Logo
२४ जेष्ठ २०८०, बुधबार

बुटवल जेसीजमा बहुशाखा पदाधिकारी तालिम


 बुटवल –बुटवल जेसीजको आथित्यमा बहुशाखा पदाधिकारी तालिम सम्पन्न भएको छ । बुटवल जेसीज र बुटवल जेसीजले मातृत्व प्रदान गरेका बुटवल महिला जेसीज, सैनामैना जेसीज, बुद्धभुमि जेसीजका नवनिर्वाचित पदाधिकारीलाइ तालिम प्रदान गरिएको हो ।
बर्ष २०२३ भरी जेसीजले गर्नुपर्ने कार्यका बारेमा सम्बन्धित पदाधिकारीले गर्नुपर्ने काम कर्तव्यको बारेमा अभिमुखिकरण गरिएको थियो ।
बुटवल जेसीजका पुर्व अध्यक्ष मनोज भट्टराई र राजु पौडेलले तालीमको सहजीकरण गरेका थिए । ५०औ राष्ट्रिय महादिवेशनका निर्देशनक समेत रहेका नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जगतबहादुर पोखरेलले बहुशाखा पदाधिकारी तालिमले जेसीज अभियानलाइ थप सुदृढ, सशक्त र सबल बनाउने उल्लेख गरे ।
बहुशाखा तालिममा बुटवल जेसीज, बुटवल महिला जेसीज, सैनामैना जेसीज, बुद्धभुमि जेसीजका अध्यक्ष, कार्यकारणी उपाध्यक्ष, महासचिव, उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सह कोषाध्यक्षको सहभागीता थियो । बुटवल जेसीजका अध्यक्ष हरि बिक्रम कुवरले शुरु देखि नै बुटवल जेसीजले मातृत्व प्रदान गरेका सबै शाखासग सहकार्य र सहयात्रा गर्न चाहेको बताउदै उत्कृष्ट कार्यकाल बनाउन थप एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सैनमैना जेसीजका अध्यक्ष यदुनन्दन भण्डारी, बुद्धभुमी जेसीजका अध्यक्ष बाबुराम घिमिरेले तालीमको ज्ञानले बर्ष २०२३ प्रभावकारी र उत्कृष्ट बन्ने बिश्वास व्यक्त गरे ।
बुटवल जेसीजका अध्यक्ष हरि बिक्रम कुवर , बुटवल जेसीजका कार्यकारिणी उपाध्यक्ष अर्जुन ज्ञवाली, महिला जेसीजका कानुनी सल्लाहकार सङ्गिता ढकाल , महिला जेसीजका अध्यक्ष कमला लम्साल , जेसीजका महासचिव चन्द्रकान्त डुम्रे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन