ट्रेंडिंग:

>> एक हप्तापछि पुग्यो तिलगाउँमा राहत, अझै पुगेन सरकार >> मायादेवीका ८ पशुपालकलाई भैसी बितरण >> गृहमन्त्रालयका सहसचिव भट्टराई अख्तियार नियन्त्रणमा >> ‘लोडसेडिङ’ सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला हो। -उर्जामन्त्री खड्का >> निर्यातमा ऐतिहासिक छलाङ, १० महिनामै २ खर्ब १७ अर्ब पुग्यो >> त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा >> कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर >> बैजनाथ गाउँपालिकाको मूलगेटमा उपाध्यक्ष रोकायाले लगाइन् ताला >> शेयर बजार ७.९४ अङ्कले घट्यो, कारोबार रकम भने बढ्यो >> महिला तथा सामाजिक समितिको बैठकमा माइक प्रहार, सांसद र सभापतिबीच भनाभन >>  सिंहदरबारमा शिक्षा समिति बैठक सुरू >> काठमाडौँको गौशालामा यात्रुबाहक बस दुर्घटना, तीन घाइते >> बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ >> रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित >> सिमराबाट उपचार गर्न काठमाडौँ ल्याउँदै गर्दा एक जना महिलाको विमानमै मृत्यु >> १ हजार र ५० रुपैयाँका नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय >> ४ लाखभन्दा बढी ठगी गर्ने ट्राभल्स सञ्चालक पक्राउ >> भैरवनाथ मन्दिर समिति गठन विरुद्ध उच्च अदालतद्वारा अन्तरिम आदेश >> दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनुहोस् >> यतिसम्म बन्याे किर्तिपुर क्रिकेट रंगशाला (फाेटाेफिचर) >> स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यकः स्वास्थ्य मन्त्री >> नवनियुक्त गभर्नरले लिए पद तथा गोपनियताको सपथ >> अर्थमन्त्री र नवनियुक्त गभर्नरबीच भेटवार्ता >> एकैदिन ५ हजारले बढ्यो सुनको मुल्य >> सामुदायिक वन र नगरपालिकाको साझेदारीमा पूर्वाधार विकास >> भुतहा–महेशपुर सडक पिच हुँदा स्थानीयलाई राहत >> एनसेल र जीएसएमएसँग सहकार्य >> नवनियुक्त गभर्नर पौडेलले आज पदभार ग्रहण गर्दै : वित्तीय क्षेत्र गतिशील बनाउने मुख्य चुनौती >> नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (सूची) >> सरकार हुनुको अनुभूति दिलाउ >> औपचारिक नहोस् नीति तथा कार्यक्रम >> गाउँमै भविष्य देख्ने आँट >> कम तौलको शिशुः आमाको खुसी खोस्दै… >> चार वायु थप सक्रिय, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> ११४ केजी गाँजासहित बाँकेमा तीन जना पक्राउ >> रोटरी क्लव अफ बुटवल चौतारीले गर्यो आरसी पोखरा भ्यालीको स्थापना >> विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त >> देवीनगर क्रिकेट प्रिमियर लिग २०८२, रोयल सिद्धार्थ विजयी >> प्रहरी र प्रशासनको रोहबरमा खोलियो होटल ब्यवसायी संघको ताला >> कान्ति माबि अन्तिम चारमा, न्यू होराईजन र नयागाउ क्वाटरफाईनलमा >> विश्व पौडेलसहित गभर्नरमा ३ जनाको नाम सिफारिस >> काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसँग स्पष्टीकरण माग >> भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु >> ‘महत्वपूर्ण एजेण्डा नभएकाले बैठक बहिष्कार गरेका हौ’ >> नेप्से परिसुचक बढ्दा, कारोबार भने घट्यो >> ईलाका प्रशासन सेमरीमा शाखा अधिकृत नहुँदा सेवाग्राहीलाई समस्या >> गभर्नरमा विश्व पौडेल नियुक्त हुने निश्चित >> गभर्नर सिफारिस समिति र मन्त्रिपरिषद्को बैठक आजै >> साइबर अपराधमा शुद्धोधन गाउँपालिका अध्यक्ष पक्राउ >> पोखरा आसपासका क्षेत्रहरूमा भूकम्पको धक्का

माटो दिवसमा उत्पादन ह्रासको चिन्ता

१७ मंसिर २०८०, आईतवार
१७ मंसिर २०८०, आईतवार

‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी शनिबारदेखि विश्व माटो दिवस मनाइँदैछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यो बर्ष मङ्सिर १६ गतेदेखि १९ गतेसम्म विभिन्न कार्यक्रम गरि विश्व माटो दिवस मनाउन सुरु गरिरहेको बेला माटोको गुणस्तरका बिषयमा प्रचारप्रसार तथा मोटोको परीक्षण लगायतका बिषय अहिले प्राथमिकतामा परेका छन । माटो दिवस मनाईदै गर्दा प्रत्येक बर्ष भूक्षय तथा अत्यधिक बर्षातका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेकोले यो आगामी पुस्ताका लागि चुनौतिका रूपमा देखिएको छ । त्यस्तै नेपालमा ३४ प्रतिशत जमिनमा भूक्षय भएको छ । नेपालको माटोमा सबभन्दा समस्या देखिएको अम्लीयपना हो र त्यो रासायनिक मल बढी प्रयोग भएका कारणले हो भन्दा अत्युक्ति हुँदैन । अहिले प्राङ्गारिक मलको प्रयोग निकै कम भइरहेको छ । संयुक्त राष्ट्रसंघको ६८ औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको हो । माटो दिवसको कार्यक्रम मूलतः किसान लक्षित हुनुपर्ने हो तर संघीय राजधानी काठमाण्डौंमा बसेर मन्त्रालय र मातहत विभागका कर्मचारीले यो दिवस मनाउँदै औपचारिकता पूरा गर्दै आएका छन । जसका लागि यो कार्यक्रमको महत्व र उद्देश्य बुझाउनु पर्ने हो आज त्यही समूह दिवसबाट अनभिज्ञ छ । त्यसै त नेपालमा कृषि क्षेत्र घटदै गएको छ । कृषि प्रधान मुलुक नेपाल भनिएपनि अहिले गैर कृषि क्षेत्र बढ्दै गएको छ । बढ्दो सहरीकरणको कारण खेतीयोग्य जमिन घट्दै गएको छ । त्यसमाथि उत्पादनमा ह््रासको समस्या भयावह बन्दै गएको छ । यो बिषयमा नेपाल सरकारले समयमै ध्यान दिएर बिकल्पको विषयमा सोचिएन भने माटोको सुरक्षा केवल नारामात्रै बन्ने स्थिति हुनसक्छ ।

पछिल्लोसमय माटोको उर्बरा शक्तिमा कमी आइरहेको छ । यो चिन्ताको कुरा हो । दिवस मनाउँदै गर्दा माटो सुरक्षाको बिषयलाई अधिक महत्व दिनु जरुरी छ । त्यसै त रासायनिक मलको बढ्दो प्रयोगले मानव स्वास्थ्यमाथि दिर्घकालीन प्रभाव पर्ने देखिएको छ । अर्कोतर्फ विडम्वना के छ भने रासायनिक मल नहाली उत्पादन हुनै छाडेको छ । जैविक मलको प्रयोग बढाउनु पर्ने हो तर पशुपालन घट्दो अवस्थामा रहेकोले जैविक मलको पर्याप्त पहुँच छैन । विस्तारै माटो क्षयीकरण हुँदै गएको छ । माटोको उत्पादनमा भारी कम आएको छ । यी सवैका पछिको कारण खोतल्ने प्रयास माटो दिवसका अवसरमा हुनु जरुरी छ । निश्चित रूपमा नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश कृषक अझैपनि कृषिमा आश्रित छन । कृषिका लागि मुख्य भनेको माटो नै हो । तसर्थ माटोको संरक्षण, सम्वद्र्धनमा ध्यान दिनुपर्ने जरुरी छ । माटो विज्ञहरूले माटोको गुणस्तर दिनदिनै ह्रास भइरहेकोले त्यसलाई कसरी जोगाउन सकिन्छ त्यसको बारे सबैले सोच्नुपर्ने बताईरहेका छन । वास्तवमा माटो संरक्षण पछिल्लोसमय चुनौतिको विषय बनिरहेको अवस्थामा माटो दिवसले यो महत्वपूर्ण एवं गंभीर बिषयमा बृहद छलफल र अन्तरक्रिया गरोस् । अवका दिनमा माटोको संरक्षणमात्र होइन माया पनि जरुरी छ । त्यसै त माटोमा क्षारीय र अल्मीलयपन बढिरहेको छ । यो विषयमा अवको बहसमात्रै होइन दूरदराजका किसानलाई सचेत गर्नुपर्ने खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?