Logo
१४ चैत्र २०७९, मंगलवार

वार्षिक २४ अर्ब ५० करोड बचत गर्ने अर्थ मन्त्रालयको निर्देशिका जारी (विज्ञप्तिसहित)


बुटवल,१७ माघ ।  यस आर्थिक वर्षमा २४ अर्ब ५० करोड रुपैया बचत हुने गरी अर्थ मन्त्रालयले सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे निर्देशिका जारी गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको कार्यभार सम्हालेसँगै चालु आर्थिक वर्षको खर्चमा मितव्ययिता अपनाउन आवश्यक निर्णय लिइने बताएका थिए ।

मन्त्रालयले मंगललवार विज्ञप्ति जारी गर्दै सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती गर्ने निर्णय भएको जनाएको छ । यो निर्णयले यस आर्थिक वर्षमा २४ अर्ब ५० करोड रुपैया बचत हुने अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव यमराज पाण्डेले जानकारी दिए ।

अर्थ मन्त्रालयले यस वर्ष नयाँ सवारी साधन नकिन्ने, सरकारको स्रोतबाट सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला हाललाई स्थगित गर्नेलगायतका विषय समेटिएको छ ।
खर्च कटौतीको निर्णय कार्यान्वयन गर्दा १० अर्ब ५० करोड रुपैयाँ बचत हुने र खर्च रोक्का राख्दा करिब १४ अर्ब रुपैयाँ बराबरका कार्यक्रमहरु स्थगन हुने अर्थ मन्त्रालयले जनाएको छ ।

aa
aa2

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?