ट्रेंडिंग:

>> पेट्रोलियम पदार्थको मूल्य बढ्यो >> स्वस्थ नागरिक बनाउन स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना आवश्यक >> हरायो मौलिकता ! >> अवैध सुनसहित भारतीय नागरिक पक्राउ >> सशक्तको १६ औ स्थापना दिवसमा रक्तदान तथा गौशालामा सहयोग >> भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु ग-यो व्यावसायिक उत्पादन >> दोहोरो अंकले घट्यो नेप्से >> ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु >> १०२ किलो गाँजासहित तीन जना पक्राउ >> फेरी मन्त्री बने शरतसिंह भण्डारी >> तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए-प्रचण्ड >> प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट >> माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा अनुपस्थित >> नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई >> प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ >> प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री >> ओलीले लिए प्रधानमन्त्रीको शपथ >> प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> पेशागत महासंघले ग-यो एमाले रुपन्देहीको नयाँ नेतृत्वलाई सम्मान >> अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि >> काँग्रेसबाट को को बन्दै छन् मन्त्री ? >> एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै >> रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीको पदस्थापन >> एमालेले टुंग्यायो ८ मन्त्री (सूचीसहित) >> आज कहाँ कहाँ छ वर्षाको संभावना ? >> नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज >> स्पेनले चौथोपटक जित्यो युरोकपको उपाधि >> कपिलवस्तु पूर्ण खोप सुनिश्चित >> ओली नेतृत्वको सरकार र अपेक्षा >> बढ्दै अर्टिजमको जालो, बच्ने कसरी ? >> सीप सिक्नेको आत्मनिर्भर हुने धोको >> उद्योगले तिरेनन् विद्युतको ५० करोड बक्यौता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कर्णाली सरकारले साउन १ गते बिदा दिने >> बुटवल टाईगर्स राउण्ड टेबल–२८ को छैठौं साधारणसभा तथा अधिवेशन >> आईसीएफसी फाइनान्सद्वारा छात्राहरुलाई सेनेटरी प्याड वितरण >> घोराहीको गिठेपानी जलाशयमा डुबेर युवक बेपत्ता  >> एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त >> त्रिविले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त >> कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा >> भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति >> त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन >> ‘देशलाई माथि लैजाने वा तल झार्ने कुरा शिक्षा मन्त्रालयमा भर पर्छ’ >> ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो >> बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्दै  >> त्रिशुलीमा बेपत्तामध्ये भेटियो थप एक जनाको शव >> सिमलताल घटना: ५८ जना अझै बेपत्ता >> स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप >> युरो कप उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै

समूहमार्फत जीवन परिवर्तन गर्दै मुक्त कमलरी

१९ पुष २०७९, मंगलवार
१९ पुष २०७९, मंगलवार

दाङ, १९ पुस ।

घोराही –४ सुनपुरकी सुधनी चौधरी पनि पूर्व कमलरी हुन् । उनी कमलरी मुक्त भएपछि व्यावसायिक रुपमा बंगुरपालन गरेकी छन् । मुक्त कमलरी विकास मञ्च र आइएम नेपालले विपन्न र मुक्त कमलरीलाई आर्थिक र मानसिक रुपमा सक्षम बनाउने उद्देश्यले स्थापना गरेको सुनौलो पशुपालन महिला समूहमा आवद्ध भएर उनले व्यावसायिक रुपमा बंगुर पालन गरेकी हुन् । विपन्न वर्गको उत्थानका लागि उपलब्ध गराउँदै आएको घुम्ती कोषबाट २० हजार निःशुल्क ब्याजमा ऋण लिएर व्यावसायिक बंगुर पालन गरेको उनले बताइन् । तीन वटा बंगुरबाट व्यावसाय सुरु गरेको उनीसंग अहिले २० वटा बंगुर छन् । छुट्टाछुट्टै सातवटा खोर छन् । साना र ठूलालाई अलग अलग स्थानमा राख्न सकिने व्यवस्था छ । वंगुर पालनसंगै तरकारी खेती गरेकी सुधनी अहिले हरेक कुरामा अगाडि छन् । बंगुर र तरकारी खेतीले आम्दानी प्रशस्त भएको उनको भनाई छ ।

घोराही–४ लक्ष्मीपुरका निशा चौधरी पूर्व कमलरी हुन् । कमलरीबाट मुक्त भएपछि उनले आइएम नेपाल र मुक्त कमलरी विकास मन्चले दिएको कुखुरा काट्ने तालिम गरिन् । सोही तालिमले उनलाई व्यवसायी बनाएको छ । घोराही– ४ लक्ष्मीपुरमा मासिक तीन हजार दिने शर्तमा कोठा भाडामा लिएर (निसा फ्रेस हाउस) का नाममा कुखुरा काट्न सुरु गरेकी छन् । पहिले एक्लै सुरु गरेको व्यवसाय अहिले श्रीमान्ले पनि सघाउने गरेको उनले बताइन् । भारतमा कामका लागि गएका श्रीमान् गोपाल चौधरीलाई गत वर्ष घरमा बोलाएर संगसंगै व्यवसाय गरेकी छन् ।

मुक्त कमलरी विकास मंच र आइएम नेपालको सहयोगमा श्री उज्ज्वल पशुपालन महिला समूह गठन गरिएको छ । सदस्य रहेर उनले मासिक बचत र अन्य जीवन उपयोगी सिप सिकेको बताइन् । स्वदेशमा केही गर्नु पर्छ भन्ने कुरा पनि समूहमा सिकेकाले घर बाहिर रहेका श्रीमान्लाई घरमा बोलाएको उनको भनाई छ । धेरै कुरा जानेको, व्यवसाय गर्न हौसला मिल्नुका साथै चार जनाको परिवारलाई सजिलोसंग खर्च पुगेको छ । घर खर्च र दुइवटा बच्चाको पढाइ खर्च सबै फ्रेस हाउसको आम्दानीले धानेको उनले बताइन् । अब श्रीमान् श्रीमती दुबै मिलेर व्यवसायलाई थप गरेर स्वदेशमा आम्दानी गर्ने विचार उनको छ ।

मुक्त कमलरी र विपन्न परिवारको जीवनमा परिवर्तन गर्नका लागि आइएम (स्विडिस्) को सहयोगमा व्यावसायिक कृषि, सरसफाइ, समूह व्यवस्थापन, घुम्ती कोष परिचालन जस्ता विविध विषयमा संस्थाले सहजीकरण गर्ने गरेको छ । दाङ जिल्लाको घोराही उपमहानगरपालिका भित्रका तीनवटा वडामा १३ वटा समुह बनाएर महिलाहरुलाई सशक्तिकरणका लागि सहजीकरण गरेको छ ।

समूहमा आबद्ध महिलाहरु बालविवाहको विरुद्धमा आवाज उठाउन सक्ने र बाल विवाहलाई रोक्न सक्ने भएका छन् । गाउँघरमा हुने महिला माथिका विभेदका विरुद्ध आवाज उठाउन सक्ने भएका छन् । समूहमा बस्दा आफ्नो नाम भन्न पनि डराउने, लजाउने महिलाहरु आहिले आफ्ना समस्याका बारेमा खुलेर छलफल गर्ने भएको फिल्डमोटिभेटर सुनिता चौधरी बताउँछिन् । “समूहमा बस्न नमान्नेहरु अहिले बैठक बस्ने दिन कुरेर बसेका हुन्छन्”–उनले भनिन् ।

मुक्त कमलरीहरु आर्थिक समाजिक रुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ वटा सहकारी र एक समूह मार्फत आय आर्जनका विभिन्न काम गरिरहेका छन् । सहकारीमा १४ हजार ७ सय २१ जना सदस्य रहेका छन् । सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारी खेती, कुखुरा पालन, बंगुर पालन, किराना पसल र नास्ता पसल संचालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी बिकास मंचका केन्द्रीय अध्यक्ष हिरा चौधरीले जानकारी दिइन् । उनले मुक्त कमलरी सबैलाई आयआर्जनमा जोडेर जीवन परिवर्तन गर्न खोजेको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?