Logo
१४ चैत्र २०७९, मंगलवार

प्रधानमन्त्री र ओलीद्वारा राजनीतिक भेटवार्ता तीब्र


बुटवल,१८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयमा सत्तागठबन्धनमा खटपट भइरहेको छ । सत्ता गठबन्धन दलह?बीच खटपट सुरु भएसंगै प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए ।

सर्वोच्च अदालतको आदेशपछि रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएसँगै अहिले गठबन्धनमा खटपट देखिएको छ ।

प्रचण्डले गृहमा रविलाई गृहमा भित्राउन नसकिने बताएपछि गठबन्धन धरापमा पर्ने आशंका बढेको हो ।

लामिछानेले हिजो मात्रै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग छलफल गरेका छन् ।

सत्ता गठबन्धनमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा ऊर्जामन्त्री राजेन्द्र लिङदेनसँग भेटपछि प्रधानमन्त्री प्रचण्डले पार्टीका नेताहरूसँग छलफल गरेका हुन् ।

पुस १० को सहमतिअनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको प्रसंग झिकेपछि एमाले सशंकित छ ।

रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृहमन्त्रालयमा कसलाई जिम्मेवारी दिने भन्नेबारे गठबन्धनमा मतऐक्यता छैन । लामिछानले आफूहरूलाई पुरानै सहमतिअनुसारको गृह मन्त्रालय पाउनुपर्ने अडानमा छन् । लामिछानेलाई पुरानै जिम्मेवारीमा फर्काउन एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि प्रचण्डलाई दबाब दिइसकेका छन् ।

तर, लामिछानेले गृह नपाए सरकार छाड्ने चेतावनी दिएपछि प्रचण्डले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म कुर्ने बताइसकेका छन् ।

गठबन्धनमा विवाद बढ्दै गएपछि प्रचण्डले आज बोलाइएको स्थायी कमिटीको बैठकसमेत स्थगित गरेर छलफलमा जुटेका हुन् । आजको बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तयारी थियो ।

प्रचण्डले राजनिितक भेटमा पार्टीका नेताहरुसँग राष्ट्रपति निर्वाचन, गृहमन्त्री र विभागहरूको बारेमा पनि छलफल गर्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?