ट्रेंडिंग:

>> तुलसीपुरमा आधुनिक बधशाला निर्माणकालागि छलफल >> अर्थतन्त्र ओरालो लाग्दै : अर्थमन्त्री भन्छन्– सुधारोन्मुख छ, ढुक्क भएर लगानी गर्नुस् >> अर्थमन्त्रीले गरे महेशपुर भन्सारको निरीक्षण, राजश्व संकलन वृद्धि गर्न निर्देशन >> गणपतिको सातौ शाखा योगीकुटीमा >> शिव, गणेश एवं नन्दीको प्राण प्रतिष्ठा >> सिगलतर्फ अन्तिम आठको टुगो >> त्रिकोणात्मक सिरिजमा नेपालको दोस्रो हार, नेदरल्यान्ड्ससँग २ रनले पराजित >> ‘जग्गा हडप्ने खेलले बुटवलको रानीगन्ज ललिता निवास र बालुवाटर जस्तै,छानवीन होस्’ >> पर्यटन व्यवसाय फस्टाउन सरकारी पक्षले तत्काल गर्नुपर्ने २५ काम >> नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य >> १० प्रदेश इन्चार्ज तोक्ने माओवादी केन्द्रको निर्णयप्रति जनार्दन शर्माको असहमति >> दाङमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु >> माओवादीले राष्ट्रिय सभा अध्यक्षमा दाबी नछाड्ने >> युनिग्लोब कलेज : व्यवस्थापन शिक्षामा उत्कृष्ट गन्तव्य >> इलाम २ र बझाङ–१ क मा हुने उपचुनावको मतदाता अद्यावधिक हुंदै >> क्यानडामा दुघर्टनामा मृत्यु भएका दुई युवाहरुको शव नेपाल पठाइदै >> टी–२० त्रिदेशीय क्रिकेट शृङ्खला : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै >> लगानी सम्मेलनमा किन ढिलाई ? >> एमाले सल्यानमा अहिले के पाकिरहेको छ ? >> बौद्ध शिक्षाभित्रको कल्याणकारी अर्थशास्त्र >> कपिलवस्तु साझेदारी वनमा चुनावी रौनक >> देवदहमा अमानवीय क्रियाकलापप्रति पेशागत महासंघको विरोध >> जलविद्युतको शिरै अँध्यारो >> लुम्बिनी अस्पतालमा प्रदेश सरकारको झेल ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् :आजको राशीफल >> दाङ क्रिकेट लिगः तुलसीपुर रोयल्स र घोराही टाईगर्स विजयी >> साई ग्लोबल कपः लीलाराम र प्यारामाउण्टको लगातार जित >> सुरक्षित महिनावारी अक्षयकोष स्थापना >> दाङमा दोस्रो अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता रौनक >> लुम्बिनी अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टकृत अस्पताल बनाउँछौं : मन्त्री खनाल >> खेलकुद तथा सास्कृतिक क्षेत्रमा प्राथमिकता दिएको नगरप्रमुख पाण्डेको दाबी >> संसद्‍मा छिरेका ४९ जना ‘लघुवित्त पीडित’ विरुद्ध मुद्दा चलाइँदै >> लुम्बिनी प्रदेश फेसिंङ संघ गठन >> सिंहदरबार, बालुवाटार र बानेश्वरका पेटीमा हिँड्न निषेध >> नगरपालिकामा हुलहुज्जत गर्नेमाथि कानुनी उपचार खोजिने >> सातै प्रदेशमा माओवादी इन्चार्ज फेरिए >> नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल २० रनले पराजित >> राष्ट्रिय एचआईभी एड्स महासंघमा खड्का निर्वाचित >> निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश >> प्रभु बैंकका डेपुटी सीईओ सहित ९ जना पक्राउ >> टी–२० त्रिदेशीय क्रिकेट शृङ्खला: पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै >> चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> मगर एकता दिवसको सान्दर्भिकता >> आकाश देखिने कक्षाकोठा ! >> पेडा, खुवा र पनिर बनाउँदै विद्यार्थी >> सिद्धबाबा र गोरखनाथ मन्दिर बीचको सम्बन्ध >> ‘गाउँमै बस्छु—केही गर्छु’ >> कछुवा गतिमा प्रदेश सरकार ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> दुर्घटना न्यूनीकरणका लागि अव अनिवार्य यान्त्रिक परीक्षण
अर्थ

पूँजीगत खर्च बढाउन र राजस्व परिचानलमा कडाइ गर्न अर्थमन्त्री पौडेलद्वारा निर्देशन

९ माघ २०७९, सोमबार
९ माघ २०७९, सोमबार

बुटवल,९ माघ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।
अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउँदै राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत हुन र पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिएका हुन् ।

नेपाल सरकारको स्रोतबाट खर्च हुने सबै शिर्षकहरुमा छुट्टाइएको रकम सोही शिर्षकमा मात्र खर्च गर्न, चालु प्रकृतिका खर्च निरुत्साहित गर्न, अनिवार्य दायित्व बाहेक कुनैपनि शिर्षकमा थप बजेट माग नगर्न आग्रह गर्दै उहाँले शोध भर्ना लिने कार्यलाई प्राथमिकता दिन निर्देशन दिए ।
यस्तै पुँजीगत खर्च तोकिएको परियोजनामा समयमा सम्पन्न गर्न, स्वीकृत दरबन्दी बाहेकमा कुनै पनि किसिमको दायित्व सिर्जना हुने गरी जनशक्ति व्यवस्था नगर्न पनि निर्देशन दिए ।

असुल उपर गर्ने उल्लेख भएका बेरुजु यथाशिघ्र असुल उपर गर्न निर्देशन दिँदै उनले आगामी बजेट निर्माण गर्दा स्थानीय तथा प्रदेश सरकारले सञ्चालन गर्ने स्तरका साना योजना समावेश नगरी अध्ययन पुरा भएका, राष्ट्रिय स्तरमा प्राथमिकतामा परेका, राष्ट्रिय उत्पादनमा योगदान दिने, रोजगारी सिर्जना गर्ने र उच्च प्रतिफल दिने आयोजनाहरुलाई प्राथमकता दिन आग्रह गरे ।

राजस्व परिचालनमा रहेका बेथितिको श्रृंखलाहरु टुटाउन गृहप्रशासनको समेत सहयोग लिएर राजस्व प्रशासन अघि बढ्ने उल्लेख गर्दै उहाँले राजस्व परिचालनलाई प्रभावकारी बनाउनमा सहयोग पुर्याउन सम्बन्धित मन्त्रालयहरुका सचिवलाई निर्देशन दिए।
वैदेशिक स्रोत परिचालनमा पनि कमजोरीहरु रहेको बताउँदै उनले अनुदान र ऋण परिचालनका लागि अर्थमन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने र त्यसमा तदारुकता लिएर काम गर्न सचिवहरुलाई निर्देशन दिए।

यस्तै वैदेशिक सहयोगलाई परिणाममुखी र उपलब्धिमुलक बनाउन प्राप्त सहयोगलाई उत्पादनशिल क्षेत्रमा लगानी हुने गरी नीति तथा कार्यक्रम समावेश गर्न पनि निर्देशन दिए ।
अर्थमन्त्रालयका सचिव तोयम रायाले मितव्ययिता र खर्च कटौती सम्बन्धी कार्य अर्थमन्त्रालयले सुरु गरिसकेको र अन्य मन्त्रालले समेत कार्यान्वयन गर्ने अपेक्षा गर्दै नियमित प्रकृतिका काममा थप बजेट नमाग्न आग्रह गरे।
राजस्व सचिव डा।रामप्रसाद घिमिरेले राजस्व चुहावट नियन्त्रणमा सबै निकायले सहयोग गर्न, राजस्व छुट माग गर्ने विषयमा गम्भिर हुन तथा गैरकर राजस्व संकलनमा सकृयताको लागि अनुरोध गरे।

अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले २०७९ पुससम्म राजस्वको लक्ष्य ६ खर्ब ५१ अर्व ६१ करोड रुपैयाँ रहेकोमा ४ खर्ब ९० अर्ब ४ करोड रुपैयाँ संकलन भएको जानकारी दिए। उनले पूँजीगततर्फ पुस मसान्तसम्म १ खर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ५३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको र चालुतर्फ ५ खर्ब ९४ अर्ब रुपैयाँ विनियोजन भएकोमा ४ खर्ब ५५ अर्ब रुपैयाँ १२ करोड रुपैयाँ खर्च भएको जानकारी दिए ।
यस्तै वित्तियतर्फ १ खर्ब ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन भएकोमा ६७ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ ।
कार्यक्रममा पूँजीगत खर्च बढी विनियोजन भएका १२ वटा मन्त्रालयका सचिवहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?