ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

त्रिवेणीमा पशु बन्ध्याकरण र रेवीज विरुद्धको खोप

१८ माघ २०७९, बुधबार
१८ माघ २०७९, बुधबार

सल्यान(बुटवल टुडे)  माघ – सल्यानको त्रिवेणी गाउँपालिकाले किसानहरुले पालेका पशुहरुको बन्ध्याकरण तथा कुकुर र विरालोलाई रेविज विरुद्धको खोप लगाउने भएको छ । जसका लागि यही माघ २० गते गाउँपालिकाले पशु स्वास्थ्य शिविर सञ्चालन गर्दैछ । त्रिवेणी गाउँपालिकाको वडा नम्बर २ कारागिठीमा सञ्चालन हुने उक्त शिविरमा निःशुल्क रुपमा सेवा प्रदान गरिने छ । पशु बन्ध्याकरण, कुकुर र विरालोलाई रेविज विरुद्ध खोप, बाख्रामा आन्तरिक परजीवि नियन्त्रण तथा पशुपन्छीको उपचार र औषधि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले जानकारी दिए ।

अर्काे मिति तय गरेर वडा नम्बर ५ मा पनि पशु स्वास्थ्य शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । पालिकाको सबै वडावासीलाई सेवा दिनेगरेर शिविर सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले जानकारी दिए । गाउँपालिकाले गत वर्ष वडा नम्बर ३ र ४ मा शिविर सञ्चालन गरेको थियो ।

पशुपालनका लागि उपयुक्त वातावरण रहेको त्रिवेणी गाउँपालिकामा यो व्यवशायलाई प्रवद्र्धन गर्नका लागि ‘कृषकको उत्पादन, त्रिवेणी गाउँपालिकाको अनुदान कार्यक्रम’ सञ्चालन हुँदैछ । लोकल कुखुरा उत्पादनका लागि कृषकलाई सहयोग देखी उन्नत पशु खरिद, खोर तथा गोठ सुधार लगाएतका कार्यक्रमका लागि अनुदानको कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष रावतले बताए ।अर्थतन्त्रको महत्वपूर्ण स्थान ओगटेको कृषि र पशुपालन व्यवसायलाइ प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरु संचालन गरि पशु उत्पादन एवम उत्पादकत्व वृद्धि मार्फत पालिकाको आयआर्जन बढाउने गाउँपालिकाको लक्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?