ट्रेंडिंग:

>> नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा निर्वाचित, तीन वर्षे कार्यकाल सुरु >> भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ >> पेस्तोल र गोली सहित दुई जना पक्राउ >> सरकारद्वारा पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय, एक वर्षभित्र कार्यान्वयन >> शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ : देउवा >> मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन >> कृषि क्षेत्रमा १ वर्षभित्र वैदेशिक लगानी खुला गर्ने तयारी >> अर्थ मन्त्रालय प्रवेशमा कडाई >> रवि लामिछानेको रिहा सम्बन्धी निवेदनमा बहस सकियो >> भिजिट भिसा दुरुपयोग प्रकरण: सहसचिवसहित ९ जना कर्मचारी सरुवा >> गृहमन्त्री लेखकद्वारा लागुऔषध, सडक दुर्घटना र साइबर क्राइममा कडाइ गर्ने निर्देशन >> परराष्ट्रमन्त्री डा. आरजु राणा र जाइकाका अध्यक्षबीच टोकियोमा भेटवार्ता >> बर्दघाटमा मृगौला पीडित बचाउ महा अभियान आजबाट सुरु >> गभर्नर विश्व पौडेलको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा पुनः निवेदन दर्ता >> नेपालगंजमा आज देखि व्याडमिन्टन प्रतियोगिताको शुरु >> सेवा ठप्प पारेर आन्दोलनमा उत्रिए कर्मचारीहरु >> ट्रम्प प्रशासनको निर्णयः हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध >> सुन चाँदी दुबैको घटयो मुल्य >> प्रदेश सरकारलाई आर्थिक बोझ : राजनैतिक नियुक्तिका संरचना >> क्लब विश्वकपपछि मोड्रिचले रियाल मड्रिड छाड्ने >> आनन्दलोकमा पित्तथैलीको शल्यक्रिया >> बुटवल हस्पिटलमा एकै पटक दुवै घुँडा प्रत्यारोपण >> विश्वास र विज्ञानको सङ्गमः ज्योतिष र मनोविज्ञान >> जनतामा आशा भन्दा निरासा बढी >> निर्माण सामग्रीका लागि डिभिजन वनको वैकल्पिक ब्यवस्था >> तेस्रोपटकमा ठडियो ‘झेँदी पुल’ >> बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प >> मौसम पूर्वानुमान : देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना >> बुटवलमा ‘मोक्ष सभाहल’ उद्घाटन, जीवन विज्ञान र योग सिकाईने >> जेठ १७ र १८ गते रुपन्देही जिल्लास्तरीय राष्ट्रपति छनौट खेल हुने >> बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु >> रोयल सिद्धार्थ ५८ रनले विजयी >> फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ >> दाङका विभिन्न वन क्षेत्रमा सातवटा वयस्क बाघ फेला >> अवैध रुपमा गोरु ओसार पसार गर्ने दुईजना ट्रक सहित पक्राउ >> तिनाउ ड्यामसाइडमा डुबेर भारतीय युवकको मृत्यु >> परराष्ट्रमन्त्री डा.राणा र जापानी विदेशमन्त्रीबीच भेटवार्ता >> दुर्गा प्रसाईंसहित ५६ जनालाई हिरासतमा राख्न म्याद थप >> शेयर बजारमा १९.१४ अंकको वृद्धि, ९ अर्ब ८२ करोडको कारोबार >> सुर्खेत विमानस्थलको धावनमार्गमा पानी निस्किएपछि बन्द >> उपाधिका लागि न्यू होराईजन र कान्ति माबि भिड्ने >> एमालेका गण्डकी प्रदेश सदस्य छन्त्यालसहित १३ जना माओवादी केन्द्रमा प्रवेश >> दिगो पर्यटन सहकारीको ऋण नतिरेपछि कृष्ण कुमार अर्याल पक्राउ >> निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिवसहित सचिवहरूको माग >> सार्वजनिक लेखा समितिमा सभापति पोखरेल र सदस्य मोदीबीच भनाभन >> राजतन्त्र पक्षधरलाई दिइएको छुटलाई कमजोरी नठान्नू : मन्त्री गुरुङ >> रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा वकिलको बहस सकियो >> पतञ्जली जग्गा प्रकरणको प्रतिवेदन अख्तियारमा सिफारिस >> सभापति देउवाले कांग्रेस नेताहरूसँग छलफल गर्ने

भैरहवा बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा

७ भाद्र २०७५, बिहीबार
७ भाद्र २०७५, बिहीबार

अन्य विश्व विद्यालयहरूले उपलब्ध गराएको भन्दा गुणस्तरिय शिक्षा अब बिद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराउने भएको छ । भैरहवा बहुमुखी क्याम्पसमा बिभिन्न ब्यवसायिक तथा प्राविधिक बिषयमा स्नातक तहमा भर्ना खुलेको जानकारी गराएको छ . विश्वबजारमा प्रतिस्पर्धी र जिल्ला बाहिर उपलब्ध गुणस्तरीय शिक्षण भैरहवा बहुमुखी क्याम्पसमा उपलब्ध भएको क्याम्पसले दाबी गरेको छ । क्याम्पसले विद्यार्थीले आफ्नो चाहना अनुसार रोजाईका विषयहरू पनि यही पढ्न पाउने जनाएको छ । बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी क्याम्पसले यहाँ सञ्चालित कार्यक्रमबाट उत्पादित शैक्षिक जनशक्ति उत्कृष्ट प्रतिस्पर्धीको रूपमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको माग अनुसार उत्पादन हुने भएकाले पढाइका लागि बहुमुखीलाई नै रोज्न आग्रह गरेको हो ।
भैरहवा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ईन्द्र बहादुर थापाले बहुमुखीमा उपलब्ध शैक्षिक विषयहरूका बारे समाजमा अझै राम्रोसँग सूचना प्रवाह हुन नसक्दा विद्यार्थीहरू बाहिर पढ्न जाने गरेको बताए । ‘स्थानीय ठाउँ विश्वबजारमा प्रतिस्पर्धी विषयहरू सस्तो र सर्वसुलभ रूपमा पढाइ हुन्छ, तर जानकारी नहुँदा अभिभावकले आफ्ना छोराछोरी टाढाटाढा पठाउने गरेका छन्’, उनले भने– ‘रोजाइका विषयहरू अध्ययन गर्ने अवसर स्थानीय तहमै प्राप्त छ, रोजाईका शिक्षाका लागि अभिभावक तथा विद्यार्थीहरूले घर छोड्नु पर्ने तथा बढी आर्थिक लगानी गर्नु पर्ने पुरातन बाध्यता समेत समाप्त भएको छ, यसलाई सबैले बुझ्न जरुरी छ ।’ बहुमुखीमा बि.बि.एम., बि.बि.ए., बि.आइ.एम. बि.सी.ए., बि.एस्सी पढाई हुन्छ । यस्तै विविएस, एमविएस, बि.एड., बि.ए.लगायतका स्नातकोत्तरसम्म पढाइ हुन्छ । राजधानी लगायतका स्थानमा पढाइ हुने यी विषयहरू भैरहवा बहुमुखीमा पढाइ हुने भए पनि प्रचारप्रसार नहुँदा अझै पनि कयौं विद्यार्थी जिल्ला बाहिर जाने गरेको सहायक क्याम्पस प्रमुख थापाले बताए ।
समयको गति र माग बमोजिम त्रिभुवन विश्वविद्यालयले नयाँ नयाँ शैक्षिक कार्यक्रमहरूको अनुमति दिने नीति अख्तियार गरेपछि स्थानीय आवश्यकता र माग बमोजिम विकेन्द्रिकरणको नीति अन्तर्गत रही एम.बि.एस., बि.एड., बि.एस्सी, एम.ए.नेपाली, एम.ए.समाजशास्त्र र एम.एड. अंग्रेजी, नेपाली, स्वास्थ्य तथा शारीरिक शिक्षा, पाठ्यक्रम तथा मूल्यांकनका विषयगत विधाहरूका कार्यक्रमहरू सञ्चालन गर्न शुरुवात गरेको क्याम्पसले नियमित कार्यक्रम अन्तर्गत बि.ए., बि.बि.एस. सञ्चालन गरिरहेको छ भने अन्य शैक्षिक कार्यक्रमहरू (बि.एड., बि.एस्सी., एम.बि.एस.) आन्तरिक स्रोतमा व्यवस्थापन हुने गरी त्रि.वि.संग अनुमित लिइ सञ्चालन गरेकोे छ ।
वि.सं. २०७० सालदेखि व्यवस्थापन संकाय अन्तर्गत आधुनिक र अन्तर्राष्ट्रिय मान्यता प्राप्त ४ वर्षे सेमेष्टर प्रणाली अन्तर्गतको बि.बि.एम. शैक्षिक कार्यक्रम र वि.सं. २०७४ सालदेखि सोही प्रणाली अन्तर्गतको बि.बि.ए. जस्ता शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको क्याम्पसले यसै शैक्षिक सत्रदेखि आन्तरिक स्रोतबाट व्यवस्थापन संकाय अन्तर्गत चार वर्षे सेमेष्टर प्रणालीको बि.आइ.एम., मानविकी संकायमा चार वर्षे सेमेष्टर प्रणालीकै बि.सी.ए. शैक्षिक कार्यक्रमको त्रि.वि. बाट अनुमति प्राप्त गरी सिएमएटीका लागि आवेदन माग समेत गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?