ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

रवि लामिछानेको पार्टीले संसद वैठक वहिष्कार गर्ने

२२ माघ २०७९, आईतवार
२२ माघ २०७९, आईतवार

बुटवल,२२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बस्ने संसद वैठक वहिष्कार गर्ने भएको छ । नागरिकता मुद्दामा पार्टी सभापति रवि लामिछाने दोषी ठहर भएर सांसद र मन्त्री पद गुमेपछि लामिछाने विवादित बनेका छन् । पुनः नागरिकता लिएपछि रवि गृह मन्त्रालयमा फर्किन चाहेका छन् तर प्रधानमन्त्री प्रचण्ड उनलाई गृह मन्त्रालय दिन तयार छैनन् । यिनै विषयमा केन्द्रीत रहेर उक्त पार्टीको शनिबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक विनानिष्कर्ष सकिएको थियो । यद्यपि, शनिबारको वैठकमा आइतबारको संसद बैठक बहिष्कार गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसदमा रास्वपाका २० सांसद छन् ।

गृहमन्त्रालयबारे निर्णय लिन रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समयसीमा हिजो साँझदेखि सकिएको छ । गृह नपाए सरकार छाड्ने लामिछानेको भनाईसंग उनको पार्टीभित्र पनि एकमत छैन । अधिकांश सांसदहरु सरकार छाड्न नहुने मतमा छन् । गृह मन्त्रालयको विषयलाई लिएर सरकार छाड्नु गृहमन्त्रालयप्रति पार्टीको पदलोलुपता ठहरिने अधिकांश सांसदहरुके भनाई रहेको स्रोतले जनाएको छ ।

‘गठबन्धनमा भइरहेको कुराकानीबारे सभापतिज्यूले जानकारी गराउनुभयो । गठबन्धनमा गृहमन्त्रालय र रास्वपामात्र विषय होइन । अलि बढी विषय यसैलाई मात्र बनाइएको हो कि भनेर पनि छलफल गर्‍यौं । हाम्रो बैठक भोलि साढे ११ बजे बस्नेछ’, उनले भने ।

राष्ट्रपति चुनाव, चितवन उपचुनावलगायत अन्य समसामयिक विषयमा पनि छलफल गरिएकाले कुराकानी गर्दै जाँदा बैठक लम्बिएको परियारले बताए । आज सरकारमा रहनेरनरहने बारे विषयले प्रवेश नपाएको भन्दै नेताहरू संवादमै रहेको उनको भनाइ छ ।

रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालयको अडान लिइरहँदा प्रधानमन्त्री गृहमा उनलाई फर्काउन सकारात्मक छैनन् । सत्ताघटकको प्रमुख दल एमाले अध्यक्ष केपी ओली भने रविको पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?