ट्रेंडिंग:

>> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान
समाचार

दीप बोडिङमा अन्तरमावि दीप गायन तारा हुदै

२ फाल्गुन २०७९, मंगलवार
२ फाल्गुन २०७९, मंगलवार

बुटवल, माघ – दीप बोडिङ हाइ स्कूलको आयोजनामा दसौं जिल्ला स्तरीय अन्तर मा.वि.दीप गायन तारा प्रतियोगिता हुने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जानाकारी दिएको छ ।
फागुन ४ र ५ गते हुने प्रतियोगितामा जिल्लाका ५० विद्यालयको सहभागिता हुने प्राचार्य टिकाराम न्यौपानेले बताए । विद्यालयले विगत १२ वर्षदेखि रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले अन्तर मा।वि। जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता सञ्चालन गर्दै आइरहेको उनले बताए ।

विद्यालयको ४२ औं स्थापना दिवसको अवसरमा फागुन ४ र ५ गते कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने गरी दसौं जिल्ला स्तरीय अन्तर मा।वि। दीप गायन ताराको आयोजना गरिएको उनको भनाइ छ ।
४ गते प्रथम चरण हुनेछ भने दोस्रो चरण ५ गते हुनेछ ।
पहिलो चरणमा प्रतियोगीले ट्र्याकविना गीत गाउनु पर्नेछ भने यस चरणबाट उत्कृष्ट १५ जनालाई दोस्रो चरणका लागि छनौट गरिने कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले बताए ।
त्यस्तै प्रथम चरणबाट छानिएका उत्कृष्ट १५ जनाले ट्र्याकसहित गीत गाउनुपर्ने उनले बताए ।
त्यसबाट उत्कृष्ट १० जनालाई अन्तिम चरणका लागि छनौट गरिने उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु ३० हजारका साथ सिल्ड, मेडल तथा द्दितिय हुनेले नगद रु २० हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन् ।
यसैगरी तृतीय हुनेले नगद रु १० हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । साथै दुई जनालाई नगद रु २ हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक पाण्डेयले बताए ।
दिप गायन तारा प्रतियोगिताबाट हालसम्म अस्मिता चापागाई, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे र कुशल आचार्य गरी जम्मा नौ जना विद्यार्थीहरू विजेता भईसकेका छन ।
दीप बोडिङ हाइ स्कूल २०३७ फागुन ५ गते स्थापना भएको संस्थागत विद्यालय हो । यस विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरूमा अन्तर्निहित क्षमताको प्रस्फुटन गर्दै आइरहेको छ । विद्यालयले नगर, जिल्ला र राष्ट्रव्यापी कविता लेखन, वक्तृत्वकला, वादविवाद, निबन्धलेखन, हाजिरीजवाफ, चित्रकला, भलिबल, टेबलटेनिस, कराते, कबड्डी लगायत विभिन्न प्रतियोगितामा अब्बल नतिजा ल्याउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?