ट्रेंडिंग:

>> तुलसीपुरमा आधुनिक बधशाला निर्माणकालागि छलफल >> अर्थतन्त्र ओरालो लाग्दै : अर्थमन्त्री भन्छन्– सुधारोन्मुख छ, ढुक्क भएर लगानी गर्नुस् >> अर्थमन्त्रीले गरे महेशपुर भन्सारको निरीक्षण, राजश्व संकलन वृद्धि गर्न निर्देशन >> गणपतिको सातौ शाखा योगीकुटीमा >> शिव, गणेश एवं नन्दीको प्राण प्रतिष्ठा >> सिगलतर्फ अन्तिम आठको टुगो >> त्रिकोणात्मक सिरिजमा नेपालको दोस्रो हार, नेदरल्यान्ड्ससँग २ रनले पराजित >> ‘जग्गा हडप्ने खेलले बुटवलको रानीगन्ज ललिता निवास र बालुवाटर जस्तै,छानवीन होस्’ >> पर्यटन व्यवसाय फस्टाउन सरकारी पक्षले तत्काल गर्नुपर्ने २५ काम >> नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य >> १० प्रदेश इन्चार्ज तोक्ने माओवादी केन्द्रको निर्णयप्रति जनार्दन शर्माको असहमति >> दाङमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु >> माओवादीले राष्ट्रिय सभा अध्यक्षमा दाबी नछाड्ने >> युनिग्लोब कलेज : व्यवस्थापन शिक्षामा उत्कृष्ट गन्तव्य >> इलाम २ र बझाङ–१ क मा हुने उपचुनावको मतदाता अद्यावधिक हुंदै >> क्यानडामा दुघर्टनामा मृत्यु भएका दुई युवाहरुको शव नेपाल पठाइदै >> टी–२० त्रिदेशीय क्रिकेट शृङ्खला : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै >> लगानी सम्मेलनमा किन ढिलाई ? >> एमाले सल्यानमा अहिले के पाकिरहेको छ ? >> बौद्ध शिक्षाभित्रको कल्याणकारी अर्थशास्त्र >> कपिलवस्तु साझेदारी वनमा चुनावी रौनक >> देवदहमा अमानवीय क्रियाकलापप्रति पेशागत महासंघको विरोध >> जलविद्युतको शिरै अँध्यारो >> लुम्बिनी अस्पतालमा प्रदेश सरकारको झेल ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् :आजको राशीफल >> दाङ क्रिकेट लिगः तुलसीपुर रोयल्स र घोराही टाईगर्स विजयी >> साई ग्लोबल कपः लीलाराम र प्यारामाउण्टको लगातार जित >> सुरक्षित महिनावारी अक्षयकोष स्थापना >> दाङमा दोस्रो अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता रौनक >> लुम्बिनी अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टकृत अस्पताल बनाउँछौं : मन्त्री खनाल >> खेलकुद तथा सास्कृतिक क्षेत्रमा प्राथमिकता दिएको नगरप्रमुख पाण्डेको दाबी >> संसद्‍मा छिरेका ४९ जना ‘लघुवित्त पीडित’ विरुद्ध मुद्दा चलाइँदै >> लुम्बिनी प्रदेश फेसिंङ संघ गठन >> सिंहदरबार, बालुवाटार र बानेश्वरका पेटीमा हिँड्न निषेध >> नगरपालिकामा हुलहुज्जत गर्नेमाथि कानुनी उपचार खोजिने >> सातै प्रदेशमा माओवादी इन्चार्ज फेरिए >> नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल २० रनले पराजित >> राष्ट्रिय एचआईभी एड्स महासंघमा खड्का निर्वाचित >> निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश >> प्रभु बैंकका डेपुटी सीईओ सहित ९ जना पक्राउ >> टी–२० त्रिदेशीय क्रिकेट शृङ्खला: पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै >> चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> मगर एकता दिवसको सान्दर्भिकता >> आकाश देखिने कक्षाकोठा ! >> पेडा, खुवा र पनिर बनाउँदै विद्यार्थी >> सिद्धबाबा र गोरखनाथ मन्दिर बीचको सम्बन्ध >> ‘गाउँमै बस्छु—केही गर्छु’ >> कछुवा गतिमा प्रदेश सरकार ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> दुर्घटना न्यूनीकरणका लागि अव अनिवार्य यान्त्रिक परीक्षण
कला

दीप गायन ताराको छनोट चरण सम्पन्न

४ फाल्गुन २०७९, बिहीबार
४ फाल्गुन २०७९, बिहीबार

बुटवल, ४ फागुन । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बिहिबार दसौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ ।
प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ५३ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने प्रथम चरणबाट छनोट भएका १८ जना प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए । जसमध्ये एम्स स्कुलका अनुज गाहा, लुम्बिनी बोर्डिङ स्कुलका समिर घिमिरे, एभरेष्ट इङ्ग्लिश बोर्डिङ सेकेन्डरी स्कुलका दिपेन पौडेल, स्कोलर्स होम बोर्डिङका रेनुका सुनार, इन्टेलेक्चुअल एकेडेमीका निहारिका ढुङ्गाना, न्यू होराइजन इङ्ग्लिश बोर्डिङ स्कुलका विश्वास शाही, शान्ति मोडेल सेकेन्डरी स्कुलका निरुता कार्की, कालिका मानवज्ञान माविका विवेक पङ्गेनी, अक्सफोर्ड माविका प्रसन्ना केसी, कान्ति माविका प्रेम वि क गरी जम्मा १० जना अन्तिम चरणका लागि छनौट भएका छन् ।
प्रतियागितामा उत्कृष्ट १० मा परेका प्रतियोगीहरूको अन्तिम प्रतिस्पर्धा फागुन ५ गते शुक्रबार बिहान १० बजे हुने र प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कुरा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताए ।
प्रतियोगितामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले गुणस्तरीय शिक्षासँगै दीप बोर्डिङ हाई स्कुलले अतिरिक्त क्रियाकलापको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । त्यसैगरी कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, बुटवल उपमहानगरपालिका वडा नं। ८ का वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले दीप बोर्डिङ हाई स्कुलले पढाइका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता आयोजना गरेर गीत सङ्गीतमा रुचि भएका विद्यालय स्तरमा अध्ययन गर्ने विद्यार्थीहरूलाई उदाहरणीय अवसर प्रदान गरेको बताए ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजू, प्याब्सन बुटवलका अध्यक्ष कुलानन्द पाण्डे, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष रामकृष्ण चापागाईं, प्याब्सन रुपन्देही सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष नविन्द ढकाल, क्यानन बोर्डिङ स्कुलका प्राचार्य थानेश्वर पौडेल, विद्यालयका उपप्राचार्यहरु ज्ञानु थापा, कलाधर अर्याल,उपप्राचार्य सुरेन्द्र कुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्य वसन्तकुमार जोशी, लेखाप्रमुख रेखा श्रेष्ठ, शिक्षक पुरुषोत्तम पाण्डेय, विजय सापकोटा, बालकृष्ण पाठक र सीता आचार्यले आआफ्ना भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?