ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
फ्रन्टपेज

ट्याक्सी थपियो, जहाज आएन

विदेशबाट हप्तामा तीन दिन जहाज आउदा र जादा अवस्था फरक थियो । यहाँसम्म आउने र जाने यात्रुलाई बोक्न पाउदा ठिकै आम्दानी थियो । जहाज आउने क्रम बढ्ला थपिएला, यात्रुको चहलपहल बढ्ला भन्दा एकाएक जहाज नै उड्न छाड्यो । आज भोली आन्तरिक उडान मात्रै छ त्यसले कति थेग्छ ? ट्याक्सी चालकको प्रश्न छ ।
२१ माघ २०७९, शनिबार
२१ माघ २०७९, शनिबार

बुटवल-पुस्कर थापा विहानै विहानै भैरहवाको गौतमबुद्ध अन्तराष्ट्यि गौतमबुद्ध विमानस्थलल आईपुग्छन् ट्याक्सी गुडाउन । दिनभरी ग्राहक कुर्ने उनीहरुलाई गन्तव्यमा पु¥याउनु उनको दैनिकी हो । तर आज भोली पहिले जस्तो ग्राहक पाउदैनन् थापाले । कहि कतै दिनमा एक ट्पि पाए दिनलाई सुखद मान्नु पर्ने अवस्था छ उनलाई । लामो समयसम्म दुबईमा ट्याक्सी चलाएको अनुभव छ उनीसँग तर पनि यहाँ मज्जा आउने गरेर ट्याक्सी गुडाउन नपाएकोमा मन कुडिन्छ उनको ।

थापा भन्छन्, कति अर्काको देशमा दुख गर्ने हो आफ्नै देशमा परिवारसँगै बसेर काम गरु भनेर आए अहिले दैनिकी गुर्जान पनि धौ धौ छ । आफ्नै आँगनमा अन्तराष्ट्रिय एयरपोर्ट बन्यो भन्दा जति खुशी लागेको थियो आज त्यो भन्दा पनि बढी दुखको महसुस भईरहेको छ उनले भने । विदेशमा दुख गरेर कमाएको पैसाले २३ लाख लगाएर ट्याक्सी किने अहिले चलाउनै पाईदैन ।

पहिले ठिकै थियो आन्तरिक उडान हुदासम्म त ट्याक्सी कम थिए । तर जब यहाँबाट अन्तराष्ट्रिय उडान शुरु भयो त्यसपछि यहाँ करिव तीन दर्जन ट्याक्सी थपिए तर जहाज आउँदैनन् । बीचमा हप्तामा तीन पदनसम्म आयो अहिले पुरै ठप्प छ । यहाँ दुःख गरेर पनि खान गाह्रो भईरहेको छ ।
सुवास बञ्जाडेले भैरहवा एयरपोर्टमा ट्याक्सी चलाउन शुरु गरेको करिव ६ वर्ष पुगेको छ । यहि पेशाबाट दुई सन्तान श्रीमती र वुवालाई पाल्न सहज थियो पहिले । राम्रै आम्दानी थियो उनी भन्छन् । यहाँ आएका ग्राहकहरुलाई कहिले लुम्बिनी घुमाउने त कहिले लुम्बिनीका अरु जिल्लामा लैजाने गर्दथिए त्यसबेला सहज जस्तै थियो । हामीले ग्राहकलाई जुन ठाँउमा लैजादा पनि अतिरिक्त शुल्क तिर्न पर्देन थियो तर अहिले प्रदेश स्थापनापछि रुपन्देही र अर्कोको एउटा गरेर दुई जिल्ला मात्र जान पाईछ । बाँकी स्थानमा जादा अतिरक्त शुल्क तिर्नुपर्छ । त्यसो पनि हाम्रो लागि समस्या हो त्यस माथि अझै यहाँ अन्तराष्ट्रिय विमान स्थल सञ्चालनमा आउन शुरु गरे पछि तीन दर्जनजति ट्याक्सी थपिए । अहिले हामी काम बिहिन जस्तै छौं । पहिले पहिले हामीले यहाँबाट गन्तव्यमा पु¥याएका यात्रुले फेरि लिन र छोड्न बोलाउन प्रचलन बाक्लो थियो तर अहिले जहाँ पुगे पनि ट्याक्सी छन् त्यसैले त्यो चलन पनि हराएको हुनसक्छ ।

पहिले हामी टाढाका यात्रु छोडेर आउदा यात्रु ल्याउदा पनि केहि आम्दानी थियो अहिले जहाँ पनि यात्रु कुरेर बसेका ट्याक्सी छन् ल्याउन पाईदैन । यहाँ आउने नियमित आन्तरिक जहाजका यात्रु पनि आफनो साधान प्रयोग गर्ने धेरै छन् । त्यस माथि कम मुल्यमा लैजाने इरिक्सा पनि बाहिर कुरेर बसेका छन् । यात्रुको संख्या कम टयाक्सी धेरै भयो । अन्तराष्ट्रिय उडान त नाम मात्रै भयो अहिले जहाज आउदैन तर पनि हामी आन्तरिक जहाजका यात्रु पाउने झिनो आशामा अन्तिम जहाज आउदासम्म कुरेर बस्नुको विकल्प छैन ।
दुबैमा १७ वर्ष टयाक्सी चलाएका बसन्त गुरुङ्गले आफनै गाँउमा अन्राष्ट्रिय एयरपोर्ट बन्ने थाहा पाए पछि स्वदेशमै आफनो सीपको प्रयोग गर्न हौसिएर ट्याक्सी किनेको बताउँछन् । गुरुङ्गले सोचे जस्तो भएन । आफनै देशमा काम गर्ने वातावरण खै किन हुदैन प्रतिप्रश्न गर्छन । यहाँ विहानबाट आयो खै एक टिप ग्राहकलाई गन्तव्यमा पु¥याउन पनि नपाईने समस्या छ । यहाँ भाडाकासँगै निजि गाडीहरु पनि त्यत्तिकै छन् । यात्रुलाई आफना मान्छे भन्दै बोक्छन् ।

यात्रुलाई हाम्रो समस्या थाहा हुदैन । हामीले सरकारलार्य कर तिरिरहेका हुन्छौं । संगित कर, यात्रुको विमा हुन्छ त्यो बारे थाहै नभएर कम भाडा लियो भने हाम्रै ट्याक्सी हो भनेर हिड्ने यात्रु भेटिन्छन् । यहाँ खुबै अन्राष्ट्रिय एयरपोर्ट भयो धेरै यात्रु हुन्छन् उनीहरु सहज रुपमा गन्तव्यसम्म पु¥याउनु पर्छ र आफनो व्यवसाय पनि चल्छ भन्ने आश थियो । त्यो आश बेकार भयो । अहिले दिनभरीमा एउटा टीप पनि पाउन गाह्रो छ । कसरी चल्छ जिवन । पेश परिवर्तनको सोच आउन थालेको छ । यहाँ विदेशबाट हप्तामा तीन दिन जहाज आउदा र जादा अवस्था फरक थियो । यहाँ सम्म आउने र जाने यात्रुलाई बोक्न पाउदा ठिकै आम्दानी थियो । जहाज आउने क्रम बढ्ला थपिएला, यात्रुको चहलपहल बढ्ला भनेको त यहाँ त एका एक जहाज नै उड्न छाड्यो । आज भोली आन्तरिक उडान मात्रै छ त्यसले कति थेग्छ र यहाँ धेरै स्थनियहरु हुन्छन् आ आप्mनै निजि सवारी साधन छन् । त्यसमा पनि पोखरामा दुर्घटना भए पनि आन्तरिक उडान पनि कम भएको छ यात्रुको संख्या कम छ । त्यसको मार पनि अप्रत्यक्ष रुपमा हामी ट्याक्सी चालक माथि परेको छ ।

गौतम बुद्ध एयरपोर्ट टयाक्सी प्रा लिका अध्यक्ष सिकेन्दर यादवले पछिल्लो समयमा धेरै ट्याक्सी चालकहरु बेरोजगार जस्तै बनेको बताए । उनले पहिले ३५ वटा ट्याक्सी एयरपोर्टमा रहेको बताउँछन् । यि ट्याक्सीले आन्तरिक उडानबाट भैरहवा आउने यात्रुहरुलाई गन्तव्यमा लैजाने काममा गरेर दैनिकी धानिरहेका थिए ।
अध्यक्ष यादव भन्छन्, जब यो एयरपोर्टबाट अन्तराष्ट्रिय उडान शुरु भयो त्यस पछि दर्जनौ ट्याक्सी थपियो । यी ट्याक्सीले अन्तराष्ट्रिय जाहाजबाट आउने यात्रुलाई गन्तव्यमा पु¥याउने सहमती थियो । केहि समय त हप्तामा तिन दिन जजिराको जहाज आयो बीचमा दैनिक पनि आयो त्यस पछि हिमालय एयरलयान्सले पनि केहि समय उडान ग¥यो यसले हामीलाई थप हौसला दिएको थियो ।

सामान्य खर्च धानिएको थियो तर यो बीचमा जहाज नै आउन बन्द भयो यसले हामी माथि भार थपेको छ । अहिले पनि हामीले ए र बी गुप्र बनाएर ट्याक्सी सञ्चालन गर्नु परेको छ । पछि थपिएका २७ वटा ट्याक्सीहरु बाहिर यात्रु कुरेर बसेका छन् अवस्था कमजोर छ । बरु यो ठुला जहाज आउने कुरा नै नभएको भए यो एयरपोर्टमा यस्तो हुदैन थियो । पहिले जस्तोथियो त्यस्तै रुपमा अगाडी बढिरहन्थियो होला । अहिले अन्तराष्ट्रिय उडानको नाममा धेरै ट्याक्सी चालक बेरोजगार जस्तै बनेका छन् । यहाँ ट्याक्सी थपियो जहाज आएन । समस्या भयो । जबसम्म अन्तराष्ट्रिय उडानहरु नियमित हुदैन तबसम्म हाम्रो पेशाले सहि बाटो समात्न सक्ने देखिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?