ट्रेंडिंग:

>> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी

(सम्पादकीय)वन दिवस मनाउँदा सोंच्नैपर्ने कुरा

२५ श्रावण २०७५, शुक्रबार
२५ श्रावण २०७५, शुक्रबार

(सम्पादकीय)वन दिवस मनाउँदा सोंच्नैपर्ने कुरा

आज वन दिवस हो । बैज्ञानिकहरूका अनुसार मानिसको जीवन वनबाट विकसित भएको हो । बुटवलमा पाइएको रामापिथेकसको दन्तले पनि यो कुरा प्रमाणित गरेको छ । रामापिथेकस कुनै शहर बजारमा नभएर वनमा पाइनु नै वनसँग जोडिएको एउटा ज्वलन्त प्रमाण हो । वानरबाट नर बन्ने क्रममा जब मानिसले दुई खुट्टाले टेकेर हिँड्न थाल्यो र वनमा भोजनको खोजीमा आउने क्रममा बुटवलको जंगलमा आइपुग्यो त्यो रामापिथेकसको अवस्था हो । यो नाम बैज्ञानिकहरूले राखेका हुन् । यसले पनि भन्न सकिन्छ कि मानिस सभ्यताको सिँढीमा पाइला टेक्ने क्रममा वनको भूमिका निकै महŒवपूर्ण छ । मानिसको विकास क्रम वा उत्पत्ति पानीबाट भएको बैज्ञानिकहरूले प्रमाणित गरेका छन् । मानिस बहुकोषीय प्राणी हो । पानीमा उत्पत्ति भएको एक कोषीय जीबबाट बहुकोषीय जीबहुँदै पानी र जमीनमा बस्न सक्ने जीब बन्यो । जमीनमा बाँच्नको लागि श्वास प्रश्वास लिने त्यहि किसिमका अंगहरू विकसित भए । आहारको लागि जमीनमा हिँड्ने क्रममा लाखौँ बर्षमा बानरमा विकसित भयो । वानर बनेपछि वनमा रहन थाल्यो । एकल जीवनबाट संयुक्त रूपमा बस्यो । ओडार, गुफाजस्ता सुरक्षित ठाउँ खोज्यो । वनका फलफूल, कन्दमूल खान थाल्यो । त्यहि वानरको एउटा प्रजाति एप बालुवाले भरिएको मरुभूमिमा हिँड्ने क्रममा लाखौँ बर्षको यात्रामा उसका पाइतला विकसित भए । पुच्छरको आवश्यकता नहुँदा त्यो लोप भयो । ठाडो भएर हिँड्न थाल्यो । त्यो विकसित अवस्थालाई बैज्ञानिकहरूले नर भनेर नामाकरण गरेका छन् । रामापिथेकस त्यहि अवस्थाको एउटा पुस्ता हो ।
वनसँग मानिसको सम्बन्ध अहिले पनि घनिष्ठतम रूपमा जोडिएको छ । भन्ने गरिन्छ वनबाटै जीवन नामाकरण भएको हो । वनले मानिसलाई निकै धेरै खजाना लुटाएको छ । त्यसमा आवास निर्माणको लागि काठ, इन्धनको लागि दाउरा, मासुको लागि जंगली जनाबर, घरपालुवा जनाबरका लागि घाँस, घर छाउनका लागि खर, दाम्ला, नाम्ला, बाट्नका लागि पटुवा, डोका बुन्नका लागि चोयाँ, तरकारीको लागि तामा, च्याउ, निहुरो, वन्य फलफूललगायतका अनेक प्रजातिका खजाना मानिसलाई दिने गरेको छ । तर, मानिसले जंगललाई के दियो यो खोजीको विषय बनेको छ । वनले मानिसलाई शुद्ध अक्सिजन दिन्छ । जुन अक्सिजन मानिसको लागि प्राण बायु हो । मानिसको लागिमात्र नभएर सबै प्राणीको लागि प्राण बायु हो । वनले मानिसलाईमात्र हैन, करोडौँ प्रजातिका जीबजन्तु, किट पतंगको लागि आश्रय दिएको छ । अनकेन प्रजातिका सुन्दर फूलहरू वनमा पाइन्छन् । वनमा फूल्यो फूलै फूल मनमा चल्यो बासना वनको एउटा गीती महिमा हो । अनेक प्रजातिका कन्दमुलहरू पाइन्छन् । अनेक प्रकारका औषधीय जडिबुटीहरू वनले मानिसलाई दिएको छ । र, पनि फेरि प्रश्नै गर्नुपर्ने हुन्छ मानिसले वनलाई के दिएको छ ?
वनलाई जोगाउनु पर्छ, यसको हरियाली यथावत राख्नुपर्छ भनेर भाषणहरूमा निकै शब्दहरू खर्च गरिन्छ । देशको वन हेर्नको लागि संघीय, प्रदेश सरकार निर्माण भएको छ । त्यहि किसिमले तलसम्म विभिन्न निकायहरू बनाइएको छ । त्यसमा कार्यरत कर्मचारी, पदाधिकारीहरूले महिनामा लाख हैन, करोड रूपैयाँ तलव, भत्ता, गाडी, इन्धनमा उडाएका छन् । तर, जंगलमा उनीहरूले पाइला टेकेका छन् कि छैनन् ? यो पनि एउटा सोध्नुपर्ने प्रश्न बनेका छ । उनीहरूबाट जंगल त जोगिएको छैन नै, बरु वन माफियाहरू पाल्ने, पोस्ने र पोसिने काम भएको छ । रूप पक्षको सानो योजना जनतालाई देखाउने र सार पक्षमाथि लुटान् गरिएको छ । वनसँग जोडिएका पदाधिकारीले आलो रुखमा आगो लगाएर सुकेको रुख भन्दै कटानी गरी बेच्दै आएका छन् । यस्ता काममा वन मन्त्रालयले सघाएको छ । वनमन्त्री हुनुलाई फाइदावाला मन्त्रालयको रूपमा लिने गरिन्छ । आँकडा हेर्दा पनि यो कुरा प्रमाणित हुन्छ । जुन वनले मानिसको सभ्यता विकास गरेको हो, त्यहि वनलाई आजका धुन्धुकारीहरूले सखाप पार्दै लगेका छन् । यो प्रकृतिमाथि गरिएको ठाडो बलात्कार हो । यसलाई रोक्ने जिम्मा जनताको हो । वन दिवस मनाइरहँदा यो कुरा सबैले मनन गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?