© २०२३
बुटवल, ११ मंसिर । सैनामैना नगरपालिकामा मंगलबारदेखि हुने जिल्ला स्तरिय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । भलिबल खेलको विकास र खेलाडीलाई प्लेटफर्म उपलब्ध गराउने उदेश्यका साथ दुधराक्ष युवा क्लबको आयोजनामा ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तर भलिबल प्रतियोगिता हुन लागेको हो ।
थारु जातीको बाहुल्यता रहेको सैनामैनाको विकासमा योगदान दिएकी समाजसेवी महिला स्वर्गिय ढुण्डी थारुको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलनमा क्लबमा अध्यक्ष किरण पोखरेलले बताए । प्रतियोगिताको खेल मैदान, टिम दर्ता, प्याराफिट र मंच निर्माणको काम पुरा भएको उनले बताए । दर्शकलाई अवलोकन सहज हुने गरि करीब २ हजार क्षमताको अस्थाई प्याराफिट बनाईएको उनले बताए । सैनामैना कलौनीमा मैदान तयार भएको छ । मंगलबार उद्घाटन खेल रुपन्देही र पाल्पा जिल्ला भलिबलका बिच हुने उनले बताए । सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिबाट सहयोग र ब्यवसायिक प्रति, टिकट र पार्किङबाट आम्दानी हुने लक्ष्य आयोजकको रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण तथा उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतिय टिमले नगद ४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णु प्रसाद पाण्डेले बताए । यसैगरि सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी प्रदेश खेलकुदका लागि उवरर्भुमि भएको दाबी गरे । एथलेटिक्स, भलिबल, फुटबल, क्रिकेट लगायत अधिकास खेलाडी उत्पादनमा रुपन्देही अगाडी रहेको भन्दै यसमा सरकारी र नीजि क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनले बताए । ‘सरकार लगानीमात्र नभई स्थानिय खेलप्रेमी, समाजसेवीहरुको निरन्तर सहयोग र योगदान कै कारण लुम्बिनी अगाडि आउन सफल भएको हो ।’—उनले भने । राष्ट्रिय खेल भलिबलको विकाससंगै खेलको अन्तराष्ट्रिय नियममा रहेर आयोजना गर्न उनले सुझाव दिए ।
कार्यक्रममा नेपाली काग्रेस पार्टी नगर सभापति रण बहादुर खनाल, सैनामैना नगरपालिका वडा नं ७ का वडाअध्यक्ष राजकुमार चौधरी, रुपन्देही भलिबल संघका उपाध्यक्ष राम बहादुर थापाले सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा रेफ्रि संघ लुम्बिनी प्रदेशका अध्यक्ष बुद्धि बश्यालले लिक कम नकआउट आधारमा खेल खेलाईने बताए । सहभागी टिमलाई ४ वटा पोलमा बाडेर बेष्ट अफ फाईभमा खेलाईने उनले बताए ।
कार्यक्रममा क्लबका सचिव पदम पाण्डेले राष्ट्रिय खेल घोषणा भएसंगै यसको विकास र खेलाडी उत्पादनमा जोड दिन जरुरी रहेको उनले बताए । क्लब स्थापना भएसंगै युवाहरुलाई एकतावद्घ गर्दै नेतृत्व विकास र सामाजिक कार्यमा अग्रसर गराउदै आएको उनले बताए। छात्रवृत्ति वितरण, ट्राफिक सचेतना, लागुऔषध दुब्यसनी, रक्तदान, वृक्षारोपण, निशुल्क स्वस्थ्य शिविर गर्दै आएको उनले बताए ।
मंसिर १७ गतेसम्म संचालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशभित्रका र अन्यजिल्ला गरि १२ टिमहरुले भाग लिने छन । प्रतियोगिता संचालन गर्न १६ लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ ।
भिडियो सामग्री
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी