ट्रेंडिंग:

>> बागमतिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिए मन्त्रीलाई कारवाही : घिमिरे >> सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह >> नमुना महिला विकास सहकारीको स्थापना दिवस >> स्थानीय वायुले देशभरको मौसम बदली >> आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित >> नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि >> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण
कर्मको फल

हाटमा फक्रिएको जिन्दगी

दशकौदेखि बुटवलको हाटबजारमा रमाउनेहरुको कथा फरक फरक छ । देशको विभिन्न कुनाबाट बुटवलमा बटुलिएका (एकैठाउँ भएका) उनीहरु बुटवलको हाटबजार छाड्ने कल्पनै गर्न सक्दैनन् । उनीहरु भन्छन्, “बुटवलको हाटले बाँच्नका लागि संघर्ष गर्न मात्रै सिकाएका छैन, खुसीले हाँसेर बाँच्न पनि सिकाएको छ ।”
२३ माघ २०७९, सोमबार
२३ माघ २०७९, सोमबार

बुटवल, २३ माघ ।

भारतको अछाममा २०१५ सालमा जन्मिएका गंगालाल उपाध्याय बुटवलको हाट बजारमा भेटिन्छन् । हाटमा उनी आफ्नै कमाई र पसिनामा रमाएका छन् । भारतमा जन्मिएका भए पनि उनको बाल्य अवस्था गुल्मीको चन्द्रकोटमा बित्यो । उमेरसँगै पारिवारमा थपिएको आर्थिक बोझलाई सामान्यीकरण गर्नका लागि उनी बुटवल (बटौली) झरे । बुटवल उनको कर्मथलो बन्यो ।

त्यतिबेला बुटवलको हाटबजार खेतको गह्रा जस्तो थियो । त्यो खेतमा तरकारी बेच्नेहरु बिक्रिका लागि ग्राहक कुरिरहेका हुन्थे । त्यही हुलमा ३२ वर्ष पहिले मिसिएका थिए उपाध्याय । विहानै चार बजे उठ्यो बजारमा बेच्ने तरकारीको जोहो गर्नु र दिनभरी तरकारी बेच्नु राति अवेर बुटवलको दिपनगरमा रहेको घरमा पुग्नु उनको दैनिकी थियो ।

उनी भन्छन्, “त्यसबेला पहाडी मूलका तरकारी व्यापारी कम थिए, धेरैजसो तराईमूलका व्यक्ति तरकारी बिक्रि गर्दैथिए । मैले पनि गाउँतिरबाट तरकारी खरिद गर्ने र बिक्रि गर्न शुरु गरे । मोहर किलो तरकारी बिक्रि गरेर पाँच रुपियाँ कमाउँदा आनन्द कम थिएन । तरकारी किन्नु र बेच्नुमा नै जीवन गइसक्यो ।” यो हाटबजारको कुरा गर्दै जाँदा उपाध्यायले भने, “समय कति अगाडि बढिसक्यो, पहिले अहिलेको बजार भागको धेरै भाग शौचालयका लागि प्रयोग हुने गर्दथ्यो । बचेको भागमा मात्रै बजार थियो । हप्तामा दुई दिन मात्रै लाग्ने बजारमा पनि ग्राहकको चाप कम थियो ।”

आफ्नोमा भने नियमित तरकारी किन्ने ग्राहक रहेको उपाध्याय सुनाउँछन् । उनले पाल्पाबाट आउने तरकारीलाई बेच्ने गर्दथे । अहिले जस्तो मण्डी थिएन त्यसबेला । सिधै किसानले फलाएर ल्याउने र बेच्ने काम हुथ्यो । तरकारी बेचे बापत एक सुका कर तिर्नु पर्दथ्यो । अहिले बढेर एक सय रुपियाँ भएको छ । “महँगीले आकास छोईसक्यो । समय परिवर्तन भयो”–उपाध्याय भन्छन् “दुई महिना अघिको मात्रै कुरा हो एक जना ग्राहकले तरकारीमा भ्रष्टाचार भयो भने, हामीले कसरी भ्रष्टाचार गर्नु किसानले सस्तोमा तरकारी दिए हामी सस्तैमा बेच्छौ, महँगो बनाए महँगो गर्छौ ।” हाटमा उमेरको महत्वपूर्ण जीवन बिताए उपाध्यायले । बजारसँगको मितेरी नमर्दा सम्म सहने बताए । दुई सन्तानको लालन पालन र जिबिकोपार्जनको माध्यम भएकाले पनि साईनो तोड्न नसकने तर्क छ उनको ।

पाल्पाको भैरवस्थानमा जन्मिएकी सिता क्षेत्रीले बुटवलको हाटबजारसँग ४० वर्षदेखि मितेरी गाँसेकी छन् । उमेरले ६० काटेकी सितालाई विहानै उठ्नु, मन्डीमा पुग्नु र दिनभरीका लागि बेच्ने टमाटर जोहो गर्नु नै दैनिकी हो । पछिल्लो करिव १० वर्षदेखि उनले बजारमा टमाटर मात्रै बेच्ने गर्दछिन् ।

उनी भन्छिन् “पहिले श्रीमान पनि हुँदा त अरु तरकारी पनि बेच्ने गथ्र्यौ, तर उहाँको मृत्यु पछि मैले खाली टमाटर मात्रै बेच्छु । मैले यहाँ कम नाफा राखेर धेरै सामान बेच्ने गर्दछु । हामी दम्पतीले जीवनमा यही पेशा बाहेक केही गरेनौ, श्रीमान पनि यसरी बजारमा हिंड्दा हिंडदै बित्नुभयो । यही बजार हाम्रो कर्मथलो हो ।” उनले यहींबाट छोरालाई पढाउने र हुर्काउने घर जग्गा जोडेको बताइन् । “त्यसैले पनि पाखुरा चल्दासम्म यहीं काम गर्न रमाईलो लागेको छ । अहिले त छोराले कमाउँछ । बुहारीले पनि पसल गरेकी छ, नातिनी छ मलाई नगर्न उनीहरुले भन्छन् तर पनि यस्तो साइनो गाँसिएछ कि उठ्ने बित्तिकै यही आईहाल्न मन लाग्छ”–उनी भन्छिन् । पहिले पहिले नगरपालिकाको गेट अगाडि उनीहरुको बेच्ने ठाउँ थियो । पछि श्रीमानको मृत्युपछि पाल लगाउने दुःख नहोस् भनेर समितिले उनलाई टिनको छानो मुनि बेच्ने व्यवस्था मिलाएको हो । हेर्दा सामान्य लागे पनि जिविकोपार्जनका लागि धेरै महत्वपूर्ण क्षेत्र हो यो । दिनमा एक हजार देखि १२ सय सम्म नाफा आउने गरेको सिता बताउँछिन् ।

उनलाई पढ्न नपाएकोमा पछुतो छ । कहिलेकाहीं मन्डीमा धेरै पैसा दिने त कहिले कम पैसा दिने गर्दछु तर पनि आजभोली सबैले चिनेर होला सहयोग गर्दछन् । बजारमा पनि धेरै बेचे भनी हिसाव आउँदैन वरिपरिकालाई सोधेर काम गर्छु ।

बैतडीमा जन्मिएकी विना शाक्यको कर्मभूमि बुटवलको हाट हो । २२ वर्ष अगाडिबाट उनले यहाँ तरकारी बेच्न शुरु गरेकी हुन् । चार सन्तानकी आमा बिनाले श्रीमान सरकारी जागिरे भए पनि सहयात्रीको साथ पाईनन् । श्रीमानले दिएको धोकाले उनलाई काम गर्न हौसाएको बताउँछिन् । बिगत कोट्याउँदै बिना भन्छिन्, “काम कहिल्यै सानो हुँदैन । दुईचार पैसा कमाएर छोराछोरी हुर्काउनु पर्ने बाध्यता थियो । त्यसबेला के गर्ने भन्ने बेलामा एउटा भाईले मलाई यसरी बजारमा तरकारी बेचेर केही कमाउन सकिन्छ भनेर सिकाएका हुन् ।”

यहाँबाट तरकारी खरिद गर्ने र बेच्ने गरेका र यसैबाट सामान्य जीवन बितेको उनी बताउँछिन् । “अहिले त छोराछोरीहरु पनि कमाउने भए, हाट जान पर्दैन भन्छन् तै पनि गरिराखेको कामप्रति माया र सद्भाव छ, सक्दा सम्म गर्नु पर्छ भनेर गरिरहेको छु । अहिले त हाट पनि सुन्दर छ । सबै कुराको सुविधा छ । त्यसबेला त खेतमा थुप्रा बनाएर बेच्ने हो । वर्षाको समयमा तरकारी पानीले बगाएको आज जस्तै लाग्छ”–उनी स्मरण गर्छिन् ।

विगत २५ वर्षदेखि हाटसँगै रमाउदै आएकी छन् ५० वर्षकी तुलसी काफ्ले । सामान्य खेतमा उनी बुटवलको हाटमा तरकारी बेच्न आउँदा धेरै तराईबासी व्यापारी थिए । सात आठ जना मात्रै पहाडी व्यापारी देखेकी काफ्लेलाई आज सपना जस्तै लाग्छ । त्यसबेला पहाडिया व्यवसायीलाई तराइबासी व्यवसायीले अत्यन्त हेप्ने गरेको नमिठो अनुभव उनले सुनाईन् । “त्यति हुँदा पनि हामीले आफनो कर्म गर्न छोडेनौ र आज यहाँ छौ । त्यसैले होला अहिलेको यो हाटमा धेरै पहाडिया समुदायका व्यापारी छौ”–उनी भन्छिन्, “यो हाट त भगवान हो जहाँबाट मैले मेरो सन्तान हुर्काएँ, सम्पत्ति जोडे, यति मिठो साथ छ यहाँ कि यसलाई छोड्न सक्छु जस्तो लाग्दैन ।”

“पहिले हामी सबै भन्दा महँगो तरकारीलाई २५ रुपियाँ किलो बेच्थ्यौ भने अहिले ३ सय रुपियाँ किलो बेच्नु पर्छ । समयले कोल्टो फेरको छ । महगीले आकास छोएको छ, तर पनि हामी चल्नुको बिकल्प छैन”–उनी भन्छिन्–“यस्तो अवस्थामा कोही ग्राहकले व्यापारीहरु त लुट्न बसेका हुन् भन्छन् तर पनि मन दुख्दैन । समयले हामीलाई नि महँगोमा बेच्न बाध्य बनाएको कुरा बुझ्ने धेरै हुनहुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?