Logo
२४ माघ २०७९, मंगलवार
Logo
लाफा पाँचौ व्याडमिन्टन प्रतियोगीताः

बिलेभल तर्फ विवेक र मनोज, भेट्रानतर्फ महेश्वर अशोकको समुह प्रथम


बुटवल, माघ । लाफा समुह बुटवलको आयोजनामा बुटवलमा जारी पाँचौ लाफा प्रथम मेयर कप मेन्स डबल बि लेबल र भेट्रान्स मेन्स डबल ब्याडमिन्टन प्रतियोगीतामा विवेक न्यौपाने र मनोज फौदारको समुह र भेट्रान तर्फ महेश्वर नेपाल र अशोक कुमार भुषालको समुह प्रथम भएका छन् ।
आईतबार सम्पन्न फाईन प्रतिस्पार्धामा बि लेभलतर्फ बुटवल ब्याडमिन्टन क्लवका गणेश रायमाझी र विधान गुरुङ्गलाई सोझो सेटमा हराउदै विकेक न्यौपाने र मनोज फौदारको समुह विजयी भएको हो ।

यस्तै भेट्रान तर्फ तनहुँ चितवनका कमल राना र खुस गुरुङ्गलाई हराउदै बुटवल ब्यडमिन्टन क्लवका महेश्वर नेपाल र अशोक कुमार भुषाल प्रथम भएका थिए ।
खेल संयोजक ज्ञान थापाका अनुसार खुल्ला बि लेबल मेन्स डबलतर्फ प्रथम भएका लाफा समुहका विवेक र मनोजको जोडीले ४० हजार नगद सहित कप मेडल प्रमाण पत्र पाए भने उप– विजेतका बनेका बुटवल व्याडमिन्टन क्लवका गणेश रायमाझी र विधान गुरुङ्गले नगद २५ हजार सहित कप मेडल प्रमाणपत्र मा चित्त बुझाएका थिए ।

तेस्तै भेट्रान्स मेन्स डबल तर्फ महेश्वर नेपाल र अशोक कुमार भुषालले नगद रु २५ हजार ५ सय ५५ कप मेडल प्रमाण पत्र प्राप्त गरे । यस्तै उप–विजेता बनेका कमल राना र खुश गुरुङ्गले १५ हजार ५ सय ५५ कप मेडल प्रमाणपत्र पाए ।
सेमिफाईनल प्रवेश गरेका बसन्त आचार्य र महेश ब्रजाचार्य (पाल्पा), मन बहादुर थापा र खगेन्द्र रेगामी (गल्यांङ्ग) ले १० हजार ५ सय ५५ नगद सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।
बि लेभलको सेमिफाईनलमा प्रवेश गरेका विशाल खड्का र सुरज गुरुङ्ग (कास्की), विनोद पौडल र सरल थापा (सेमलार)ले ७ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन ।

क्वाटर फाईनलमा प्रवेश गरेका क्रृजन नेपाल र रोहीत बराल (लाफा समुह), हिमांसु कुँवर र सनाउल्लाह (घोराही), ईसान खड्का र गौरव दाहल (कास्की), विञ्जन बस्नेत र नारायण पौडेल (लाफा समुह)ले २ हजार ५ सय नगद सहित कप मेडल र प्रमाण पत्र प्रस्त गरेका हुन ।
आईतबार एक कार्यक्रमको आयोजना गरी विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको छ । बुटवल उपमहानरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनी र क्लवका अध्यक्ष बबिन थापा, बरिष्ठ उपाध्यक्ष ज्ञान थापा र उपाध्यक्ष विजय गुरुङ्ग र संरक्षक बासुदेव लामिछाने, पुर्व अध्यक्ष तारा रेस्मीले संयुक्त रुपमा विजयी खेलाडीलाई पुरस्कार प्रदान गरेका हुन ।

प्रतियोगीतामा उत्कृष्ठ खेलाडीको रुपमा हिमांसु कुँवर र उदयमान खेलाडी दानिस कुरेसीलाई नगद सहित सम्मान गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै वडा नम्बर ९ का अध्यक्ष प्रदिप कुमार श्रेष्ठले क्लवले गरेको काम उत्कृष्ठ रहेको भन्दै खेलसंगै सामाजिक क्षेत्रमा समेत लाफा समुहले नमुना काम गरेको बताएका थिए ।

क्लवका अध्यक्ष बबिन थापाले आगामी दिनमा पनि क्लवले विभिन्न प्रतियोगीता आयोजना गर्ने जानकारी दिदै सामाजिक क्षेत्रमा समेत क्लवले महत्पूर्ण काम गर्दैै आएको बताएका थिए ।
कार्यक्रममा पुर्व अध्यक्ष तारा रेश्मी, सचिव टिप बहादुर राना, बासुदेव लामिछाने लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी