ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
फ्रन्टपेज

हुलाकी सडकमा नागरिकलाई सास्ती

राजपुर दत्तपुर सडक खण्डमा ३५ प्रतिशत मात्रै काम पुरा भएको देखिएको छ । यस सडक खण्डमा नागरिकले सास्ती खेपिरहेका छन् ।
११ माघ २०७९, बुधबार
११ माघ २०७९, बुधबार

कपिलवस्तु, १० माघ
कपिलवस्तुमा हुलाकी सडक अन्र्तगतको राजपुर देखी दत्तपुर सम्म सडकखण्डको सडक निर्माणमा भएको ढिलाईले यहाँका नागरिक सास्ती खेप्न बाध्य छन । एकै समयमा ठेक्का लिएका सो मार्गको अन्य सडकखण्डको काम अन्य निर्माण व्यवसायीले पुरा गर्न थाले पनि सो ठेक्कामा हाल सम्म ३५ प्रतिशत मात्रै काम पुरा भएको देखिएको छ । राजपुर देखी दत्तपुर सम्मको १७ किलोमिटर सडक निर्माणको ठेक्का हुलाकी राजमार्ग आयोजना निर्देशनालय सँग सम्झौता गरि लामा गोल्डेन गुड शिवशक्ति जेभीले लिएको हो । २०७६ कार्तिक २९ गते सम्झौता गर्दा सो सडक निर्माण सम्पन्न गर्नु पर्ने म्याद २०७९ कार्तिक २९ गते सम्म तोकिएको थियो । तर, कोभिड संक्रमण सहित अन्य समस्या देखाउदै तोकिएको अबधीमा निर्माण पुरा नभएको भ्याट सहित ६८ करोड ६२ लाख ९१ हजार ६ सय २४ रुपैयाको लागत सम्झौताको सो ठेक्काको म्याद एक बर्ष थप भएको छ । पछिल्लो थपिएको म्याद अनुसार सो निर्माण व्यवसायी पक्षले २०८० कार्तिक २९ गते सम्म सडक निर्माण पुरा गर्नु पर्नेछ ।
तिन वटा निर्माण व्यवसायी कम्पनीहरु लामा कन्ट्रक्सन कम्पनी, शिवशक्ति र गोल्डेन गुड शेर्पा कन्ट्रक्सनले सो निर्माणको ठेक्का ज्वाईन्ट भेन्चरमा लिएका छन । लामा कन्ट्रक्सनमा काँग्रेस केन्द्रिय सदस्य तथा निर्माण व्यवसायी महासंघका पुर्व केन्द्रिय अध्यक्ष जिप छिरिङ्ग लामाको आबद्धता रहेको खुल्न आएको छ, त्यसै गरि जेभीको सम्पर्क व्यक्रिमा चितवनका सुरेन्द्र पाठक छन । तर नेपालकै ठुला मध्यका निर्माण व्यवसायी कम्पनीले ज्वाईन्ट भेन्चरमा लिएको यहाँको काम अति सुस्त गतिमा अगाडी बढेको छ ।

थपिएको म्यादमा समेत निर्माण कार्य दु्रत रुपमा अगाडी बढ्न नसके पछि नागरिकले सास्ती खेप्नु पर्दै आएको छ । कृष्णनगरमा व्यवसाय गर्दै आएका तौलिहवाका व्यवसायी मतिन खानले एकै सकय ठेक्का शुरु भएका अन्य खण्डमा सडक निर्माण पुरा भए पनि यो सडकखण्डमा अडक निर्माणमा ढिलाईले यात्रामा कठिनाई भोग्नु परेको बताए । “सडक निर्माणमा ठेकेदारले अति लापरवाही गरेका छन । यो बाटो हिड्दा गाडीको पनि ज्यान जान्छ, मान्छेको पनि ज्यान जान्छ ।” उनले भने ।

निर्माण कार्यमा भएको ढिलाई र लापरवाहीलाई नियमन गर्न सरकारी संयन्त्रले चासो नदेखाएको उनले आरोप लगाए । ठाँउ ठाँउमा बनाउन थालेको कलभर्ट अधुरो सगै सडकमै निर्माण सामाग्री छोडिदा र कतिपयस्थानमा सबवेसको काम समेत पुरा नहुदाँ सो मार्गमा हिड्ने नागरिकले धुलो र दुर्घटना सहितको बिभिन्न सास्ती खेप्दै आएको अर्का स्थानिय असलम मुसलमानले बताए । “ठाँउ ठाँउमा कल्भर्ट अलपत्र पारेका छन, निर्माण सामाग्री बिच सडकमा छ । ठेकेदारले समयमै काम नगरेर हामीलाई सास्ती नै दिएका छन ।

हाम्रो आवाज माथी सम्म पुग्दैन, आवाज नपुगी माथीकाले सुन्दैनन ।” उनले गुनासो गरे । दिउसो हिडन होस र मध्य रातमा काम परेर यात्रा गर्नु परे दुर्घटना र सास्ती खुप्दै पर्ने अवस्था रहेको उनले बताए ।

१७ किलोमिटर सडकमा माटो फिलिङ्ग, सव वेस, वेस, अस्फाल्ट, ४० कल्भर्ट र ६ किलोमिटरमा दुवै तर्फ ६ किलोमिटरमा नाली निर्माण गर्नु पर्ने ठेक्का सम्झौतामा छ । तर, हाल सम्म सो सडकखण्डमा २ किलोमिटर वेसको काम र डेढ किलोमिटर अस्फाल्ट डिभिएमको काम मात्रै पुरा भएको छ । ठेक्कामा ८ वटा कल्भर्ट निर्माण, ६ किलोमिटरमा माटो फिलिङ्ग, ६/६ किलोमिटरमा सव वेस र वेसको काम, साढे १५ किलोमिटर अस्फाल्टको काम र दुवै तर्फ ३/३ किलोमिटर नाली निर्माणको काम बाकी रहेको निर्माण व्यवासायी कम्पनीका ईन्जिनियर साकिर आलमले जानकारी दिए ।

हाल सम्म ८० प्रतिशत निर्माण पुरा हुनु पर्ने स्विकार गर्दै कम्पनीबाट पैसाको फ्लो समयमै नहुदाँ काममा ढिलाई भएको बताए । “हामीले लापरवाही गरेका होईनौं तर काम कम भएको अनुभुती गरेका छौं ।” उनले भने । सुरहि नदी पश्चिमको क्षेत्रमा केहि सकय स्थानियको अवरोध, समयमै बिद्युत पोल नह्टदा समस्या परेको र जमुनी देखी बहादुरगंज सम्म खानेपानीको पाईप नहटाईदाँ काम गर्न समस्या परेको निर्माण व्यवसायी पक्षको दावी छ ।

शुरुमा तोकिएको अबधीमा कोभिडको संक्रमणका कारण निर्माण पुरा हुन नसकेको र हाल सम्म निर्माण कार्यमा ३५ प्रतिशत भौतिक प्रगती भएको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख ईन्जिनियर बिष्णु पाण्डेले बताए ।

कोभीड संक्रमण पछि निर्माण व्यवसायीलाई निर्माण द्रुत गतिमा अगाडी बढाउन पटक पटक ताकेता गरिएको जनाउदै सम्बन्धित निर्माण व्यवसायीले थपिएको समयमा निर्माण पुरा गर्ने प्रतिबद्धताका साथ टाईमलाईन पेश गरेको उनले प्रष्ट्याए । “हामीले सम्बन्धित निर्माण व्यवसायीलाई पटक पटक लिखित र मौखिक रुपमा ताकेता गरेका छौ । निर्माण व्यवसायले थपिएको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता सहित काम गर्ने टाईमलाईन पेश गरेर बिश्वास दिलाएका छन ।” उनले भने । कम्पनीले निर्माणमा ढिलाई र कार्यालयको ताकेताका बिच निर्माणमा हुदै आएको ढिलाईले सो सडक खण्डमा यात्रा गर्ने नागरिकले भने बिभिन्न सास्ती खेप्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?