बुटवल, १२ जेठ । ढोका अगाडिको सरकारको रुपमा मानिने स्थानीय सरकारप्रति धेरै मागहरु लिएर जाने गरेका छन । विकास बजेटबाट भौतिक पुर्वाधारदेखि मानवीय विकास मात्र नभई ब्यक्तिगत जागिर, विवाद मेलमिलापसम्मको सोर्सफोर्सको लागि स्थानीय जनप्रतिनिधिलाई दबाब दिने गर्दछन् । चालू आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी आर्थिक वर्ष २०८०÷२०८१ को वार्षिक
नवलपरासी, ११ जेठ । पश्चिम नवलपरासीको सुनवल १ सोमनाथ स्थित पूर्व—पश्चिम राजमार्ग अवरुद्ध भएको छ । विहान ११ बजेदेखि परेको अविरल बर्षासंगै अन्दाजी सवा २ बजेतिर खोलामा पानीको वहावले डाईभर्सन बगाएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम चल्ने सवारी साधनहरु बैकल्पिक मार्गबाट पठाइएको प्रहरीले जनाएको छ
बुटवल, जेठ कालिकानगरका केशव चापागाई रोजगारको खोजीमा थिए । बजार ब्यवस्थापनको अनुभव रहेका उनी बुटवलको रोजगार मेलामा भेटिए । ‘मैले खोजेको पदमा एउटा कम्पनीको माग रहेछ ।’–फर्म भर्दै उनले भने । रोजगार पाउनेमा आशाबादी छन । रोजगार दिने र रोजगार खोजेकाहरुलाई पुलको काम मेलाले गरेको उनी बताउछन । ‘मार्केटिङ अफिसरमा
दाङ, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको दाङ जिल्ला अध्यक्षमा भुपबहादुर केसी चयन भएका छन् । समाजवादी पार्टीको शुक्रबार घोराहीमा सम्पन्न विशेष जिल्ला भेलाले केसीलाई अध्यक्षमा चयन गरेको हो । यसैगरी, उपाध्यक्षमा डिल्ली बहादुर पुन, गणेशकुमार चौधरी, विष्णु गुरुङ र सचिव जानका रेग्मीलाई चयन गरेको छ । उपसचिवमा
दाङ, ३१ वैशाख । खानेपानीको मुहान संरक्षण गरेमा वितरणमा सहज हुने औंल्याइएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले खानेपानी वितरणका लागि मुहान संरक्षण अनिवार्य रहेको बताए । हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको पन्ध्रौ साधारण सभाको उद्घाटन गर्दै नगरप्रमुख खड्काले पछिल्लो समयमा खानेपानीका मुहान सुक्दै गएकाले दीर्घकालीनरुपमा समस्या समाधानका
बुटवल, ३० वैशाख । तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शिक्षण सिकाई सुधार गर्ने उद्देश्यले एक हप्ते सामाजिक तथा सृजनात्मक कला शिक्षण तालिम सम्पन्न भएको छ । नगरका ४२ विद्यालयका शिक्षकहरुलाई लोक बाजा, लोक गित, तथा चित्रकला सम्बन्धी आधारभुत सिपमा आधारित प्रशिक्षण दिईएको हो । तिलोत्तमा नगरपालिकाको आयोजनामा साधना सास्कृतिक कला
बुटवल, २९ वैशाख । लुम्बिनी प्रदेश राजधानी दाङको राप्ती उपत्यकालाई व्यवस्थित नयाँ सहर र जोखिम मुक्त प्रदेश राजधानी निर्माण गर्ने उद्देश्यले टुमारो सिटि संस्था र प्रदेश पूर्वाधार विकास प्राधिकरणबीच लिखित सम्झौता भएको छ । राप्ती उपत्यका देउखुरी अन्तर्गतका राप्ती गाउँपालिका, गढवा गाउँपालिका, अर्घाखाँचीको सितगंगा नगरपालिका पर्दछन् । अनुसन्धान टोलीको तर्फबाट
दाङ, २९ वैशाख । घोराही उपमहानगरपालिकालाई गल्ने फोहरको अभाव भएपछि पालिका भित्रका टोलबासीसँग छलफल सुरु गरेको छ । बायो ग्याँस उत्पादनमा गल्ने फोहर अभाव भएपछि दीगो रुपमा फोहोर व्यवस्थापन गर्न टोल विकास संस्थाका पदाधिकारीसँग सुझाव संकलन अभियान थालनी गरेको छ । सुन्दर सफा हरित वडा बनाउन टोल विकास संस्थाहरुका पदाधिकारीले
बुटवल, २८ वैशाख । लुम्बिनीका नर्सहरुले नर्सिङ सम्भावना नै सम्भावना भएको पेशा रहेको बताउँदै विचलित नहुन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा बुटवलमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनीहरुले नर्स पेशा मात्रै नभएर मानवीय सेवा गर्ने ठूलो अवसर भएको बताए । नर्स विना स्वास्थ्य उपचार असम्भव भएको बताउँदै नर्सहरुले
दाङ, २७ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । नगरप्रमुख टीकाराम खड्काले बालश्रम मुक्त वडा घोषणा गरेका हुन् । नगरप्रमुख खड्काले बाल शोषण, श्रम र हिंसा अपराध भएकाले सबैको सहयोग, सहकार्यबाट नै सभ्य समाज निर्माणका लागि बालमैत्री नगर घोषणाको तयारी अघि बढाइएको