ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

मस्याममा कृषि जगाउदै टेम बहादुर

५ माघ २०७९, बिहीबार
५ माघ २०७९, बिहीबार

स्वस्तिक श्रेष्ठ
बुटवल, ५ माघ
युवा विदेश पलायनको चिन्ता भैरहेका बेला पाल्पा मस्यामका एक युवा भने गाउमै कृषि, पशुपालनमा भविष्य खोजिरहेका छन । नेपाल आर्मीको जागिरबाट सेवानिवृत्त भएसंगै तिनाउ ६, सिस्नेखोलाका टेम बहादुर बगाले बंगुर, ट्राउट माछा पालन, डल्ले खुसार्नी र अदुवा खेती शुरु गरेका छन । नेपाली सेनामा सेवानिवृत्त भएपछि विदेश जाने रहर बोकेका उनि गाउको मायाले त्यो सपना भुले । उनको मन फेरियो । परिवारमा सरसल्लाहपछि कृषि र पशुपालन पेशा अप्नाउने निर्णय गरे । गाउबाट बसाई सरेर शहर जाने प्रवृत्ति रोक्नेभन्दा पनि पिरलोमात्र मात्र गर्नेहरुका लागि उनि एउटा उदाहरण हुन । गाउमै उत्पादनशिल क्षेत्रमा युवाहरुलाई जोड्ने योजना सरकारबाट ल्याउनुपर्ने उनको सुझाव छ । सरकारबाट थोरैभएपनि अनुदान दिएर यही काम गर्ने वातावरण सृजना गरे विदेशमा गर्ने श्रमभन्दा यहाबाट नै धेरै अवसरहरु मिल्ने उनि बताउछन । सिस्नेखोलामा उनले बिस २०७५ मा ३ रोपनी जग्गामा भुपुसैनिक कृषि तथा पशुपंक्षी फर्मका बंगुर पालन शुरु गरेका हुन । शुरुवात लेण्डस र केही ड्युरोको क्रस समेत गरि ४० वटा माउ र बच्चाहरु थिए । बजारमा बंगरको मासुको माग धेरै राम्रो थियो । कोभिड संक्रमणपछि भने केही कमी आएको उनि बताउछन । समग्र देशकै आर्थिक संकट छाएको बेला हरेक पेशा ब्यवसायमा समस्या आईपरेको उनि बताउछन । बुटवल बजारबाट आउने मागलाई उनि डेलिभरी समेत गरिदिने गरेका छन । अहिले फर्ममा २८ माउ र बच्चाहरु रहेको उनि बताउछन । धेरै फर्महरु र अस्वस्थ प्रतिस्पर्धाका कारण पनि पछिल्लोसमय बंगुरपालनमा समस्या उत्पन्न भएको उनि बताउछन । ‘रहरले पाल्ने धेरै भए ।’– उनले भने । स्थानिय पालिकाबाट बंगुरको खोर ब्यवस्थापन गर्न १ लाख रुपैया अनुदान पाएको उनले बताए ।
उनि आफनो यो पशु पालन पेशासंगै सोही स्थानमा एक जना साथीसंग सहकार्य गरि ट्राउट माछा फर्म चलाएका छन । उनले केदार कार्किसंग सहकार्यमा साथी रेम्बो ट्राउट फर्म एक वर्षदेखि संचालनमा ल्याएका हुन । चिसो भेगमा हुने र मानव स्वस्थ्यका लागि लाभदायक मानिने यो माछाको पालन गर्ने योजना बुनेर करीब ११ रोपनी जग्गामा रिर्सोट संचालनको पुर्वाधार बिस्तारमा उनि लागेका छन । कृषि र पशुका लागि ठाउ उपयुक्त रहेको उनि बताउछन । बुटवल बजारदेखि १ घण्टाको दुरीमा पुग्न सकिने र निक्कै फरक मौसमका कारण पर्यटक आउने उनको दाबी छ । एक वर्षको अवधिमा दुई चरणका ट्राउट माछा पालनको अनुभव उनलाई छ । फर्ममा जग्गा किन्न ४ लाख, जग्गा सम्याउन ४ लाख खर्च भएको उनले बताए । दुई जना मिलेर १२ लाख र सरकारको १० लाख सहयोगमा गरि २२ लाखमा थप पुर्वाधार बनाए । पहिलो चरणमा रसुवा धुन्चेबाट माछा ल्याएका उनी खासै फाईदा नमिलेको उनले बताए । यो माछालाई प्राविधिक रुपमा धेरै ध्यान दिनुपर्ने उनि बताछन । पहिलो त यो माछा धेरै तातो ठाउमा बाच्न सक्दैनन । ‘यो पाल्न २३ डिग्रि तापक्रमभन्दा कम हुनुपर्छ ।’– उनले भने । तापक्रम बढि भए ग्रोथ कम हुने उनको अनुभव छ । यो माछा एक वर्षमा तयार हुने र बजार पनि राम्रो रहेको उनि बताउछन । करीब २ सय ग्रामदेखि माथिको तौल भएमा उत्पादन बजारमा लैजाने मिल्ने र यो प्रतिकेजी १ हजार ५ सय रुपैया बजारमुल्य रहेको उनले बताए । शुरुमा ८ हजार भुरा ल्याएका उनी राम्रो भएको तर त्यसपछि ९ हजार भुरा राखेका उनी छन । प्रदेश सरकारबाट १० लाख अनुदान सहयोगमा माछा पालन शुरु गरेका उनले बताए । अनुदान रकमबाट रेस वे बनाउने काम भएको छ । अहिले ४ वटा रेस वे र कम्पाउड जालीको काम गरेको उनले बताए । यो माछामा ओमेगा थ्रि बढि हुने भएकाले उपभोक्तामा यसको माग बढि छ । उनले माछा पालनसंगै बेसार, डल्ले खोर्सानीको खेती पनि गरेका छन । आन्तरिक र बाह्य पर्यटक भित्राउन सकिने राम्रो सम्भावना भएको सो क्षेत्रमा भविष्यमा सुविधासम्पन्न फर्म हाउस बनाउने र कालिज समेत पाल्ने उनको सोच छ ।

स्थानिय कृषक पुष्पा थापा अन्नबालीसंगै नगदेबालीका रुपमा खोले सागको ब्यवसायीक उत्पादन गर्दै।

सो क्षेत्रमा रहेको सिस्नेखोला क्षेत्रको खेत पनि निक्कै उत्पादनशिल छ । यहा सिजनमा अन्नबालीसंगै नगदेबालीका रुपमा स्थानियहरुले खोले सागको ब्यवसायीक उत्पादन गर्दै आएका छन । स्थानिय कृषक पुष्पा थापा मंसिरमा धान काटेपछि असारसम्म खोलेसाग उत्पादन गर्दै आएको बताईन । हरेक बुधबार र शनिबार गरि हप्तामा २ पटक बुटवल बजारमा सयौ मुठा साग यहीबाट लगिदै आएको उनले बताईन । सडक संजाल बिस्तार भएसंगै गाउको उत्पादनलाई शहरमा जोड्न सफल भएको उनले बताईन । युवा जोस र जागरलाई परिचालन गरे गाउ गाउघरमै कृषि र पशुपालनबाट राम्रो आयआर्जन गर्न सकिने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?