Logo
२४ जेष्ठ २०८०, बुधबार

चलचित्र पत्रकार संघ रुपन्देहीमा नयां नेतृत्व


बुटवल,३ माघ । चलचित्र पत्रकार संघ रुपन्देहीको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले मोहन न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

आगामी ३ वर्षका लागि सर्वसम्मत चयन भएको समितिको उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिव बिकास गौतम, सहसचिव कल्पना डुम्रे, कोषाध्यक्ष राजिब भुसाल रहेका छन् । यसैगरी सदस्यहरुमा बिकास पराजुली, डिबी सुस्लिङ, रमेश पराजुली र सन्तकुमार श्रेष्ठ रहेको निर्वाचन मण्डलका संयोजक विश्वास ढकालले जानकारी दिए ।

यसअघि उद्घाटन सत्रमा निवर्तमा अध्यक्ष सुमन श्रेष्ठले चलचित्र पत्रकार संघ रुपन्देहीका सदस्यस्वर्गीय पत्रकार एनबी कंडेलको स्मृतिमा हरेक वर्ष चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए । साधारण सभाका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारिताको क्षेत्रमा मनोरञ्जन तथा चलचित्र पत्रकारिता क्षेत्र फरक र विशिष्ट बिटका रुपमा बिकास हुँदै गएको उल्लेख गरे । यसैगरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष कुबेर डंगोलले मोफसल र केन्द्र बीच परस्पर समन्वय नभएका गुनासाहरु आउने गरेको बताउँदै ती गुनासाहरुको समाधान गर्ने गरि अघि बढ्ने प्रतिवद्धता गरे । संघलाई थप सुधार र व्यवस्थित गर्नका लागि आवश्यक कार्यशाला तथा गतिविधि सञ्चालन गरिने बताए ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल,  नेपाल चलचित्र संघका उप महासचिव ओम जैसी, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस यूनीयन रुपन्देहीकी अध्यक्ष रेखा भुसाल, चलचित्र पत्रकार संघ रुपन्देहीका सल्लाहकार टोपराज शर्मा, फोटो पत्रकार संघ रुपन्देहीका अध्यक्ष मनिष पन्थ, लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन