Logo
१४ चैत्र २०७९, मंगलवार

गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू


बुटवल, २४ माघ ।

बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा मंगलबारदेखि खेलकूद सप्ताह सुरू भएको छ । विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फूटन गराउने उद्देश्यले विद्यालय खेल सप्ताह सुरू गरेको हो । यस क्षेत्रमा छोटो समयमै उत्कृष्ट नतिजा दिएर अभिभावकको रोजाइँमा परेको एकेडेमीको खेलकूद सप्ताहमा झण्डै १ हजार ५०० भन्दा विद्यार्थी सहभागी छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापा र विद्यालयका प्राचार्य भुवन अधिकारीले संयुक्त रूपमा अतिरिक्त क्रियाकलाप प्रमुख भीमप्रसाद चौधरीलाई खेलकूद सामग्री हस्तान्तरण गरी खेल सप्ताहको उदघाटन गरिएको थियो ।

उदघाटन सत्रमा बोल्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले विद्यार्थीको समग्र क्षेत्रको विकासको लागि खेलकूद सप्ताह आयोजना गरिएको बताए । उनले विद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गरेको स्मरण गर्दै खेलकूद कार्यक्रमले प्रदेश तथा राष्ट्रिय स्तरमा हुने प्रदेश तथा राष्ट्रिय स्तरका खेलकूद सहभागी हुन कोशेढुंगा सावित हुने दावी गरे ।

खेल सप्ताहको पहिलो दिन पूर्व प्रावि तहमा बेलुन ब्रस्ट र बुल कलेक्सन, प्रावि तहमा हट पोटाटो र इनआउट साथै सिनियर तहमा रिले रेस, स्याक रेस, गणित रेस, ज्याबलिङ थ्रो लगायतका प्रतियोगिता भएका छन् । सरस्वती पुजाको दिनमा भर्ना भएका १५९ गरी विद्यालयमा १ हजार ९१५ जना विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा विद्यालयका इसिए इन्चार्ज भीमबहादुर चौधरी, नवराज न्यौपाने लगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?