ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

बसन्तपुर ट्रेकिङमा बाटो बिराउँदा….

१८ पुष २०७९, सोमबार
१८ पुष २०७९, सोमबार

२०७९ पुस ९ गते शनिवार बुटवलको उत्तरी चुरेदेखि पाल्पाको वसन्तपुरको डाँडासम्मको उकालो चढ्दै ट्रेकिङ्ग जाने निधो भयो । म लव जोशी, सरोज जोशी, गौतम शाक्य, सुशान्त शाक्य र शिवजल श्रेष्ठ गरी पाँचजनाको टिम बन्यो । बुटवल उपमहानगरपालिका वडा नं. ३ को बमघाटमा रहेको लुम्बिनी केबुल कारको अर्थ स्टेसन अवलोकन गर्दै उकालो लाग्यौं । अर्थ स्टेसन २० प्रतिशत जति बनिसकेको छ । त्योभन्दा माथि चारवटा पोल गाडिसकिएको छ । बमघाट युवा क्लवले डाँडामा चौपारी बनाएको रहेछ । ९ः३० बजे उक्लिएका हामी ११ः३० बजे त्यो चौपारीमा खाजा खायौं । अलिकपर शारीरिक व्यायाम गर्ने स्थान पनि बनाइएको रहेछ । रमाइलो मान्दै उँभो–उँभो लागिरह्यौं । गोरेटो बाटो हरायो । सालका बाक्ला रूखहरू, कतैकतै टीक, थाकल र अमरिसो बिरूवा छिचोल्दै पहाड चढ्यौं । तीन ठाउँमा धमिराको घर ÷ गोलो भेट्यौं । कताकतै ढुंगाको साना–होंचा पर्खाल भेट्यौं । पछ्याउँदै अगाडि लाग्यौं । एउटा काठैकाठले बनाउन लागिएको विश्राम स्थल पुगियो । ज्योतिनगर मिलनपथ पहिरो नियन्त्रण समितिले बनाउँदै गरेको साईन बोर्ड टाँसिएको देख्यौं । तयार हुन अझै केहीदिन लाग्ने रहेछ । अगिल्तिर दुई पहाडबीच पहिरो गएको देख्यौं । पहाडको दुबै छेउँ भास्सिएको थियो । वर्षामा खहरे खोलाले बगाएर ल्याउने ढुंगा–माटो सबै तल ज्योतिनगरमा बगेर पुग्ने रहेछ । पूर्वतिर पानीजम्ने समथर ठाउँ पनि छ । त्यो पहाडमा रिटेनिंगवाल लगाउने योजना हुनुपर्छ । हामी पहिरोको पारी पुगेर दायाँ लाग्यौं ।
अब भने बाक्लो जंगलबीच पुगियो । बाटो बिरायौं । केही ठाउँहरुमा काठ पोलेर कोईला बनाउन खाल्डो खनी आगो बलेको पाइयो । चोरी चकारी गरी वन बेमाख गर्ने काम हुनेरहेछ । यसमा कडा निगरानी हुनुपर्छ । अपरान्ह ३ बज्यो । कोईला पोल्ने खाल्डो छेउँ बसेर चाउचाउ खायौं । आधाघण्टा थकाइ मा¥यौं । माथि–माथि उक्ल्यौं । बाटो कहीं भेटिएन । एकपछि अर्को गर्दै डाँडा काट्दै उक्लिन थाल्यौं । बाटो फेला पर्दैपरेन । हामी केही डरायौं पनि । गीत घन्काउँदै उकालो– उकालो चढ्यौं । टुप्पो चढेपछि बाटो भेटिन्छ भन्ने आशमा ५–१० मिनेट थकाइ मार्दै पहाड चढ्न थाल्यौं । न कतै चराको चिरबिर सुनिन्छ । न कतै पानी भेटिन्छ । न कुनै जनावरको आवाज सुनिन्छ । एकदमै बिरानो । निर्जन जंगल । कतै हिंस्रक जनावरले भेट्ला कि भनेर त्रास पनि लाग्यो । तर, केही भेटिएन । जनावर बाँच्ने आधारपनि त्यस निर्जन पहाडमा पक्कै छैन पनि । माथितिर हामीले प्राचीन पुर्खाहरूले बनाएको साँगुरो ढुंगाको भ¥याङ भेट्यौं । त्यतिबेला निकै कष्ट र परिश्रमकासाथ बनाइएको थियो, शायद । हाम्रो मनमा अलिक आशा पलाएर आयो । डर भाग्यो । अब भने साहसी कार्यमा लागेको भान भयो । हाम्रो ट्रेकिङ्ग एडभेन्चर जस्तो भयो । टुप्पोमा पुग्ने बेलामा २–४ झिंगा आएर मुखमा भन्कन थाल्यो । बल्ल मानववस्ती नजिकै रहेको भान भयो । ढुक्क भयो हाम्रो मन । बल्ल एउटा चराले चीं गरेको सुनियो । ५–७ वटा केराका बुटा देखापरे । बस्ती आयो भनेको त हैनरैछ । जिल्ल प¥यौं । एक चट्टा ढुंगा मिलाई राखेको पनि पायौं । झण्डै पैंतालीस मिनेट उकालो लागेपछि केबुलकारको टावर देख्यौं । हौसला बढ्यो । छिटो–छिटो उक्लेर बल्ल टुप्पोमा पुग्यौं । शिखरको हावाले सररर स्वागत ग¥यो । ४ः३९ मा लेकको पानी घटघटी पियौं । क्या मीठो ! थकाइ चट भयो ।


सन्ध्या भईसकेको थियो । वसन्तपुर डाँडाबाट सूर्यास्तको मनमोहक दृष्य क्लिक गरियो । बुटवल झर्नु थियो । केबुलकारको हिल स्टेसन पनि २५% निर्माण भईसक्यो । पाँचतारे होटलको संरचना पनि शुरू भएको रहेछ । सवारीसाधन र मानव श्रम परिचालन गरेर ओसार्न नसकिने केबुलकारका सामाग्री हेलिकप्टरले ढुवानी गरिरहेको छ । वसन्तपुरमा वस्ती पातलो छ । शीखरको हावा अदितीय छ । पानी अमृतमय छ । प्रकृति मनमोहक छ । सरकारले रूपन्देही र पाल्पा अन्तर्गत पर्ने ६.७ हेक्टर वन क्षेत्र २५ वर्षसम्म प्रयोगका लागि स्वीकृति दिइसकेको बुझिएको छ ।
अन्दाजी तीन किलोमिटरको केबलकारले विशेषगरेर गर्मीयाममा भारतको उत्तर प्रदेशका पर्यटकहरूलाई मात्र पनि आकर्षण गर्न सकिएमा बुटवल र पाल्पामा चहलपहल हुनेछ । त्यहाँ मनोरञ्जन पार्क, पिकनिक स्पट र धार्मिक आस्थाका दर्शनीय स्थल निर्माण गर्नु अनिवार्य देखिन्छ । काठमाण्डौंको चन्द्रागिरीमा संचालन गरिरहेकै ‘आइएमई’ गु्रपले नै लुम्बिनी केबुलकार संचालनमा ल्याउन लगानी गरेको छ । केबुलकार चढ्ने– झर्ने अवधि दश मिनटको हुनेछ । साँझको ५ः१५ मा ओह्रालो झर्न थाल्यौं । अब भने केबुलकारले खोलेको कच्ची बाटो प्रयोग ग¥यौं । भूतखोला झर्ने हो कि झुम्सातिर लाग्ने दोधारमा परियो ।
एकजना बाटो फराकिलो पार्दै गरेका डोजरचालकको सुझावमा बुटवल सोझै झर्न सकिने बाटोतिर लाग्यौं । फर्कंदा फेरि बाटो बिरायौं । सोझै उकालो लाग्दा ज्योतिनगरलाई दुःख दिने पैह्रोमा पुग्यौं । त्यहीबाट वसन्तपुर चढ्दा बाटो बिरेको थियो । हामी फर्कियौं । त्यत्तिकैमा पिकनिक मनाएर फर्केका नौजना युवाहरूको ग्रुप भेट भयो । उनीहरू पनि हामीजस्तै बाटो बिराएर दुःख पाएका रहेछन् । जंगलको बाटो भएर प्रायः मान्छे हिंड्दैनन् । पकाउने सामग्री बोकेका उनीहरूले सजाय नै पाएको बताए । उनीहरूले पनि वसन्तपुरमा कुनै पूर्वाधार नभएको महसुस गरेका रहेछन् । सबैले मोबाईलको बत्ती बाल्दै बमघाट युवा क्लवले निर्माण गरेको चौपारीमा आईपुग्यौं
। त्यहाँबाट रात्रीकालीन झिलिमिली बटौलीको फोटो खिच्यौं । शहरको सम्पन्नता बिजुली बत्तीले पनि देखायो । ८ः१५ बजे राति घर पुग्यौं । लखतरान । भोक प्यास भएर ।


स्वास्थ्यको लागि ट्रेकिङ्ग उपयोगी हुन्छ । सबै अंगहरूको व्यायाम हुन्छ । वसन्तपुर उकालो चढ्दा तीतामीठा केही अनुभव संगाल्यौं । पहाड चढ्न अलिक बिहानै प्रस्थान गर्नुपर्छ । पाँच लिटरजति पानी बोक्नु ठिक हुन्छ । उकालोमा तिर्खा लागेमा मुख भिजाउँदै उक्लनु पर्छ । लौरौ टेकेमा भिरालोमा लड्नबाट जोगिन सकिन्छ । उकालोमा लौरोले दरिलो साथ दिन्छ । झारपात लहरा पन्छाउन उपयोगी हुन्छ । सकभर पहाड चढ्ने बानी नभएका महिलालाई लिएर जानु हुंदैन । हिडेको बाटो चिन्न चिनाउन कुनै रातो चिन्ह छोड्दै जानु राम्रो हुन्छ । बाटो बिराइएको हेक्का हुने बित्तिकै फर्कनु वेश हुन्छ । ट्रेकिङ्ग जानुपर्दा जाने ठाउँबारे जानकारी राख्ने व्यक्तिलाई पनि साथमा लैजानु पर्छ ताकि बाटो बिराउन नपरोस् । आफ्नो टिमभन्दा बाहिरको भएमा पारिश्रमिकसमेत दिनेगरी लानुपर्छ । दरिलो ईन्टरनेट कनेक्ट गर्न बिर्सनु हुंदैन । गुगल म्याप पछ्याउनु साथमा पथ प्रदर्शक भए सरह भरोसा हुन्छ । प्राथमिक उपचारको लागि चाहिने औषधि साथै लानुपर्छ । टर्चलाईट वा एक्स्ट्रा मोबाईल पनि बोक्नुपर्छ । धेरै गीत बजाई ब्याट्री सकाउनु हुंदैन । हल्काफुल्का खाजा लग्नुपर्छ । पेटभरी खानु हुंदैन । थोरै थोरै खाँदै चपाउँदै उकालो चढ्नु पर्छ । तपाई पनि वसन्तपुर ट्रेकिङ्ग जाने प्लान बनाउनुस् है ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?