजिराले उडान रोकेपछि भैरहवामा रहेका निजी क्षेत्रका संघसंस्था, पर्यटन व्यवसायी लगायतले पुनः उडान सुरु गर्न भन्दै पहल थालेका थिए । यस विषयमा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र जजिरा एयरलाइन्सका प्रतिनिधिबीच भैरहवामा छलफल समेत भएको थियो । यस्तै, नेपाल ट्राभल्स टुर्स संघ लुम्बिनी प्रदेश (नाट्टा) ले पनि पहल थालेको थियो ।

जजिराका प्रतिनिधिसँग दुई संस्थाले गरेको छलफलमा पुनः उडान–अवतरण गर्न एयरलाइन्स तयार भएको उद्योग बाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए । जजिरा एयरलाइन्सको नेपालस्थित कमर्शियल व्यवस्थापक अमित नागरथले आगामी मार्च ९ तारिखदेखि पुनः उडान सञ्चालन गर्ने जानकारी दिएको छलफलमा सहभागी संघका अध्यक्ष न्यौपानेले बताए ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्र निराश छ । अध्यक्ष न्यौपानेले भने, “विमानस्थल हाम्रो आशा र भरोसा हो, यही विमानस्थललाई लक्षित गरेर व्यवसायीले अर्बौ लगानी गरेका छन् तर उडान रोकिँदा धेरै चिन्तित छौं । लगानी डुब्न नदिन पनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउनुपर्छ । यसमा हाम्रो निरन्तर पहल रहन्छ ।”

विमानस्थल संचालनमा भारतसँग सिधा एयर रुट छैन । भारतसँग हाल एकतर्फी मात्र रुट भएकोले समस्या भएको विमानस्थलका अधिकारी बताउँछन् । यस्तै, भारतीय नागरिकलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)े दिने व्यवस्था पनि छैन । इन्स्टुमेन्ट ल्याण्डिङ सिस्टम (आईएलएस) संचालनमा ल्याउन पनि भारतका कारण समस्या छ । आईएलएस कम भिजिविलिटीमा पनि विमान उडान–अवतरण गर्न सकिने उपकरण हो ।

पछिल्ला दिनमा विमानस्थलको भविष्यलाई लिएर सर्वत्र चिन्ता छ । संचालनमा आएको छोटो समयमै विजनेश बिहीन भए पनि चिन्ता बढेको हो । विमानस्थल लक्षित गरेर व्यवसायीले गरेको अर्बौं लगानीबारे पनि अहिले बहस भइरहेको छ । नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्त भट्टराईले कुनै पनि हालतमा विमानस्थल संचालन हुनु पर्ने बताए । “विमानस्थल संचालन र नियमित उडानका लागि निजी क्षेत्रबाट सक्दो पहल गरेका छौं, सरकारले पनि अलि बढी यो विमानस्थललाई प्राथमिकता राख्नुपर्छ”, उनले भने, “पुनः विमानस्थलबाट जजिराले उडान सुरु गर्ने संकेत गरेको छ । यो सुखद् हो । अब पूर्ण क्षमतामा विमानस्थल संचालन गर्नुपर्छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन