ट्रेंडिंग:

>> सामुदायिक वन र नगरपालिकाको साझेदारीमा पूर्वाधार विकास >> भुतहा–महेशपुर सडक पिच हुँदा स्थानीयलाई राहत >> एनसेल र जीएसएमएसँग सहकार्य >> नवनियुक्त गभर्नर पौडेलले आज पदभार ग्रहण गर्दै : वित्तीय क्षेत्र गतिशील बनाउने मुख्य चुनौती >> नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (सूची) >> सरकार हुनुको अनुभूति दिलाउ >> औपचारिक नहोस् नीति तथा कार्यक्रम >> गाउँमै भविष्य देख्ने आँट >> कम तौलको शिशुः आमाको खुसी खोस्दै… >> चार वायु थप सक्रिय, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> ११४ केजी गाँजासहित बाँकेमा तीन जना पक्राउ >> रोटरी क्लव अफ बुटवल चौतारीले गर्यो आरसी पोखरा भ्यालीको स्थापना >> विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त >> देवीनगर क्रिकेट प्रिमियर लिग २०८२, रोयल सिद्धार्थ विजयी >> प्रहरी र प्रशासनको रोहबरमा खोलियो होटल ब्यवसायी संघको ताला >> कान्ति माबि अन्तिम चारमा, न्यू होराईजन र नयागाउ क्वाटरफाईनलमा >> विश्व पौडेलसहित गभर्नरमा ३ जनाको नाम सिफारिस >> काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसँग स्पष्टीकरण माग >> भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु >> ‘महत्वपूर्ण एजेण्डा नभएकाले बैठक बहिष्कार गरेका हौ’ >> नेप्से परिसुचक बढ्दा, कारोबार भने घट्यो >> ईलाका प्रशासन सेमरीमा शाखा अधिकृत नहुँदा सेवाग्राहीलाई समस्या >> गभर्नरमा विश्व पौडेल नियुक्त हुने निश्चित >> गभर्नर सिफारिस समिति र मन्त्रिपरिषद्को बैठक आजै >> साइबर अपराधमा शुद्धोधन गाउँपालिका अध्यक्ष पक्राउ >> पोखरा आसपासका क्षेत्रहरूमा भूकम्पको धक्का >> निःशुल्क स्वास्थ्य शिविरमा नागरिकको उत्साह >>  मन्त्रिपरिषद् बैठक बोलाइयो, गभर्नर नियुक्तिको बाटो खुल्ने संकेत >> सम्झौता नगर्ने हो भने प्रधानमन्त्रीलाई हेलिकोप्टर चढाएर जान छुट दिनुपर्छ: राजेन्द्र लिङ्देन >> मिटर ब्याज पीडितलाई न्याय दिलाउने माग गर्दै सांसद सुमना श्रेष्ठको संसदमा प्रश्न >> प्रधानमन्त्री ओली र शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता >> लुम्बिनी ईन्टरनेश्नल कराते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन >> रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ जारी >> सुनको भाउ स्थिर, चाँदीको भाउ सामान्य घट्यो >> नेपाललाई थाइल्यान्डले ७८ रनले हरायो >> विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तीको गोबरमार्फत >> पानी पिउँदा गलत त गरिरहनुभएको छैन, उसो भए यो ४ तरिका जान्नुहोस् >> रामपुर पूर्णखोप दीगोपना सुनिश्चित पालिका >> ई–रिक्सा श्रमिक महिलाका पीडा सम्बोधन कहिले ? >> सगरमाथा सम्बादको सन्देश >> आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने >> भेरीमा जलनका बिरामीको चाप >> अनलाइन टिभी पत्रकार संघ लुम्बिनी प्रदेशको नेतृत्वमा अधिकारी >> आजको मौसमः बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने >> बुद्धपद्ममा जंकफुड निषेध >> लुम्बिनीको नीति तथा कार्यक्रम : स्रोतबिना दर्जनौं योजनाको चाङ >> जेके वारियर्सको दोस्रो जित >> कान्ति, दीप, नबिन र ईडन विजयी >> समृद्धि हेयर ड्रेसिङ एकेडेमीलाई आईएसओ प्रमाणपत्र, ३६६ विद्यार्थीले पाए सिपको प्रमाणपत्र >> साईबर अपराधबारे एक दिने सचेतना कार्यक्रम

गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन

२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

भैरहवा, २२ मंसिर ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनको माग गर्दै ब्यवसायीहरुले भैरहवामा विरोध प्रदर्शन गरेका छन् ।

भैरहवाको देवकोटा चोक, मिलन चोक, विद्रोही चोक, बर्मेलीटोल हुँदै बुद्ध चोकसम्म र्याली तथा प्रदर्शन गर्दै ब्यवसायीहरुले विमानस्थल पूर्णरुपमा सञ्चालन नभएसम्म निरन्तरुपमा विरोध प्रदर्शनका कार्यक्रम गर्ने बताएका छन् ।

रुपन्देहीमा रहेका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले पुर्व घोषित कार्यक्रम अनुसार आज भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो । भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुंगिएको थियो ।

प्रदर्शनमा सहभागीहरुले विमानस्थलमा अ्रध्यागम, भन्सार, क्वारेन्टाइन, हुलाक, श्रम,स्वास्थ्य परीक्षण लगायत विमानस्थलसंग सम्बन्धित सरकारी कार्यालय स्थापना गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

सरकारले आफ्ना माग पूरा नगर्दासम्म आन्दोलन जारी रहने सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । यसअघि सञ्जालले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएर अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरेको थियो ।

‘एक महिनाअघिदेखि आन्दोलन घोषणा गरेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझायौं तर माग सम्बोधन हुने छांटकांट नदेखेपछि सडकमा उत्रिनुको विकल्प भएन’–ज्ञवालीले भने–‘विमानस्थललाई हेरेर होटल तथा पर्यटन व्यवसायमा निजी क्षेत्रको ६० अर्ब बढी लगानी भइसकेको छ, तर अन्तर्राष्ट्रिय उडान हुन नसक्दा व्यवसायी लगानी डुब्ने चिन्तामा छन् ।’

सञ्जालका संयोजक चन्द्रप्रकाश श्रेष्ठले माग सम्बोधन नभएपछि व्यवसायीहरु वाध्य भएर सडकमा उत्रिएको बताए । डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको विमानस्थलबाट केही समय जजिरा र हिमालयन एअरलाइन्सले उडान गरेपनि झण्डै एक वर्षदेखि रोकिएको छ । हाल विमानस्थलबाट बुद्ध, यति, श्री एअरलायन्सका १५ वटा जहाजले आन्तरिक उडान गरेका छन् ।

सिद्धार्थ सञ्ञजालसंगै नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी र सिद्धार्थ उद्योग बाणिज्य संघ पनि विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमको जहाजबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गर्न माग गर्दै छुट्टै आन्दोलनमा छन् ।

राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी विमान कम्पनी आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाजबाट नियमित सेवा सुरु गर्नुपर्ने व्यवसायीको माग छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानमध्ये कम्तीमा २५ प्रतिशतलाई अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानको व्यवस्था मिलाउनुपर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरणका लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकामा त्यो छुट थप एक वर्षसम्मका लागि निरन्तरता दिनुपर्ने व्यवसायीको माग छ । माग सम्बोधन नभए उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था विमानस्थलमा धर्ना दिने,आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?