ट्रेंडिंग:

>> बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प >> मौसम पूर्वानुमान : देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना >> बुटवलमा ‘मोक्ष सभाहल’ उद्घाटन, जीवन विज्ञान र योग सिकाईने >> जेठ १७ र १८ गते रुपन्देही जिल्लास्तरीय राष्ट्रपति छनौट खेल हुने >> बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु >> रोयल सिद्धार्थ ५८ रनले विजयी >> फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ >> दाङका विभिन्न वन क्षेत्रमा सातवटा वयस्क बाघ फेला >> अवैध रुपमा गोरु ओसार पसार गर्ने दुईजना ट्रक सहित पक्राउ >> तिनाउ ड्यामसाइडमा डुबेर भारतीय युवकको मृत्यु >> परराष्ट्रमन्त्री डा.राणा र जापानी विदेशमन्त्रीबीच भेटवार्ता >> दुर्गा प्रसाईंसहित ५६ जनालाई हिरासतमा राख्न म्याद थप >> शेयर बजारमा १९.१४ अंकको वृद्धि, ९ अर्ब ८२ करोडको कारोबार >> सुर्खेत विमानस्थलको धावनमार्गमा पानी निस्किएपछि बन्द >> उपाधिका लागि न्यू होराईजन र कान्ति माबि भिड्ने >> एमालेका गण्डकी प्रदेश सदस्य छन्त्यालसहित १३ जना माओवादी केन्द्रमा प्रवेश >> दिगो पर्यटन सहकारीको ऋण नतिरेपछि कृष्ण कुमार अर्याल पक्राउ >> निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिवसहित सचिवहरूको माग >> सार्वजनिक लेखा समितिमा सभापति पोखरेल र सदस्य मोदीबीच भनाभन >> राजतन्त्र पक्षधरलाई दिइएको छुटलाई कमजोरी नठान्नू : मन्त्री गुरुङ >> रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा वकिलको बहस सकियो >> पतञ्जली जग्गा प्रकरणको प्रतिवेदन अख्तियारमा सिफारिस >> सभापति देउवाले कांग्रेस नेताहरूसँग छलफल गर्ने >> सिल्क रोड फोरमले नेपाललाई आर्थिक रूपमा सशक्त बनाउन सक्ने: तिमिल्सिना >> ‘अब कोही बेपत्ता छैनन्, सबै शहीद भइसके’ – प्रचण्ड >> भारतमा आँधीहुरीको कहरः उत्तर प्रदेशमा १४ जनाको ज्यान गयो >> सुनको मूल्य १ हजार ७ सय रुपैयाँले वृद्धि >> रवि लामिछानेको रिहाइ माग गर्दै सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाइ >> कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा >> चिया पिउने यी सामान्य ५ तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या >> जुनिचाँदे गाउँपालिकाको नक्कली छाप र रसिद सहित दुई युवा पक्राउ >> पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति >> सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत ‘आयन भी’ ब्रान्डको ‘एन्डोर्सर’ नियुक्त >> बोर्डिङ स्कुलमा निःशुल्क पढ्ने व्यवस्था >> खोला निकासी रोकिँदा निर्माण सामग्रीको अभाव >> लुम्बिनीको नीति तथा कार्यक्रममा जलवायुका मुद्दा >> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पाल्पालाई बेरुजुको साढे २० करोडको भारी >> बल्ल पुग्यो ज्यामिरेमा उज्यालो >> मानव तस्करको फन्दामा नाबालक >> बोलाएको बेला उपस्थित हुने गरी अख्तियारबाट छुटे सहसचिव भट्टराई >> चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा >> एक हप्तापछि पुग्यो तिलगाउँमा राहत, अझै पुगेन सरकार >> मायादेवीका ८ पशुपालकलाई भैसी बितरण >> गृहमन्त्रालयका सहसचिव भट्टराई अख्तियार नियन्त्रणमा >> ‘लोडसेडिङ’ सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला हो। -उर्जामन्त्री खड्का >> निर्यातमा ऐतिहासिक छलाङ, १० महिनामै २ खर्ब १७ अर्ब पुग्यो >> त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा >> कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर >> बैजनाथ गाउँपालिकाको मूलगेटमा उपाध्यक्ष रोकायाले लगाइन् ताला

मुलुकी ऐनको पाइला(सम्पादकीय)

३ भाद्र २०७५, आईतवार
३ भाद्र २०७५, आईतवार

भदौ पहिलो दिनदेखि लागू भएको नयाँ मुलुकी संहिता कार्यान्वयनमा आएको छ । ७७ ओटै जिल्लामा जिल्ला अदालतले मुलुकी संहिता शुभारम्भ गरेका छन् । नयाँ मुुलुकीसंहिता कार्यान्वयनका लागि ७७ जिल्ला अदालतले जनचेतनामूलक, प्रचारमूलक, सन्देश र सूचनामूलक कार्यक्रम गरी मुलुकी संहिता शुभारम्भ भएको घोषणा गरे । कानुन व्यवसायी, प्रहरी र सरकारी वकिलको कार्यालयहरूसँग जिल्ला अदालतले समन्वय गरी मुलुकी संहिता कार्यान्वयन भएको घोषणा गरेका हुन् । यो ऐन कार्यान्वयनका क्रममा आएका बाधा अड्काउ फुकाउन सकिने भएकाले अब सबैले आ–आफ्नो स्थानबाट ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने कानुनविद्ले धारणा राखेका छन् । उनीहरूले मुलुकी ऐनका बारेमा कतिपयको असन्तुष्टि भए कानुन कार्यान्वयनका क्रममा संशोधन गरेर भए पनि ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । ऐनमा कतिपय गुनासा उठेका छन् । तर पनि कानुन कार्यान्वयन गर्नुपर्ने राय उनीहरूको छ ।
कानुन सबैका लागि आवश्यक हुन्छ । कानुनले नै मानिसलाई ठीक ठाउँमा उभ्याउने गर्छ । तर, कानुन ठूलालाई चैन र सानालाई ऐन बन्नुहुँदैन । यसो भयो भने त्यो कानुन नभएर ठूलाबडाको बोली बन्न पुग्छ । अहिलेसम्म नेपालको अवस्था हेर्दा कानुन बडाको बोली बन्दै आएको छ । अपवादबाहेक ठूलाबडालाई कानुन निकै कम आकर्षित हुँदै आएका तमाम तथ्यहरू छन् । मुलुकी ऐनलाई त्यस्तो बनाइनु हुँदैन । पैसाले चोखिने एकखालको परम्पराजस्तो बनेको छ । त्यसो त पौराणिक कालदेखि नै मानिसका जात, धर्म किनबेच भएका तमाम उदाहरण छन् । अहिले पनि कतिपय ठाउँमा जरिमाना तिराएर जात खसेका मानिसलाई चोख्याउने गरिएका घटना छन् । ती अबैज्ञानिक र परम्परावादी चलनहरू हुन् । सामन्ती संस्कारहरू हुन् । लिखित कानुन बनाएपछि को राष्ट्रपति, को प्रधानमन्त्री, को पहुँचवाला, को सर्बसाधारण सबैलाई कानुन एकैप्रकारले आकर्षित हुनुपर्छ । यसमा तलमाथि गरियो भने त्यसप्रकारको विभेदले मानिसलाई त खाइदिन्छ नै, त्यसले कानुनलाई पनि खाइदिन्छ । यो कुरा कानुनका अक्षरहरूमा खेल्नेले बुझ्नु आवश्यक हुन्छ ।
जेहोस्, मुलुकी ऐनको नामबाट अबदेखि कानुन आएको छ । यो कानुनलाई तत्कालै सर्बसाधारण नागरिकले बुझ्न नसक्ने अवस्था पनि होला । त्यसैले यसको प्रचारप्रसार गरिनु आवश्यक छ । आम जनतालाई कानुन बुझ्नु र बुझाउनु आवश्यक पर्छ । नेपालमा लगभग लामो समयसम्म पञ्चायतकालीन कानुन आकर्षित भएको थियो । जसलाई मानिसले काइते कानुन भनेर पनि चिन्थे । नयाँ मुलुकी ऐन नआएको अवस्थासम्म त्यहि काइते कानुन लागू भइरहेको थियो । जसले न्याय दिनुको साटो मानिसलाई यातनामात्र दिइरहेको थियो । अदालतमा न्याय खोज्न गएका मानिसले लामो समय बिताउनु पथ्र्यो । युवा अवस्थामा न्याय माग्न अदालत पसेका मानिसहरू सेतै कपाल हुँदासम्म पनि न्याय नपाएका तमाम उदाहरण छन् । नयाँ दिने मानिसले लामो समय लिएर मानिसको समय बर्बाद पार्दा कुन कानुन आकर्षित हुने ? त्यसको पनि मुलुकी ऐनमा ब्यवस्था हुनुपर्छ । बाँझिएका, अपुग भएका कुराहरूलाई संशोधन र समाबेस गरेर लैजानु पर्छ । यसतर्फ न्याय कानुन ब्यबसायीले छलफल, विचार मन्थन गर्दै जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?