ट्रेंडिंग:

>> पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव, चार प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना >> देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक >> बाणासुरको अनुभूति दिलाउने नेताहरु >> बन्द गर जनताको आँखामा छारो हाल्ने काम >> भैरहवाबाट अन्तर्राष्ट्रिय नियमित उडान, आश्वासनमात्र विमान आएन >> भैलोको रकमबाट अपाङ्ग आश्रममा सहयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पोखरामा आइटीएफ जे–३० टेनिस जारी >> पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन >> महिलाहरुको लागि एकहप्ते मिसेज गुरुङ तालिम सुरु >> लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ >> ‘लैंगिक समानताका लागि शिक्षा र नागरिक जागरण आवश्यक’ >> लुम्बिनीमा ‘शान्ति घन्टी’ को उद्घाटन, पर्यटनमन्त्रीले भने –‘बुद्धको सन्देश विश्वरभर फैलाऔं’ >> भैरहवा मेलामा बुधबारदेखि कुस्ती प्रतियोगिता हुँदै >> देशभरका कारागारमा योग शिविर सञ्चालन हुने >> काेशीलाई हराउँदै आर्मी सेमिफाइनलमा >> लैंगिक हिंसाविरुद्ध सामूहिक प्रतिवद्धता >> कैदीबन्दीलाई योगाभ्यास संस्कृतिमा जोड्दै सरकार >> लुम्बिनी प्रदेशकी सृजनासहित चार जना ढाका कबड्डी लिगमा >> कर्णालीमा विकास बजेटको खर्च सुस्त >> रामघाटमा व्यावसायिक ड्रागन फ्रुट >> गौतमबुद्ध विमानस्थल छिटो सञ्चालनको पहल गर्न देउवासँग व्यवसायीको माग >> गुल्मीमा बालिकाको बलात्कारपछि हत्या आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान >> लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा >> सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख १७ हजार ७ सय >> आज सातै प्रदेशका गृहमन्त्रीले प्रहरी समायोजनको माग गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्ने >> नेपाली विद्यार्थी बिपीन जोशीलाई मुक्त गर >> महिला हिंसाबिरुद्वको अभियान र सेतो रिबनको सन्दर्भ >> लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध अघिल्लो सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्षहरुद्वारा सर्वोच्चमा रिट >> पहाडी भूभागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना >> पढाइसँगै सीप सिकाउँदै शान्ति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः नेपाल आर्मी र मधेश प्रदेशको जित >> जनताले फालेको राजतन्त्र अब फर्कदैनः देउवा >> तिलोत्तमा मेलामा पान, गुट्खा खुलेयाम बिक्रीः सकिनै लाग्दा समेत अधिकांश स्टल खाली >> विश्वभर द्वन्द्व अन्त्यको नेतृत्व नेपालले गर्नुपर्नेमा विज्ञहरुको जोड >> गृह जिल्लामा विप्लवको सप्ताहव्यापी कार्यक्रम >> बसले माेटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा एक विद्यार्थीको मृत्यु >> अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा >> अहिलेको सरकार विघटन गर्नुपर्छ : प्रभु साह >> पुषको तेस्रो साता प्रदेशस्तरीय ब्याडमिन्टन हुदै >> उद्घाटन खेलमा रुपन्देही र पाल्पा भिड्ने >> भूकम्पपीडित सुत्केरीको चिसोले मृत्यु >> सामाजिक सुरक्षा कोषमा ९ लाखभन्दा धेरै श्रमिक, ४४ अर्ब ८५ करोड जम्मा >> पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते >> मधेश प्रदेशविरुद्ध नेपाल पुलिस विजयी, केशल भुर्तेलको शतक >> किसान ठगिदा बिचौलियालाई मालामालः ५ रूपैयाँमा लिएर १०० मा बिक्री >> रामग्राम स्तुप क्षेत्रमा ऐतिहासिक प्रमाण फेला >> भ्रष्टाचारको बढ्दो ग्राफले बढाउँदै चिन्ता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल
समाचार

विष्णुलाई आच्छु आच्छु पारेका गणेश : दल फेर्दै हिंड्ने अस्थिर र महत्वाकांक्षी पात्र

११ मंसिर २०७९, आईतवार १२:२५
११ मंसिर २०७९, आईतवार १२:२५

बुटवल,११ मंसिर । रुपन्देही क्षेत्र नं २ लाई नेकपा एमालेको किल्लाका रुपमा लिइन्थ्यो । यो क्षेत्रमा लगातार ३ वटा चुनाव जितेका पार्टी उपाध्यक्ष विष्णु पौडेलले २०७० को चुनावमा तत्कालीन माओवादी नेता एवं पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत फराकिलो मतान्तरले पराजित गरेका थिए । २०७४ को चुनावमा पौडेलले नेपाली कांग्रेसका उम्मेदवार युवराज गिरीलाई २२ हजार बढी मतान्तरले पराजित गरेका थिए । त्यसपछि यहां पौडेललाई नेपाली कांग्रेसले समेत एक्लै चुनौति दिने अवस्था थिएन । अर्थमन्त्री हुंदा रुपन्देहीमा ठूला ठूला पुर्वाधार आयोजनामा अरबौं वजेट ल्याएर विकासे नेताको छवि बनाएका पौडेलले यसपटकको चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई पनि पराजित गर्ने विभिन्न सर्वेक्षणले प्रक्षेपण गरेका थिए ।

तर मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य चुनावको मतगणनाको प्रारम्भिकदेखि अन्तिमसम्मको नतिजाले विष्णु पौडेललाई एक ‘अपरिचित र ‘लो प्रोफाइल’ युवकले कडा टक्कर दिंदै आच्छु आच्छु पारे ।
१५ हजार मत गणना हुंदासम्म विष्णु पौडेल र सत्ता गठबन्धनलाई पछाडि पार्दै अग्रता लिएका र अन्तिमसम्म विष्णुको जितमा तगारो बनेका २९ वर्षिय युवा हुन् – गणेश पौडेल । मतदानअघि निकै फराकिलो मतान्तरले जित्ने अनुमानहरु भएपनि विष्णु पौडेलले गणेश पौडेललाई १ हजार ३ सय ६६ मतको झिनो अन्तरले मात्रै पराजित गर्न सके । विष्णुले २७ हजार १ सय ४७ मत ल्याएर विजयी हुंदा गणेशले २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापाले २१ हजार ९ सय ८६ मत ल्याएका थिए । जबकि विष्णुले अघिल्लो चुनावमा बलियो संगठन भएको कांग्रेसका युवराज गिरीलाई २२ हजार मतान्तरले जितेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्ह लिएर उम्मेदवार बनेका उनी मतदातामाझ खासै परिचित अनुहार होइनन् । तर उनै युवकले ७ दल सम्मिलित सत्ता गठबन्धन र बुटवलमा बलियो संगठन भएको एमालेका शक्तिशाली उम्मेदवारको विजय यात्रामा ब्रेक लगाउने हुन् कि भन्ने खतराको घण्टी मतगणना नसकिंदासम्म बजाइरहे ।
गणेश पौडेल न कुनै स्थापित ठूलो दलका उम्मेदवार हुन न आफ्नो निर्वाचन क्षेत्रमा करोडौं बजेट पारेर उल्लेख्य काम गरेर पहिचान बनाएका व्यक्तित्व नै । अर्घाखांचीको छत्रदेव गाउंपालिकामा स्थायी घर भई बुटवल १२ नयांगाउंमा बस्दै आएका पौडेलको विगत केलाउने हो भने उनी राजनीतिक र वैचारिकरुपमा अस्थिर रहेको देखिन्छ ।

विगतमा एमाले निकट विद्यार्थी संगठनमा आवद्ध उनी एमाले र माओवादी एकता भएर नेकपा बनेका बेला रेसुंगा वहुमुखी क्याम्पस स्ववियुको उपसभापति भएका थिए । नेकपा विभाजनपछि उनी एमाले छाडेर विप्लव निकट अखिल क्रान्तिकारीमा प्रवेश गरे । तर त्यहां पनि उनी धेरै समय टिकेनन् र विप्लव समूह छाडेर विवेकशील साझा पार्टी प्रवेश गरेर रुपन्देही जिल्लाको सचिव बनेको  पुर्व विवेकशील साझा पार्टीका नेता सुदन ज्ञवाली बताउंछन् । तर गणेश २ महिनापछि विवेकशील साझा पार्टी पनि छाडेर केही समय भरत दाहाल नेतृत्वको राष्ट्रिय जागरण अभियानमा जोडिएको ज्ञवाली बताउंछन् ।

प्रतिनिधि सभा चुनावको केही समय अगाडि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरे । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएका बालेन शाह र हर्क साम्पाङले जितेको देखेका उनले लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीको उम्मेदवार भएर चुनाव लड्न चाहेका तर हाम्रो नेपाली पार्टीले कमल भुसाल निकोलसलाई उम्मेदवार बनाएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका उनलाई नजिकबाट चिन्ने सुदन ज्ञवालीले बताए ।

उम्मेदवारी दर्तापछि खासै चर्चा नपाएका उनले सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीपछि आफूलाई समर्थन गर्न आग्रह गर्दै पत्रकार सम्मेलन पनि गरे । चुनावको मुखसम्म कुनै चर्चा नभएका उनले चर्चामा आउनकै लागि आफू बस्दै आएको घरको अगाडि शंकास्पद वस्तु राखेर बम राखेको हल्ला आफैले फैलाएको अन्य दल र प्रहरीले समेत बताएको थियो । पौडेललाई नजिकबाट चिन्नेहरु उनी निकै महत्वाकांक्षी र अस्थिर स्वभावका व्यक्ति भएको टिप्पणी गर्छन् ।

स्वयं गणेश पौडेललाई आफ्नो राजनीतिक पृष्ठभूमिबारे बुझ्न पटकपटक फोन सम्पर्क गर्दा उनी यो विषयमा अहिले बोल्न जरुरी नभएको भन्दै पन्छिने गरेका छन् । यसको कारण पनि आफ्नो विगतको अस्थिर राजनीतिकर वैचारिक चरित्र हुनुमा शंका छैन ।
जे सुकै भएपनि यिनै ‘लो प्रोफाइल’ र रुपन्देही २ को हकमा ‘अपरिचित’ युवाले नेकपा एमालेको बलियो क्षेत्र मानिएको रुपन्देही २ मा उक्त पार्टीका उम्मेदवार विष्णु पौडेलको जितमा ब्रेक लगाउने गरी चुनौति दिए ।

‘रुपन्देही २ को चुनावमा धेरै मतदाताले उम्मेदवारको योग्यता, क्षमता र एजेण्डा नहेरी जित्दै आएका पुराना दल र नेताप्रतिको नकारात्मक धारणा बनाएर मत हालेको देखियो’–राजनीतिक विश्लेषक ऋषि आजाद भन्छन्–‘कस्तो उम्मेदवारलाई जिताउनुपर्छ भन्नेतिर हैन, जित्दै आएकालाई हराउनुपर्छ भन्ने भन्ने मनोविज्ञानले काम गरेको छ ।’

आजादको भनाईमा गणेश पौडेलले पाएको मत उनले सांसद जितेर केही गर्छन् भन्ने विश्वासले नभई रवि लामिछानेको पार्टीका उम्मेदवार भएकैले मतदाताले आंखा चिम्लेर हालेका हुन् ।

‘उम्मेदवारको योग्यता,क्षमता,विश्वसनीयता,इमान्दारिता,निष्ठा केही नहेरी भावना र हावाको तालमा एकथरि मतदाताले भोट हालेको देखियो’–नेकपा एमालेका युवा नेता राजेन्द्र ढकालले भने–‘यस्तो ट्रेण्डमा यसरी मत खसेको पहिलोचोटी देखियो ।’ राम्रा काम गर्दागर्दै र सक्षम हुंदाहुदै पनि पटकपटक चुनाव जितेको भनेर नेताहरुप्रति मतदातामा जबरजस्त नकारात्मक माइण्डसेट बनाएर बद्नाम गर्ने गैरजिम्मेवार प्रवृत्तिले देश र पार्टीको नेतृत्व गर्ने पालो पर्खेर लाइनमा बसेका नेताहरुमाथि चुनौति थपिदिएको ढकाल बताउंछन् ।

कुनै संगठन र जनाधार विनै आफुलाई यसरी भोट आउनुको पछाडि विगतमा जितेका नेताले जनताको पक्षमा काम गर्न नसकेको गणेशले तर्क गर्ने गरेका छन् । उनले चुनावी अभियानका क्रममा विष्णु पौडेललाई इंगित गरेर अनेक आरोप लगाउंदै भाषण गर्दै हिंडेका थिए । तर रुपन्देहीको हकमा विष्णु पौडेल आफ्नो क्षेत्रमा सबैभन्दा धेरै वजेट पार्ने नेतामा पर्छन् । विपक्षीले समेत उनलाई विकासे नेता भन्छन् ।
संसदीय राजनीतिको आलोचना गर्ने प्रकाश डुम्रेको विचारमा गणेशले यसरी अप्रत्यासित धेरै भोट पाउनुमा राजनीतिक दलहरुमा युवा पुस्तालाई अवसर नदिने र पुरानै नेता दोहोरिने प्रवृत्तिमाथिको गतिलो झापड हो ।
जे होस् गणेशले विष्णु पौडेललाई मात्र हैन, सत्तारुढ दलको गठबन्धनलाई पनि चुनौति दिएरै छाडे,त्यस अर्थमा उनको महत्वाकांक्षालाई मान्नैपर्छ ।
संसदमा र सरकारमा गएर उल्लेख्य काम नगर्ने असक्षम नेताप्रति वितृष्णा जाग्नु स्वभाविक भएपनि सबै नेतालाई एउटै घानमा हालेर नो नट अगेनका नाममा बद्नाम गर्दै सक्षम नेतृत्वलाई विस्थापित गर्न खोज्नु देशलाई अस्थिरता र अराजकतातिर लैजाने अदृश्य निहित स्वार्थ भएकाले यसप्रति आम मतदाता सजग हुनुपर्ने राजनीतिक विश्लेषक ऋषि आजाद बताउंछन् ।
जे होस् अब दलहरुले आफ्ना कमी कमजोरीको निर्मम समीक्षा गरेर सच्चिने र युवाहरुको भावना समेटेर निति कार्यक्रम बनाउनेदेखि हरेक क्षेत्रमा उनीहरुको अर्थपूर्ण सहभागिता र अवसर नदिने हो भने आगामी दिनमा गणेश पौडेल जस्ता सयौं युवाहरुले ठूला भनिएका दलहरुलाई चुनावमा यसरी नै घण्टी बजाइरहनेछन् । चेतना भया ।।

-तस्वीरमा खादा लगाएका गणेश पौडेल एमालेबाट विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्दा विप्लव समूहका नेताहरुसंग  ।

फोटो : प्रकाश डुम्रेको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?