ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
मुख्य खबर

पुर्खाैली सामग्री जुटाउदै थारु युवा

२४ माघ २०७९, मंगलवार
२४ माघ २०७९, मंगलवार

चन्द्रौटा(कपिलवस्तु), माघ-  थारु समुदाय यतिबेला समुदायको अस्तित्व झल्किने पुर्खाैली सामग्री संकलनमा जुटेको छ । पहिचान जोगाउन पछिल्लो समय लोप हुँदै गएका खासगरी हस्तकला सामग्री संकलनको तयारी जुटेको हो । थारु साँस्कृतिक संरक्षण केन्द्र कपिलवस्तुका अध्यक्ष पवन कुमार थारुले विशेषगरी बुद्घभुमि नगरपालिकाभित्र रहेका थारु जातिको घरघरमा पुगी सामग्री संकलन गरिरहेको बताए । ढकिया, डेल्वा, डोकवा, मचिया, हाँरी, करवा, गग्री, हेल्का, पिर्खा हरजोठा, डेहरी, डेलिया लगायत हस्तकला गरगहना पोशाक समेत संकलन गरेको उनको भनाइ छ ।


करोडौँको लागतमा बुड्ढीमा निर्माण हुन लागेको बुद्धभुमि नगरपालिकामा नगरस्तरीय थारु संग्रहालयमा सजाइएर सौजन्य गरेका नामावलीसहित राख्ने कार्यको सुरुवात गरेको अध्यक्ष थारुले जनाए । स्थानीय युवाहरुको रहेको संस्था दर्ता गरि आफ्नो पहिचान जोगाउने उद्देश्यले लोप हुँदै गएका हस्ताकला, पोशाकसहितको नृत्य संस्कृति सो समुदायको इतिहास रहेको उनले जिकिर गरे ।


संरक्षण केन्द्रका सह–सचिव शिव गुलाम थारुले थारुहरुको हकहितका लागि संस्था स्थापन गरिएको बताए । केही समय यता नितान्त लोपान्मुख भएका थारुको अस्तित्व बचाउने संस्कृति र संस्कार युवा पुस्तामा स्थानान्तरण गर्न नसक्दा लोप हुँदै गएको उनले जनाए । थारु जातिको पहिचान झल्किने साँस्कृतिक कार्यक्रमले मात्र पूरा नहुने बताउँदै अध्ययन सँगसँगै राजनीतिमा पहुँच पनि बढाउन जरुरी रहेको समेत उनको भनाइ छ ।

यस्तै थारु अगुवा मंगल प्रसाद थारुले युवा पिँढीले गम्भीर भएर समाज अध्ययन गर्ने बेला आएको बताए । शिक्षा आर्जन नगरे समाज एकदमै पछि ढकेलिने जनाउँदै समाजमा विकृति फैलाउने आधुनिक नृत्यले नभएर समुदायको पहिचान झल्किने ऐतिहासिक पोशाकमा वाद्यबाजन क्षमतालाई समेत बढाउनुपर्ने अगुवा उनले जोड दिए । पछिल्लो समय थारु युवा पुस्ता शिक्षा लिनु भन्दा बाहिर रहेर मजदुर लगायत क्रियाकलापमा बढी सक्रिय रहेको जानकार बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?