ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसनी विरुद्व अभिमुखिकरण >> विदेश भ्रमणमा अब ५ प्रतिशत शुल्क नलाग्ने, आर्थिक विधेयकमा व्यवस्था हटाइयो >> प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि असार १५ गतेसम्म >> ११ डिआइजीको सरुवा, को कहाँ? >> सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुटाउनुपर्छ : नैनसिंह महर >> क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सरकारको प्राथमिकतामा: उर्जामन्त्री >> अमेरिकाले पाँच महिनामा १ हजार भारतीयलाई डिपोर्ट गर्‍यो >> पाल्पा बन्यो, पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको जिल्ला >> विष्णु रिमाल – नयाँ बजेटप्रति सबैको सकारात्मक प्रतिक्रिया बढ्दो >> काठमाडौंमा राजावादी आन्दोलन जारी: माइतीघर–बानेश्वर सडक अवरुद्ध >> आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग >> बजेट कार्यान्वयनमा शंका गर्नुपर्दैन, आजैबाट कार्ययोजनाको काम सुरु हुन्छ: अर्थमन्त्री >> जेठ १८ गते काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा >> प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका तय गर्न सिंहदरबारमा बैठक जारी >> वरिष्ठ पत्रकार विजय चालिसेको निधन >> कपालको विकासका लागि उपयुक्त बदामको तेल >> ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता >> भारतीय रुपैयाँ सहित दुई पक्राउ >> सुनको भाउमा ७ सय रुपैयाँको वृद्धि >> माओवादीको रोकिएको मध्यपहाडी अभियान जेठ २१ पछि पुनः सुरु हुने >> गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद नचल्ने : माओवादी केन्द्र >>  नीति तथा कार्यक्रम अघि नीति बहसको आवश्यकता >> गणतन्त्र दिवसमा सहिद तथा बेपत्ता परिवार र घाइतेलाई सम्मान >> बुटवलको पाँचौँ पटक च्याम्पियनको तयारी >> बजेट वक्तब्यमा वन तथा वातावरण >> अपडेट: दाउन्ने सडक एकतर्फी सञ्चालन >> बुटवलको घटना  मानव सभ्यतामाथिकै कलङ्क >> विकासका नाममा दुई किलोमिटर कालोपत्रे त्यही पनि टिकेन >> सङ्घीय सरकारको बजेट पेस: लुम्बिनीमा के के परे योजना ? >> दाउन्ने सडक पूर्ण अवरुद्ध >> देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना >> चेम्वर लुम्विनीले गर्यो बजेटको स्वागत >> टिकटक र डिजिटल लत ! >> बर्दघाट  नगरपालिकाद्वारा नगर गान  सार्वजनिक >> गणतन्त्र दिवसको अवसरमा वृद्धाश्रममा सहयोग >> अब प्रदेशबाटै सवारी चालक अनुमति पत्र वितरण गरिने >> आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड >> सरकारी तलब यथावत, महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइयो >> गणतन्त्रमाथि प्रश्न उठाउने असंवैधानिक कदम स्वीकृत हुँदैन: मुख्यमन्त्री कँडेल >> विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने व्यवस्था लागू गर्ने >> ईभी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन र वर्कसपमा लगानीलाई प्रोत्साहन >> जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण >> खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन >> सहकारी बचतकर्ताको सुरक्षाका लागि ५ लाखसम्मको निक्षेप सुरक्षण >> सामाजिक सुरक्षा बजेटमा १ खर्ब ९ अर्ब, वृद्ध भत्ता उमेर नबढाइने >> २०८१ फागुनसम्म उद्योग विभागमा ९ हजार ९ सय ६३ उद्योग दर्ता >> कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट >> नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट >> अर्थव्यवस्था सकारात्मक लयतर्फ उन्मुखः अर्थमन्त्री पौडेल >> संसद्मा बजेट वक्तव्य जारी हुँदा यस्तो देखियो दृश्य

घिसेपिटे प्रविधिबाट माथि उठौँ

१४ भाद्र २०७५, बिहीबार
१४ भाद्र २०७५, बिहीबार

पद्मप्रसाद शर्मा
मानव सभ्यताको विकाससंगै खेतीपातीको आरम्भ भएको मानिन्छ । मानिस जब जंगलबाट आएर सुलभ स्थानमा घर बनाएर बस्न लाग्यो त्यसै समय देखि उसले खेतिपाती आरम्भ गर्न लाग्यो भन्ने कुरा मानव सभ्यताको विकासको कुराका सन्दर्भमा सुन्न पाइन्छ । वास्तवमा खेतीको आरम्भले मानवलाई जंगलबाट गृहस्थी जीवनमा ल्यायो र नयाँ नयाँ कुराको खोजीगर्ने बानीको विकास भयो । यसैले मानिसलाई आजको अवस्थामा ल्याई पु¥याएको हो । खेतीको आरम्भ भएको समय यकीन नभए पनि मानव विकासको साथमा भएको घटनाक्रमले जनाउँछ ।
वास्तवमा खेतीको कुरा गर्दा हाम्रा पूर्वजहरूले जसरी जुन बस्तुको शुरुवात गरे आज हामी त्यो अवस्थामा छैनौ । यतिवेला धेरै कुराको फेरबदल भैसकेको छ । तर खेतीपातीको विकासको क्रम जसरी अगाडि जानु पर्ने हो त्यो अनुसार नभएको भने सत्य हो । खेतीपाती गर्नका लागि आज हामी उन्नत विउका कुरा गर्छौं । उन्नत औजारको कुरा गर्छौं । किटनाशक औषधिको कुरा गर्छौं । अनि आधुनिक खेती प्रणालीको कुरा गर्छौ । सिंचाइको कुरा गर्छौं । तर, आधुनिकताको नाममा हामीले रासायनिक मलको अत्यधिक प्रयोग र किटनाशक औषधिको प्रयोगमात्र बढाएका छौं । खेतीपातीकमा संलग्न किसानहरूलाई पनि आवश्यक तालिम वा प्रशिक्षण आदिको ब्यवस्था हुन सकेको छैन ।
अहिले कृषिमा संलग्न किसानहरू आफू खुशी मल र किटनाशक औषधिको प्रयोग गरिरहेका छन् । यसबाट हाम्रो माटो दिनानुदिन विगँ्रदै गएको छ भने उर्बराशक्ति विस्तारै नष्ट भईरहेको छ । किटनाशक औषधिको प्रयोगले माटोमात्र नभएर वातावरण पनि विगँ्रदै गएको छ । कृषिलाई प्रश्रय दिनका लागि पहिलो शर्त किसानलाई सुशिक्षित बनाउनु हो । उनीहरूलाई खेतीको महŒव बुझाउनु पर्दछ अनि सरकारी स्तरबाट हुन सक्ने भरपुर सहयोग दिने योजना बनाउनु पर्दछ । हाम्रा कतिपय किसानहरू कृषिमा वर्षौं देखि संलग्दै हुँदै आए पनि त्यसका वारेमा आवश्यक ज्ञान नभएका कारणले अत्यधिक रासायनिक मलको प्रयोग र किटनाशक औषधिको विना ज्ञान प्रयोग भइरहेको छ । यसबाट समयमा बचाउन सकिएन भने एकातिर माटोको उर्वरा शक्ति छिटै नष्ट हुने अनि विस्तारै आयस्तरमा कमी हुने संभावना बढेर गएको छ । यसलाई रोक्नका लागि योजनावद्ध किसिमले तत्काल लाग्नु पर्ने छ । चाहे किसान होस चाहे कृषि मजदूरको कुरा होस सबैलाई सुशिक्षित बनाउनु आवश्यक छ । विना ज्ञान वा अल्पज्ञानले राम्रो प्रतिफल दिन सक्दैन । जस्तो नेपालीमा उखान छ अल्प विद्या भयंकरी । यो अल्प ज्ञानले हुने क्षतिको वारेमा तत्काल भन्न नसकिए पनि दीर्घकालमा यसको असर थेग्न नसक्ने खालको हुन सक्छ ।
केही वर्ष पहिले हामीले नेपालमा उत्पादन गरेको अन्नबाली विदेशमा निर्यात गरिन्थ्यो भने आज आएर विदेशबाट आयत गर्नुपर्ने अवस्था आएको छ । यसका दुईवटा कारणहरू छन् । पहिलो कृषिमा संलग्न कृषकहरूलाई आवश्यक ज्ञान प्रदान गर्न नसक्नु हो भने दोश्रो जमिन र हावापानी अनुसारको खेतीवाली रोज्न नसक्नु हो । वालीहरू मध्येमा पनि अन्नवाली, दलहन, तेलहन, तरकारी तथा फलफूल सबैको मेसो मिलाउनु पर्दछ । सबै वाली एउटाले गर्नु भन्दा पनि एउटाले एउटा वालीको खेती गर्दा वालीको वारेमा ज्ञान हुने र दक्षता हासिल हुने हुन्छ । यसको साथमा कुन स्थानमा कुन वाली हुन्छ यसका वारेमा माटो परीक्षण गरी बालीको सिफरिस गर्दा बेश हुन्छ हाम्रो देशमा सिमित स्थानमा रहेका कृषि अनुसन्धान केन्द्रले खासै प्रभावकारी भूमिका निर्वाह गर्न सकेको जस्तो लाग्दैन । गाउँमा रहेका जेटी जेटीएहरूले पनि अहिलेसम्म किसानहरूलाई खासै सेवा पु¥याउन सकेका छैनन् । विना शिक्षा कुनै कुरामा सुधार हुन सक्दैन । झन् कृषिमा अझ बेशी ज्ञानको आवश्यकता पर्दछ ।
सबैको पेटपाल्ने कामको जिम्मा नै किसानमा रहेको हुन्छ भने उसमा पर्याप्त ज्ञान नहुँदा माटो र वातावरण प्रदूषित भएको छ । विना ज्ञान भएको यो विषाक्तताले समयमा सुधार गर्न सकिएन भने हामी आगामी लामो समयसम्म विदेशबाट आयात गर्न वाध्यताकासाथ लागि रहने छौं । अर्को कुरा यहाँ हुने प्रदूषणले विदेशीलाई समेत असर गर्नेछ । नेपालको भू–बनौट हेर्ने हो भने विश्वको सबै बालिवोट यहाँ उत्पाद हुने सम्भावना छ । हावापानी र माटोको कारणले हुने उत्पादन हुनका लागि यहाँ कसैले रोक्न सक्दैन । तर, अज्ञानताको कारणले हामी सोंचेको भन्दा निकै पछाडि छौं । यो स्थानबाट अगाडि जानका लागि जनस्तरबाट चाहना र आवश्यकता सरकारसमक्ष ब्यक्त गर्नुपर्दछ र सरकारी स्तरबाट उचित कार्यक्रमको तय गरी उचित कार्य गर्नु पर्दछ ।
अहिले बेमौसमी अन्नबाली तथा तरकारीको कतै कतै आरम्भ भएको छ । यो सुखद कुरा हो । तर यो पनि ब्यवस्थित तरिकाबाट सञ्चालन भएको छैन । बेमौसमी तरकारी खेती अन्नबाली भन्दा बढ्ता कृषकहरू आकर्षित भएको अवस्था छ । यो सुखद पक्षलाई दीर्घकालिन बनाउनका लागि जानकारहरू अग्रसर हुनु पर्दछ । अहिलेको बेमौसमी खेती गर्नेहरूलाई प्रोत्साहन गर्ने नीति नभएसम्म यस्ता कामले दीर्घकालिन रूप लिन सक्दैनन् । जहाँ बेमौसी खेतिको आरम्भ भएको छ त्यहाँ पनि सिंचाइको प्रचुरता भएको पाइँदैन । विना सिंचाइ खेती राम्ररी सप्रन सक्दैन भन्ने कुरा सबैमा हेक्का हुन जरुरी छ । हाम्रा खोला तथा नदीमा पानीको कमी छैन । तर, त्यो पानीलाई सदुपयोग गर्नमा कमी भएको छ । पानीको उपयोग गर्नका लागि तीनवटै तहका सरकारले योजना बनाउनु पर्दछ । अहिलेसम्म भएका सरकारहरूबाट दीर्घकालिन योजना बनाउन नसकेकै कारणले हाम्रो माटो र वातावरण विषाक्त भएको यो सत्य कुरालाई जहिलेसम्म यसमा संलग्न किसान र सरकारी तहबाट आफै पनि महŒव बुझ्न र बुझाउनु सकिँदैन त्यतिबेलासम्म हामी आली नाघेर माथि जान सक्ने छैनौं ।
विदेशबाट अन्न, फलफूल तथा तरकारी आयात रोक्नका लागि र देश खाद्यान्न लगायत यहाँ उल्लेख भएका सबै बस्तुमा आत्मनिर्भर हुनका लागि सरकारी तहबाट आबश्यक योजना र किसान प्रोत्साहन कार्यक्रम ल्याउनुका साथै कृषकका तर्फबाट पनि यो देशको आत्मनिर्भरका साथै ब्यक्तिगत र सामुहिक रूपमा आय आर्जन वृद्धिका लागि आफूले पनि खोजी गर्नु पर्दछ । परम्परागत ढंगबाट गरिएको घिसेपिटे खेती प्रणालीले अव न देश उँभो लाग्ला न किसान उँभो लाग्ला । यसकारण हरेक कुराहरू योजनावद्ध किसिमले र दीर्घकालिन किसिमबाट गरिनु पर्दछ यसैमा सबैको भलोको साथै जीवन धान्ने राम्रो उपाय पनि हुनेछ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?