ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

स्थानीयका समस्या र मागबारे पालिकामा पुगेर संवाद गर्दै सांसद चौधरी

४ माघ २०७९, बुधबार
४ माघ २०७९, बुधबार

बुटवल, ४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्या तथा माग बुझ्न सर्वसाधारण नागरिकसँग संवाद र अन्तरक्रिया थालेका छन् । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल थालेका उनको सचिवालयले जनाएको छ ।
आइतबार सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा पुगेर उनले स्थानीयसँग विकास निर्माण र स्थानीय समस्याकाबारे छलफल गरे । छलफलका क्रममा स्थानीयले बाढी, डुवान र सिचाईको समस्या रहेकाले यी समस्या समाधानका लागि पहल गरिदिन सांसद चौधरीसंग आग्रह गरेका सरावल गाउँपालिका ६ का झिंकु सिंह चौधरीले बताए । ‘हामीले प्रत्येक वर्ष डुवानको समस्या झेल्दै आएका छौं । सरकारले सधैं आश्वासन मात्रै दिन्छ तर कहिल्यै पनि समस्या समाधानका लागि गम्भीर देखिएन,–चौधरीले भने– ‘यसपटक हाम्रो यो समस्या समाधान हुनेछ भन्ने आशा गरेका छौं ।’
त्यस्तै प्रतापपुर गाउँपालिका वडा नंं ५ का रामजी सिंहले सिंचाईको समस्याबारे अवगत गराए। सिंचाईको भरपर्दो व्यवस्था नहुँदा किसानहरुले ठूलो समस्या भोग्दै आएको गुनासो गर्दै समस्या समाधानका लागि नहरमा नियमित पानी आउने व्यवस्था गर्न उनले सांसद चौधरीसंग माग गरे ।
सांसद चौधरीले आफूले निर्वाचनका बेला गरेका प्रतिवद्धता कार्यान्वयनका लागि प्रतिवद्ध रहेको प्रष्ट पारे । ‘हामीले चुनावका बेला जे जेति काम गर्छौं भनेका थियौं ती कार्यान्वयन गर्ने गरी काम सुरु गरिसकेका छौं । कतिपय कामको थालनी नै भइसकेको छ’–सांसद चौधरीले भने–‘पश्चिम नवलपरासीको दक्षिण क्षेत्रमा बर्षोनी हुने डुवानको समस्या समाधानका लागि पहल भइसकेको छ, नेपाल सरकार र भारत सरकारबीच नै डुवान समस्याका बारेमा उच्च तहमा छलफल भइरहेको छ ।’ सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजनासहित खाका बनाउने काम पनि भइरहेको बताए ।
उनले निर्वाचन क्षेत्रका विकासका लागि व्यवस्थित कार्ययोजना बनाएर काम हुने बताए । सोही अवसरमा प्रदेश सभा सदस्य सन्तु कलवारले बाढी तथा डुवानको समस्या समाधान गर्न प्रतिनिधिसभा सदस्य चौधरीसँग समन्वय गरेर आफूले पनि काम गरिरहेको बताए । सांसद चौधरी नवलपरासी १ का विभिन्न स्थानमा पुगेर अन्तरक्रिया गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?