ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

आन्तरिक पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने

९ माघ २०७९, सोमबार
९ माघ २०७९, सोमबार

बुटवल, ९ माघ ।

आन्तरिक पर्यटक नै मुलुकको आर्थिक चलायमानका प्रमुख माध्यम भएकाले आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्ने कार्यक्रम संचालन गर्र्न जरुरी रहेको एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनीहरुले पर्यटनको विकास नै आर्थिक संमृद्धिको आधार भएको औल्याएका थिए । कार्यक्रममा संघले अंगे्रजी नया वर्षको अवसरमा आयोजना गरेको चौथो सडक खाना महोत्सव आन्तरिक पर्यटकका लागि निकै फलदायी भएको वक्ताहरुले ठहर गरेका थिए ।

उनीहरुले चौथो खाना महोत्सवले बुटवलमा रात्रीकालिन बजार जरुरी रेहेको पुष्टि भएको बताएका थिए । कार्यक्रममा संघका अध्यक्ष राम प्रसाद गौतमले चौथो खाना महोत्सव सफल बनाउन हरेक क्षेत्रवाट भएको सहयोगको लागि धन्यवाद दिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदीप कुमार श्रेष्ठले बुटवलमा रात्रीकालिन बजार संचालनको तयारीसँगै यस क्षेत्रमा शान्ति सुरक्षाको चुनौती बढेकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले व्यवसायी र प्रहरी प्रशासनको सम्बन्ध रुखको वोट र जराको जुन सम्बन्ध हुन्छ सोही अनुपातमा रहनु पर्नेमा जोड दिए ।

प्रहरीप्रति व्यवसायीका गुनासा हुनसक्ने भएपनि एक आपसमा छलफल गरी समाधान गर्न जरुरी रहेको उनले औल्याए । त्यस्तै संघका संस्थापक सचिव तथा पर्यटन व्यवसायी माधव नेपालले संसारका हरेक मुलुकहरु आन्तरिक पर्यटन प्रवद्र्धनबाट चलायमान भएकाले बुटवललाई पनि आन्तरिक पर्यटकको हव वनाउन जोड दिए । कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन परिषदका कार्यकारी निर्देशक रामु जोसीले पर्यटकको चाहना अनुसार व्यवसायीले प्रोडक्ट उत्पादन र सेवा दिने वातावरण बनाउन जरुरी रहेको बताउनु भयो ।

त्यसका लागि पर्यटन परिषदले योजना बनाउन लागेको औल्याए । त्यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवि अर्यालले यस क्षेत्रको आर्थिक समृद्धिका लागि बुटवलमा रात्रीकालिन वजार संचालनको अनुमति पाएकोले अब क्रमशः पहिलो चरणमा राती ११वजे अनि १२ वजे हँुदै उज्यालो शहरका रुपमा विस्तार गरिने बताए ।

नगरमा आर्थिक अभाव रहेकाले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय हुनु पर्नेमा जोड दिए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसीले बुटवलमा रात्रीकालिन वजारका लाागि सवैको सहयोग जरुरी रहेको बताए । खाना महोत्सवमा उत्कृष्ट हुने तथा महोत्सव सफल बनाउन सहयोग गर्नेहरुलाई सम्मान गरिएको महासचिव माधव कुमार खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?