Logo
२४ माघ २०७९, मंगलवार
Logo

बाख्रा पालक किसान भन्छन्–‘पहुँचको भरमा अनुदान नदियोस्’


दाङ, ४ माघ ।

नेपाल व्यावसायिक बाख्रापालक महासंघ नगर कमिटी घोराहीको आयोजना दोस्रो बाख्रा पालन दिवस दाङको घोराहीमा मनाइएको छ । घोराही उपमहानगरपालिका पशु सेवा शाखाको सहयोगमा कार्यक्रम भएको हो ।

सृजनशिल पशुपन्छी कृषि सहकारी संस्था लिमिटेडका सल्लाहकार प्रशान्त बुढाथोकीले बाख्रापालन ब्यवसायीलाई भेटेनरी र स्थानीय सरकारबाट आयको सुविधाको बारेमा जानकारी नहुने गरेको बताए । किसानले पाउने सूचनाको बारेमा जानकारी हुँदैन । सो कुराको सुनुवाइ हुनु अवश्यक रहेको उनले बताए ।

घोराही उपमहानगरपालिका उपमेयर हुमा डिसीले दाङमा कृषिको लागि उपयुक्त वातावरण छ । कुखुरा, दुध, तरकारीमा आत्म निर्भर भैसकेको उनले बताइन् । किसानले उत्पादन गरेको कृषि सामाग्रीको बजारमा समस्या छैन । घोराहीको पशु शाखाले प्राविधिक सहयोग गरेको उनले बताइन् । प्राबिधिक लगायतका कुरालाई अनुगमन गरेर कृषि शाखाले गर्ने किसानलाई सहयोग गरेको बताइन् ।

भेटेरनरी अस्पताल तथा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टले पशपालक किसानहरु सबैको फरक फरक समस्या हुन्छ । बाख्रा पालन महासङ्घ पनि छुट्टै पहिचान बोकेको सस्था भएको बताए । संघीय सरकारले ८० प्रतिशत बिमाको काम गरेको छ । किसानको माग र प्रतिफलमा आधारित सुबिधा दिने गरेको उनले बताए । खोप, खोर सुधार जस्ता कुरामा सरकारले काम गरेको छ । व्यावसायमा कसरी नाफा गर्नेतिर सोच बनाएर किसानले काम गर्नु पर्ने उनले बताए ।
नेपाल व्यावसायिक बाख्रा पालन संघका केन्द्रीय सदस्य पवित्रा घर्ती किसानको आवाज बुलन्द गर्नका लागि व्यावसायिक बाख्रा पालन संघ गठ्न गरिएको बताइन् । किसानको लागि छुट्टाएको बजेट वास्तबिक किसानको हातमा नपुगेको आरोप लगाइन् ।

घोराही उपमहानगरपालिका अर्थ विकास समितिका संयोजक खोपीराम चौधरीले बाख्रापालन किसानले डाले घाँस मात्रै खुवाएर आम्दानी हुन नसक्ने बताए । पशुपालक किसानहरुलाइ अनुदान दिने गरेको छ, त्यसको प्रतिफल कति भयो त्यसको अनुगमन हुनुपर्ने उनले बताए ।

घोराही उपमहानगरपालिका पशु शाखाका प्रमुख खिमबाहादुर बस्नेतले किसानहरु आफ्ना समस्या लियर आउनुपर्छ । किसानको समस्या समाधान गर्नका लागि किसान सम्बन्धि निकायमा जानुपर्ने बताए । घोराहीको पशुसेवा शाखा सधैं किसानलाई सहयोग गर्न तयार रहेको उनले बताए । नेपाल बाख्रा पालक संघका नगर अध्यक्ष शरद केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । दाङमा गत वर्ष देखि व्यावसायिक रुपमा बाख्रा पालन गरेका किसानहरुले साझा संस्था निर्माण गरेर काम गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी