ट्रेंडिंग:

>> स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यकः स्वास्थ्य मन्त्री >> नवनियुक्त गभर्नरले लिए पद तथा गोपनियताको सपथ >> अर्थमन्त्री र नवनियुक्त गभर्नरबीच भेटवार्ता >> एकैदिन ५ हजारले बढ्यो सुनको मुल्य >> सामुदायिक वन र नगरपालिकाको साझेदारीमा पूर्वाधार विकास >> भुतहा–महेशपुर सडक पिच हुँदा स्थानीयलाई राहत >> एनसेल र जीएसएमएसँग सहकार्य >> नवनियुक्त गभर्नर पौडेलले आज पदभार ग्रहण गर्दै : वित्तीय क्षेत्र गतिशील बनाउने मुख्य चुनौती >> नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (सूची) >> सरकार हुनुको अनुभूति दिलाउ >> औपचारिक नहोस् नीति तथा कार्यक्रम >> गाउँमै भविष्य देख्ने आँट >> कम तौलको शिशुः आमाको खुसी खोस्दै… >> चार वायु थप सक्रिय, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> ११४ केजी गाँजासहित बाँकेमा तीन जना पक्राउ >> रोटरी क्लव अफ बुटवल चौतारीले गर्यो आरसी पोखरा भ्यालीको स्थापना >> विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त >> देवीनगर क्रिकेट प्रिमियर लिग २०८२, रोयल सिद्धार्थ विजयी >> प्रहरी र प्रशासनको रोहबरमा खोलियो होटल ब्यवसायी संघको ताला >> कान्ति माबि अन्तिम चारमा, न्यू होराईजन र नयागाउ क्वाटरफाईनलमा >> विश्व पौडेलसहित गभर्नरमा ३ जनाको नाम सिफारिस >> काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसँग स्पष्टीकरण माग >> भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु >> ‘महत्वपूर्ण एजेण्डा नभएकाले बैठक बहिष्कार गरेका हौ’ >> नेप्से परिसुचक बढ्दा, कारोबार भने घट्यो >> ईलाका प्रशासन सेमरीमा शाखा अधिकृत नहुँदा सेवाग्राहीलाई समस्या >> गभर्नरमा विश्व पौडेल नियुक्त हुने निश्चित >> गभर्नर सिफारिस समिति र मन्त्रिपरिषद्को बैठक आजै >> साइबर अपराधमा शुद्धोधन गाउँपालिका अध्यक्ष पक्राउ >> पोखरा आसपासका क्षेत्रहरूमा भूकम्पको धक्का >> निःशुल्क स्वास्थ्य शिविरमा नागरिकको उत्साह >>  मन्त्रिपरिषद् बैठक बोलाइयो, गभर्नर नियुक्तिको बाटो खुल्ने संकेत >> सम्झौता नगर्ने हो भने प्रधानमन्त्रीलाई हेलिकोप्टर चढाएर जान छुट दिनुपर्छ: राजेन्द्र लिङ्देन >> मिटर ब्याज पीडितलाई न्याय दिलाउने माग गर्दै सांसद सुमना श्रेष्ठको संसदमा प्रश्न >> प्रधानमन्त्री ओली र शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता >> लुम्बिनी ईन्टरनेश्नल कराते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन >> रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ जारी >> सुनको भाउ स्थिर, चाँदीको भाउ सामान्य घट्यो >> नेपाललाई थाइल्यान्डले ७८ रनले हरायो >> विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तीको गोबरमार्फत >> पानी पिउँदा गलत त गरिरहनुभएको छैन, उसो भए यो ४ तरिका जान्नुहोस् >> रामपुर पूर्णखोप दीगोपना सुनिश्चित पालिका >> ई–रिक्सा श्रमिक महिलाका पीडा सम्बोधन कहिले ? >> सगरमाथा सम्बादको सन्देश >> आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने >> भेरीमा जलनका बिरामीको चाप >> अनलाइन टिभी पत्रकार संघ लुम्बिनी प्रदेशको नेतृत्वमा अधिकारी >> आजको मौसमः बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने >> बुद्धपद्ममा जंकफुड निषेध >> लुम्बिनीको नीति तथा कार्यक्रम : स्रोतबिना दर्जनौं योजनाको चाङ

विवाह दर्ता शुल्क जरिवाना पालिकापिच्छे फरक

१४ भाद्र २०७५, बिहीबार
१४ भाद्र २०७५, बिहीबार

विवाह गरेको ३५ दिनभित्र दर्ता निःशुल्क हुने कानूनी व्यवस्था छ । ३६ दिनपछि विवाह दर्ता गर्न आउने जोडीलाई स्थानीय तहले आफनो ढंगले शुल्क लिने गरेका छन् । पुरानो संरचनामा भन्दा संघीय संरचनामा दर्ता शुल्क बढी छ । जिल्लाका छ स्थानीय तहमा आ–आफनै तरिकाले शुल्क असुलेका छन् । कर तोक्न सक्ने अधिकारलाई प्रयोग गर्दै छ पालिकामा फरक–फरक शुल्क छ । पहिले जिविस सहित जिल्लामा ४२ गाविस थिए । नया“ संरचनामा तीन नगर, तीन गापा र ६१ वडा बनेका छन् । दर्ता शुल्क समान छैन । नगरसभा र गाउ“को बैठकले शुल्क तोक्ने प्रवाधान छ ।
सबैभन्दा चर्काे शुल्क भूमिकास्थान नगरपालिकामा एक हजार रूपैया“ निर्धारण गरिएको छ । विवाह गरेका दम्पतीका अनुसार यो अचाक्ली नै हो । दर्ता शुल्क नगरसभाले निर्णय गर्ने र वडा कार्यालयले लिने गर्छ । नगर प्रमुख रेशम थापाले बैठकको निर्णयले उक्त रकम तोकेको बताए । ‘विवाहमा भोजभतेर गरेर लाखौं रूपैया“ खर्च गर्न तयार हुन्छन,’ उनले भने, ‘दर्ता शुल्क एक हजार रूपैया“ तिर्न के गाह्रो भयो र ? यो बजेट हाम्रो खल्तीमा होइन विकासमै खर्च हुने हो ।’ स्थानीय सरकारको अधिकार भएकाले रकम तोकिएको उनले बताए । विवाहमा महंगा गरगहाना र कपडा किन्नेको होडबाजी नै हुन्छ । भोजमा पनि धेरै खर्च हुन्छ । एक हजार शुल्क ठीकै भएको थापाको तर्क छ ।
यति धेरै रकम तोक्नु न्यायसंगत नभएको ढाकावाङका युवा जितेन्द्र खत्रीले बताए । ‘सबैले तामझामका साथ विवाह गर्ने र भोज भतेर गर्ने गर्दैनन,’ उनले भने, ‘कोही गरिब परिवारकाले सामान्य गरेका हुन्छन । जस्लाई यति धेरै रकम तिर्न नसक्ने पनि हुन्छन ।’ धेरैले यसको विरोध गरेका छन । यो मनपरी निर्णय अचाक्ली महंगो भएको उनले बताए ।
पाणिनि गाउ“पालिकाले पहिले बैंठकले दर्ता शुल्क एक हजार रूपैया“ नै तोकेको थियो । कर शुल्क धेरै भएको भन्दा घटाउन सरोकारवालाले पालिकलाई सुझाव दिएका थिए । त्यसपछि दोस्रा गाउ“सभाको बैंठकले घटाएर ५० रूपैया“ दर्ता शुल्क र सात सय रूपैया“ सेवा शुल्क लिने निर्णय गरेको छ । पालिका उपाध्यक्ष लक्ष्मी गौतमले सरोकारवालाको विरोधपछि शुल्क घटाइएको बताइन । उनले सातसय पचास रूपैया“ गाउ“को विकास योजनाका काम गर्न खर्च गरिने बताइन । यो शुल्क जायज छ, उनले भनिन ।
छत्रदेव गाउ“पालिकामा पनि चार सय ५० रूपैया“ निर्धारण गरिएको छ । ५० दर्ता शुल्क र चार सय सेवा शुल्क तोकिएको छ । भेषराज पन्थ प्रमुख प्रशासकीय अधिकृत छन । पुरानो संरचनामा उनी बा“गीको गाविस सचिव थिए । त्यतिबेला विवाद दर्ता शुल्क एक सय रूपैया“ थियो । जनप्रतिनिधि सहित बैठक बसेर उक्त रकम निर्धारण गरिएको उनले बताए । स्थानीय सरकार सञ्चालन गर्न कर तोकिएको उनको तर्क छ ।
मालारानी गाउ“पालिकामा दुई सय रूपैया“ शुल्क छ । शीतगंगा नगरपालिकामा पा“च सय रूपैया“ निर्धारण गरिएको छ । भौगोलिक जटिलता र क्षेत्रफलका हिसाबले देशकै ठूलो नगरपालिकाका १४ वडा मध्ये दस वटा वडामा एक बस्तीबाट अर्काे गाउ“मा जान दिनभर समय लाग्छ । विवाह गरेपछि गर्न पहिले देखि नै न्युन संख्यामा दम्पतीले दर्ता गर्छन । सन्धिखर्क नगरपालिकामा पहिलो नगरसभा बैठकमा एक सय बीस रूपैया“ निर्धारण गरिएको थियो । तेस्रो सभाको बैठकले बीस रूपैया“ घटाएर एक सय रूपैया“ कायम गरेको छ ।
स्थानीय तहले आफुसुखी कर तोक्नु उचित नभएको जिल्ला बारका उपाध्यक्ष अधिवक्ता विजय खत्रीले बताए । ‘एउटै जिल्लाका पालिकामा विवाह दर्ता शुल्क फरक–फरक हुनु राम्रो होइन,’ उनले भने, ‘सबैले आवाज उठाएर घटाउनुपर्छ । संघीय व्यवस्थामा भएको अधिकारलाई नाध्ने काम भयो ।’ सिंहदरबारको अधिकार गाउ“मा आएको विषयलाई यस्तै असमान करले जनतामा नकारात्मक प्रभाव बढने संकेत रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?