Logo
१४ चैत्र २०७९, मंगलवार

प्रधानमन्त्रीलाई नेकपा एसको २०बुंदे ज्ञापनपत्र


बुटवल, १७ माघ । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई अर्थतन्त्र सुधारका लागि सुझावसहित २० बुंदे ज्ञापन पत्र बुझाएको छ ।

जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने नेकपा एसले बताएको छ ।

यस्तै, विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड बिक्रीको प्रबन्ध गर्नुपर्ने सुझाव पनि दिएको छ ।

त्यसैगरी बहुवर्षिय योजनाका नाममा बजेटमा छुट्याउने र काम नहुने समस्या अन्त्य गर्नुपर्ने, सरकारी लगानीमा निर्माण गर्ने जलविद्युत निर्माणको काम तत्काल अगाडि बढाउनुपर्ने र नीति क्षेत्र तथा सहकारीलाई पनि आकर्षित गर्नुपर्ने सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?