© २०२३
बुटवल, १७ मंसिर । पश्चिम पाल्पाको रैनादेवी छहरा गाँउँपालिका वडा नं. ४ अमलावासको नामनै सुन्तला गाउँ भनेर चिनिन थालेको छ । अमलावासको पूरै गाउँ सुन्तला खेतीले ढाकेको छ । यहाँका कृषकले अन्य खेतीबाली छोडेर सुन्तला खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । गाउँमा २०४० सालमा पहिलोपटक सुन्तला लगाएर चर्चामा आएका गाउँका अगुवा यमलाल कोइराला नै सुन्तला खेतीको प्रेरणा मानिन्छन् । मकै, कोदो र गहुँ आदि फल्ने बारीमा सुन्तला रोप्दा आलोचना खेपेका कोइरालालाई पहिलो वर्ष गाउँमा ‘पागल’ को उपमा पाएका थिए । तर लगाएको तीन वर्षमै कोइरालाले सुन्तलाबाट २० हजार आम्दानी गर्न सफल भएपछि गाउँका अन्य व्यक्तिले सिको गरी सुन्तला खेती गर्न थालेका थिए । अहिले यहाँका प्रत्येक परिवारले एक सयदेखि पाँच सयसम्म सुन्तलाका बोट लगाएका छन् ।
प्रशस्त आम्दानी देखिएपछि अमलावासवासी अन्य खेती छोडेर सुन्तलातिर आकर्षित भएका हुन् । अमलावासमा ५० घरपरिवारको मुख्य आम्दानी नै सुन्तला खेती भएको छ । अमलावास क्षेत्रमा एक कृषकल दुई लाख देखि १५ लाख रूपैयाँको सुन्तला बिक्री गर्दै आएका सुन्तला व्यवसायी चेतनारायण न्यौपानेले बताउँछन् । उनी भन्छन्–‘२५ वर्ष अगाडी भारतमा गर्दै आएको काम छोडेर गाँउमै सुन्तलाको विरुवा रोपेको छु । १५ वर्षदेखि सुन्तला खेतीवाट आम्दानी गर्दै आएको छु, यसैबाट ४ जना छोराछोरी पढाएँ, घरखर्च चलाएँ ।’
सुन्तला खेतीकै आम्दानीवाट सबैको बिवाह दान गरेर उम्केको उनी बताउँछन् । उनले यो वर्ष पनि करिव दश लाखको सुन्तला बेच्ने आशा पालेको छन् । रोग निम्त्याउने किराको व्यवस्थापन समयमै भएकाले सुन्तलाको उत्पादन राम्रो भएको कृषक न्यौपानेले बताउँछन ।
उत्तरतर्फ फर्केको जमिन, ओसिलो जमिन, हिमालका प्रशस्त भूभाग देखिने स्थान भएकाले सुन्तला खेतीलाई आवश्यक पर्ने हावापानी सुहाउँदो हुँदा उत्पादन पनि राम्रो हुने सुन्तला व्यवसायी तथा अमलावास सुन्तला तथा फलफुल समुहका अध्यक्ष कृषक सरोज पोखरेलले बताए गाउँमा अचेल बुढाबुढीको पेन्सन भनेकै सुन्तला भएको स्थानीयको भनाई छ ।
व्यापारीले किसानको बारीमा पुगेर प्रतिकेजी ६० रूपैयाँदेखि ९० रूपपैयाँसम्म सुन्तला खरिद गरेका छन् । सुन्तला गाउले परिचित यो गाउँमा पछिल्लो समय अन्य ठाउँका सुन्तला कृषक समेत सुन्तला बगैचाको अवलोकनमा आउने गरेका छन । पश्चिम पाल्पाको सुन्तला राम्रो ठुलादाना र सफा भएकै कारण बिर्की गर्न कुनै कठीनाइ नहुने सुन्तला व्यापारीहरू बताउछँन् । पश्चिम पाल्पासंगै अर्घाखाँची जिल्लाबाट समेत दैनिक दर्जन गाडीमा सुन्तला बजारतर्फ गैरहेको पाइन्छ । उत्पादीत सुन्तला सदरमुकाम तानसेनसंगै बुटवल र भैरहवा नेपालगञ्ज सम्ममा बिक्री हुन्छ ।
पाल्पाबाट मात्र वार्षिक १८ करोडको सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । अहिले पाल्पामा स्थानीयले जमिनको अवस्था अनुसार ५० देखि सात सयसम्म बिरुवा लगाएर सुन्तला खेती गर्दै आएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सोमादी, भुवनपोखरी, मुझुग, छहरामा राम्रो सुन्तला उत्पादन हुन्छ । यस क्षेत्रका किसानले वार्षिक रु. १५ लाखसम्म आम्दानी गर्छन् । जिल्लाकै रिब्दीकोट गाउँपालिकाको पालुङ मैनादी, कुसुम खोला, भैरवस्थान, खस्यौली, बगनासकाली गाउँपालिकामा व्यावसायिक रूपमा सुन्तला खेतीप्रति युवापुस्ता आकर्षित बनेका छन् । पाल्पाबाट वार्षिक ५० हजारभन्दा बढी सुन्तलाका बिरुवा बाहिरी जिल्लामा जाने गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी