ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

मोवाइल आयातमा बाहिरिन्छ वर्षेनी २७ अर्व

२४ माघ २०७९, मंगलवार
२४ माघ २०७९, मंगलवार

काठमाडौँ, २४ माघ ।

विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७४÷७५ देखि २०७८÷७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि सो खर्च भएको हो । उक्त रकम खर्च गरेर दुई करोड ७५ लाख थान मोबाइल आयात गरिएको तथ्याङ्क छ ।

विगत पाँच वर्षमा मोबाइल आयातमा भएको खर्चका आधारमा प्रत्येक वर्ष २७ अर्ब ४६ करोड रुपियाँ मोबाइल आयातमा बाहिरिएको देखिन्छ ।

मोबाइल आयातबापत सरकारले वार्षिक औसत चार अर्ब ३३ करोड रुपियाँ बराबर राजस्व पनि सङ्कलन गरेको छ । यस हिसाबले विगत पाँच वर्षमा सरकारले मोबाइल आयातबापत २१ अर्ब ६४ करोड रुपियाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।

यो पाँच वर्षको अवधिमा आव २०७७÷७८ मा सबैभन्दा धेरै मोबाइल आयात भएको छ । तथ्याङ्कअनुसार उक्त आर्थिक वर्ष करिब ३७ अर्ब रुपियाँ बराबरको ७० लाख थान मोबाइल आयात भएको थियो ।

अधिकांशले चलाउँछन् स्मार्ट फोन

विश्वव्यापी प्रवृत्तिजस्तै नेपालमा पनि अधिकांशले स्मार्ट फोन नै प्रयोग गर्ने गरेका छन् । दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कुनै एक पटक सक्रिय भएका मोबाइल फोनको तथ्याङ्कका आधारमा हेर्दा कुल मोबाइल सेट प्रयोगकर्तामध्ये करिब ६८ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्ने देखिएको हो । बाँकीले भने बार फोन प्रयोग गर्ने प्राधिकरणको तथ्याङ्क छ ।

सेवा प्रदायकअनुसार हेर्दा नेपाल टेलिकम र एनसेल दुवैका प्रयोगकर्ताले सबैभन्दा धेरै सामसुङ ब्रान्डका मोबाइल प्रयोग गर्ने पाइएको छ ।

प्राधिकरणका अनुसार नेपाल टेलिकमको नेटवर्कमा समीक्षा अवधिमा करिब एक करोड ५८ लाख मोबाइल सेट सक्रिय भएको देखिएको छ । त्यस्तै एनसेलको नेटवर्कमा एक करोड ७० लाख मोबाइल सेट सक्रिय देखिएको छ ।

टेलिकमको नेटवर्कमा सबैभन्दा धेरै सामसुङ र त्यसपछि रेड्मी, ओप्पो, नोकिया, भिभो, आइटेललगायतका मोबाइल ब्रान्ड बडी प्रयोग भएको देखिएको छ । एनसेलको नेटवर्कमा पनि सबैभन्दा धेरै सामसुङ र त्यसपछि साओमी, ओप्पो, भिभो, आइटेलजस्ता ब्रान्डका मोबाइल प्रयोग भएको पाइएको छ ।

पाँच वर्षमा हराए १५ हजार मोबाइल

समीक्षा अवधिमा करिब १५ हजार मोबाइल हराएको पाइएको छ । प्राधिकरणका अनुसार विगत पाँच वर्षमा सो बराबरका मोबाइल हराएको आवेदन प्राप्त भएको हो । सबैभन्दा धेरै गत आर्थिक वर्षमा मात्रै १० हजार मोबाइल हराएको निवेदन प्राधिकरणले प्राप्त गरेको थियो ।

हराएका कुल मोबाइलमध्ये सात हजार मोबाइल मात्र सेवा प्रदायकको नेटवर्कमा जोडिएको पाइएको प्राधिकरणले जनाएको छ, जसमध्ये प्राधिकरणले नेटवर्कमा टे«स भएका दुई हजार छ सय मोबाइल खोजीका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?