ट्रेंडिंग:

>> टी-२० विश्वकप: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दैं >> ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार रोक >> आर्थिक बर्ष सकिन लाग्दा विकास निर्माणको चटारो >> बुटवल–लमही प्रसारण लाइन, २६ अर्ब लागतमा १ सय ७० किलोमिटर बन्ने >> सय भन्दा बढि स्थान बाढी पहिरोको जोखिम क्षेत्र >> महामारीले जन्मिएका ‘उद्यमी’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> यातायात व्यवस्था कार्यालय बुटवलका पुर्व प्रमुख सहित ५ जना नक्कली लाइसेन्स प्रकरणमा पक्राउ >> एचआईभी संक्रमितलाई छात्रवृत्ति, शैक्षिक र पोषण सामग्री वितरण >> टी–२० विश्वकपः बंगलादेशसँग १० वर्षपछि बद्ला लिने मौका >> सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर >> बजाज पल्सर एन १५० अब नेपाली बजारमा >> घोराही उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक >> पश्चिम तराईमा असार ६ सम्म तातो हावाको लहर यथावत रहने >> लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट >> तेस्रो न्यू होराइजन एसईई फेस्टमा विद्यार्थीको उत्साहजनक सहभागिता >> बुटवलमा ग्रील जोनलाई संघीय सरकारको एक करोड वजेट >> बूढीगण्डकीको अन्यौलतालाई हटाउनुपर्छ : विश्वप्रकाश >> कबाड व्यवसायीको काठमाडौँमा प्रदर्शन, बालेनविरुद्ध नाराबाजी >> करको दर नभई दायरा बढाउन ब्यवसायीको सुझाव >> भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु >> संसदीय समितिको बैठकमा एनजीओको खाजा ! >> युसीएमएस भैरहवाद्वारा कपिलवस्तुमा सरोकारवालाहरुसँग अन्तरक्रिया >> पाल्पामा जिप दुर्घटना हुँदा नौ जना घाइते >> कांग्रेस र एमालेका जनप्रतिनिधिले वहिष्कार गरेपछि काठमाडौंको नगरसभा स्थगित >> भिजिट भिसाको दुरुपयोग बढ्दैः अध्यागमनले ५ सय भन्दा बढीलाई विमानस्थलबाटै फर्कायो >> प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> कोशी, गण्डकी र बाग्मती  प्रदेशमा चट्याङ्ग सहित वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान >> इन्धनको मूल्य घट्यो >> कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला >> मकैमा फौजी किराको प्रकोप >> प्रदेश सरकारका अस्थिर पर्यटन नीति र त्यसका असरहरू >> प्रगति विवरण होइन, काम देखाउ सरकार >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मोटरबाटोले हरायो बटुवा हिंड्ने गोरेटो >> चाइना स्टेट कम्पनीको ३ वटा टिपर र एउटा जेसिबी प्रहरी नियन्त्रणमा >> काकाकुल रेक्चाबासी : पानी माग्न आन्दोलन >> छिपछिपे सहकारीका ७ जना पुर्पक्षका लागि कारागार चलान >> लुम्बिनीको वजेट ३८ अर्ब ९५ करोड (पूर्ण पाठ सहित) >> चिदिका–रुपन्देही सम्पर्क समाजको रक्तदान, १५१ युनिट रगत संकलन >> चाैथाे अधिवेशन । तेह्राैं बैंठक | लुम्बिनी प्रदेश सभा । २०८१ असार १ गते >> आईसीसीले पनि भन्यो– दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शन गर्व गर्न लायक >> राप्रपा नेपालले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने >> तिलोत्तमा व्यापार संघद्वारा ९ वटा वस्तुगत समिति गठन >> तिलोत्तमा व्यापार संघद्वारा कार्यालय प्रमुखको बिदाई र स्वागत >> मातृभाषी चलचित्रसम्बन्धी विचार गोष्ठी बुटवलमा सम्पन्न >> राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा >> दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त >> नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोक्यो, कुशल भुर्तेलले लिए ४ विकेट >> नेपाल टस जितेर फिल्डिङ गर्दै, सागरको ठाउँमा सन्दीप
खेर जाँदै लगानी

५२ जहाज, ५३ विमानस्थल

२४ माघ २०७९, मंगलवार
२४ माघ २०७९, मंगलवार

बुटवल, २४ बैशाख ।

नेपालको आन्तरिक उडानमा हवाईजहाजको तुलनामा विमानस्थलको संख्या अधिक पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार अहिले देशभर त्रिभुवन विमानस्थलसहित ५३ वटा विमानस्थल निर्माण सम्पन्न भइसकेका छन् । तर, ३३ वटा मात्र सञ्चालनमा छन् । २० वटा विमानस्थलमा जहाज उड्दैनन् । यता, आन्तरिक उडानमा हवाईजहाजको संख्या भने ५२ वटा रहेको छ ।

नेपालमा आन्तरिक उडानतर्फ नौवटा वायुसेवा (फिक्स्ड विङ) कम्पनी र १२ वटा हेलिकोप्टर (रोटर विङ) रहेका छन् । बुद्ध एयरसँग १४ वटा एटिआर–७२ र एटिआर–४५२ तथा दुईवटा साना जहाज छन् । श्री एयरलाइन्ससँग ठूला आठवटा जहाज छन् भने यती एयरलाइन्ससँग पाँचवटा एटिआर–७२, सौर्यसँग तीनवटा जहाज छन् । यतीका ६ जहाजमध्ये एउटा पोखरामा दुर्घटनाग्रस्त भएको छ ।

यस्तै, दुर्गम क्षेत्रका विमानस्थलमा उडान गर्ने साना जहाजहरू समिट एयरसँग चार, तारा एयरसँग तीन, सीता एयरसँग चार, गुण एयरलाइन्ससँग सात र नेपाल वायुसेवा निगमसँग दुईवटा जहाज छन् । तारासँग चारवटा साना जहाज रहेकामा एउटा जहाज १५ जेठमा मुस्ताङमा दुर्घटनाग्रस्त भयो । नेपाल एयरलाइन्ससँग रहेका पाँचवटा चिनियाँ जहाजहरू अहिले घाम तापेर बसिरहेका छन् ।

नयाँ–नयाँ विमानस्थल निर्माण गर्न नयाँ मन्त्री आएपछि सँधै प्राथमिकतामा पर्ने गरेको छ । कतै आवश्कयता पर्ने स्थानमा वर्षौंसम्म पनि विमानस्थल निर्माण र संचालन नहुने तर आवश्यकता नै नपर्ने स्थानमा भने धमाधम विमानस्थल निर्माण गर्ने संस्कृतिको विकास हुँदै गएको छ ।

नेपालमा यात्रु संख्याका हिसावले तराई भेगका विमानस्थलमा अधिक भीडभाड छ । यसबाहेक पर्यटकीय क्षेत्रमा रहेका विमानस्थल बढी व्यस्त छन् । नेपालमा आर्थिक र प्राविधिक सम्भाव्यता अध्ययन नै नगरी मतदाता रिझाउन नेताको दबाबमा धमाधम एयरपोर्ट निर्माण गरिएका छन् । हरेकजसो मन्त्री वा सांसदले आफ्नो जिल्लामा विमानस्थल लैजान तीव्र लबिङ गर्ने गरेका छन् । तर, राजनीतिक शक्तिका भरमा एयरपोर्ट निर्माण गरेर सञ्चालनमा ल्याइए पनि त्यसको सञ्चालन, संरक्षण र हवाई सुरक्षामा भने त्यति चासो दिएको पाइँदैन ।

देशमा बनाइएका ११ विमानस्थलको लगानी खेर जाने महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा औँल्याएको छ । नेपालमा हिमाली र पहाडी क्षेत्रमा कम्तीमा २० नटिकल माइल र तराई तथा भित्री मधेसमा कम्तीमा ४० नटिकल माइल दूरीमा विमानस्थल हुनुपर्छ । तर, डोल्पाको जुफाल र मसिनेचौर, गुल्मी, ओखलढुंगाको खिजी र चण्डेश्वरी, रामेछाप, फाप्लु, कागेलडाँडा, रुम्जाटार, कालिकोट र साँफेबगर विमानस्थलले मापदण्ड पूरा नगर्ने हुँदा नियमित उडान–अवतरणमा समस्या हुने महालेखाको जिकिर छ ।

बाग्लुङ, चौरजहारी (रुकुम), दार्चुला, ढोरपाटन, पालुङटार, गुल्मी, जिरी, कमल बजार, कागेलडाँडा, खिजी चण्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, मसिनोचौर (डोल्पा), मेघौली, रोल्पा, रुम्जाटार, स्याङबोचे र टीकापुर विमानस्थलमा उडान हुँदैन । अर्घाखाँची र कालीकोटमा पनि प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययन नगरी विमानस्थल निर्माण सुरु गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर, नेपालगन्ज, बैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, धनगढी, डोल्पा (जुफाल), डोटी, फाल्गुनन्द सुकिलुम्बा (इलाम), जनकपुर, जोमसोम, जुम्ला, खानीडाँडा, फाप्लु, राजविराज, रामेछाप, रारा, सल्ले (रुकुम), साँफेबगर, सिमरा, सिमिकोट, सुर्खेत, ताप्लेजुङ, लुक्ला, थामखर्क र तुम्लिङटार विमानस्थल मात्र सञ्चालनमा छन् । सञ्चालनमा रहेका विमानस्थल पनि धेरैमा निकै न्यून मात्र उडान हुने गरेको छ । कतिपय विमानस्थलमा सातामा एक–दुईवटा मात्र उडान हुने गरेका छन् ।

नेताहरूले आफ्नो जिल्लामा एयरपोर्ट आयोजना लागेको विषयलाई नकारात्मक रूपमा लिन नहुने भए पनि एयरपोर्ट निर्माणपछि सञ्चालन, संरक्षण र हवाई सुरक्षामा उनीहरूले उल्लेखनीय चासो नदिनु चिन्ताको विषय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतम बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?