Logo
११ मंसिर २०७९, आईतवार
Logo

रुपन्देही–२ को रोकिएको मतगणना सुचारु


बुटवल, ९ मंसिर ।

प्रतिनिधिसभा अन्तर्गत रुपन्देहीकोृ निर्वाचन क्षेत्र नं. २ को शुक्रबार बिहानदेखि रोकिएको मतगणना सुचारु भएको छ । निर्वाचन आयोगले स्थगीत मतगणना सुचारु गर्न निर्देशन दिएपछि मतगणना सुरु भएको हो ।

के थियो विवादको विषय ?

बुटवल–११ को ’ड’ मतदान केन्द्रमा जम्मा ६२९ मत खसेको थियो । जसमा ३८८ महिला र २४१ पुरुष उल्लेख गरी मुचुुल्का गरिएको थियो । मतपेटिका गणनास्थल पु¥याएर कम्प्युटरमा ईन्ट्री गर्दा, कुल मत संख्या ६२९ नै ईन्ट्री भएको थियो । तर महिलाको संख्या ३८८ हुनु पर्नेमा कम्प्युटरमा ईन्ट्री गर्दा ३३८ भएकोले ५० मत कम देखिएको थियो । खसेको जम्मा ६२९ मुचुल्का भए अनुसार ब्यालेट बक्समा ६२९ नै थियो । महिलाको ३८८ हुनु पर्नेमा किन कम्प्युटर ईन्ट्रीमा ३३८ भएको भन्ने विषयमा विवाद उत्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?