ट्रेंडिंग:

>> आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै >> थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास >> लोक सांस्कृतिक महोत्सवले संस्कृतिको प्रवद्र्धन गर्छ : मन्त्री थापा >> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी >> मसिना युवा क्लबद्वारा तीन दिवसीय भलिबल प्रतियोगिता सुरु >> कन्चनमा प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी तालिम सुरु >> टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभी ब्रान्डको स्थानमा >> सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने >> दैलेखमा अन्तरपालिकास्तरीय खेलकुद प्रतियोगिता >> लुम्बिनीका मुख्यमन्त्रीको दोहोरो चरित्रः शिखर सम्मेलनमा ७ करोड खर्चिदा बालमैत्रीको बजेटमा बेवास्ता >> प्रदिप र अभिलाषा उपाधि रक्षाको दाउमा >> कर्णालीको पानी लम्की ल्याइँदै, मुख्यमन्त्री शाहद्वारा आयोजनाको शिलान्यास >> गाउँबस्ती सफा राख्न अन्तक्र्रिया >> लुम्बिनी प्रदेश सभाको बैठक ६ मिनेटमै सकियो >> स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन सांसद घिमिरेको माग >> नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित >> सहमती कार्यान्वयनको माग राख्दै बर्दघाटमा धर्ना >> फोहोर जलाउने क्रममा घरमा आगलागी, दुई लाख ३० हजारको क्षति >> रुपन्देही र इलामका होटेल व्यवसायीको माग : पर्यटनलाई सरकारले मुख्य एजेण्डा बनाओस् >> देवदह नगरपालिकामा उपभोक्ता समितिको परिचालन र व्यवस्थापन >> रुन्न बरिलै भन्दै आइन् सुजाता >> दुई बर्ष भित्र घोराही लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने तयारी >> टी- २० सिरिज: नेपालले आज नामिबियाको सामना गर्दै, जित्नैपर्ने दबाबमा नेपाल >> उद्घाटन खेलमा लुम्बिनी टिम गण्डकीसंग खेल्दै >> सरकारद्वार स्वर्गद्वारी गुठीपीडित किसानसंग वार्ता समिति गठन >> हिउँदयाम सकियो, आजदेखि प्रिमनसुन सुरु >> लुम्बिनीको हिउँदे अधिवेशन आजदेखि, शनिबार प्रधानमन्त्रीले सम्बोधन गर्ने >> ठेकेदार लापरबाहीले नागरिकलाई सास्ती >> लुम्बिनी स्वच्छतामा बढ्दो लापरवाही >> दादुरा रुबेला खोपः बालबालिकाको जोगाउँछ जीवन >> आठ वर्षमा बन्यो प्रदेशको लैंगिक नीति, छिट्टै कार्यान्वयनको आशा >> प्रिन्टेड पेपर ‘क्यान्सरको घर’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नेपालगन्जमा होटल पौवाको ५ तारे होटलको शिलान्यास >> नेपाल स्काउटको बुटवल आयुक्तमा खरेल >> मुख्यमन्त्रीलाई सभामुख घर्तीका १० गम्भीर प्रश्न >> किन हुँदैछ कर्णालीलाई डिजिटल बनाउने बहस् ? >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टोकन प्रणाली शुरु >>   प्रदिप, प्रनव, रितिक र निशान्त छैटौ बुटवल खुला राष्ट्रिय लनटेनिसको अन्तिम चारमा >> फुलबारीमा कुडुले घर >> अखिल नेपाल महिला संघको कर्णाली अध्यक्षमा रेग्मी >> कृषिमन्त्रीको राजीनामा माग्दै दूध किसान सडकमा (भिडियोसहित)
अर्थ

बन्द भएका उद्योग पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड

उद्योग–व्यवसायमैत्री नीति नभएको गुनासो
९ मंसिर २०८०, शनिबार
९ मंसिर २०८०, शनिबार

भैरहवा, ९ मंसिर ।

बन्द भएका उद्योगहरु पुनः सञ्चालनमा ल्याउनुपर्नेमा उद्योगी–व्यवसायीहरुले जोड दिएका छन् । उनीहरुले उद्योगहरु बन्द हुँदा मुलुकको अर्थतन्त्रमा असर पुगेकाले उद्योग सञ्चालनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

उद्योग दिवसको अवसरमा चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले शनिबार सिद्धार्थनगर–८ अञ्चलपुरस्थित छैठौं लुम्बिनी प्रादेशिक महोत्सवस्थलमा आयोजना गरेको उद्योग सम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा उद्योगी–व्यवसायीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले स्वदेशमै उत्पादन भएका वस्तु आयात गर्न नहुने बताए । उनले बन्द भएका उद्योग सञ्चालनमा ल्याउन नीति बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘उद्योग स्थापना गर्न पनि झण्झटिलो प्रक्रिया छ । सरकारले उद्योग सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ । ’ स्वदेशी तथा विदेशी वस्तु पहिचान गर्न साक्षरता अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

श्रेष्ठले चर्को बैंक ब्याजदर, दक्ष कामदार विदेश पलायन हुनु, उत्पादित वस्तुहरुको बजारीकरणमा समस्या, करको दर र भाडा वृद्धि, सडकको अवस्थालगायतका कारणले उद्योगहरु धरासायी भएको गुनासो गरे ।

त्यस्तै संगठनका उद्योग उपाध्यक्ष तथा अन्तरक्रिया कार्यक्रमका संयोजक मधुसुदन अर्यालले उद्योगहरुको बन्द हुने संख्या बढ्दै गए विदेश पलायन हुन युवाहरुको संख्या समेत बढ्दै जाने बताए । उनले उद्योग फस्टाए मात्र देशको अर्थतन्त्र बलियो हुने जिकिर गरे । उनले भने, ‘कच्चा पदार्थमा पनि भन्सार दर धेरै छ । जसका कारण स्वदेशी उत्पादनले विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न सकिरहेको छैन । यसतर्फ सरकारको ध्यान जानुपर्छ । ’

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका सल्लाहकार राजेश महोत्राले पर्यटन क्षेत्रको विकासका लागि ध्यान दिन आग्रह गरे । उनले स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईले उद्योगी–व्यवसायी विदेश पलायन भइरहेको बताए । उनले उद्योगी–व्यवसायी पलायन हुनबाट रोक्न सरकारले ठोस कदम चाल्न आवश्यक रहेकोमा जोड दिए ।

संगठनका अध्यक्ष राम प्रसाद पोख्रेलले उद्योग व्यवसाय क्षेत्रलाई अगाडि बढाउन राज्यलाई घचघचाउनुपर्ने बताए । उनले उद्योगी व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिए ।

उद्योग व्यापार संगठन, रुपन्देहीका कार्यसमिति सदस्य रामप्रसाद भण्डारीले जहाँ जे उत्पादन हुन्छ त्यहीअनुसारको उद्योग स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

संघका कार्यसमिति सदस्य कृष्ण प्रसाद मरासिनीले स्थानीय सरकारले उद्योग व्यवसाय प्रवद्र्धनमा ईट्टा थप्ने काम गर्ने विश्वास व्यक्त गरे ।

उद्योगी श्यामसुन्दर अग्रवालले एउटा उद्योग बन्द हुँदा ३ सय देखि ५ सय जना मजदूरको रोजगारी गुम्ने ‘भएकाले बन्द भएका उद्योग पुनः सञ्चालनमा ल्याउन ध्यान दिनुपर्ने बताए । उनले उद्योग बन्द हुँदा मुलुकको अर्थतन्त्रमा पनि असर पुग्ने बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका कार्यसमिति सदस्य रोमकान्त भट्टराईले सिद्धार्थनगरलाई व्यवस्थित बनाउन सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीका संस्थापक अध्यक्ष माधव ढुंगानाले बजार विश्लेषण गरेर उद्योगमा लगानी गर्नुपर्ने बताए । उनले भने, ‘उद्योगको नाममा ऋण लिने अनि घरजग्गामा लगाउने प्रवृत्ति राम्रो होइन ।’

उद्योग व्यापार संगठन, रुपन्देहीकी सल्लाहकार ज्ञानु पौड्यालले योजना बनाउँदा तथ्यांक आवश्यक रहेकोमा जोड दिइन् । उनले उद्योग–व्यवसायमैत्री नीति बन्न नसकेको गुनासो गरिन् । युवालाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमा स्वरोजगार सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले उद्योगमा धेरै लगानी भएका र उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक मन्दीको बेला व्यवसाय कर बढेको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले मुलुकका अधिकांश उद्योग बन्द भएको बताए । उनले सरकारले उद्योगमैत्री नीति बनाउन नसकेको बताए ।

उद्योग व्यापार संगठन, रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार खिमबहादुर खत्रीले नयाँ उद्योग सञ्चालनमा आउन नसकेको बताए । उनले राज्यले पहल नगरेकाले युवा विदेश पलायन हुनेको संख्यामा वृद्धि भइरहेको बताए ।

संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले घरेलु तथा साना उद्योग सञ्चालनमा ध्यान दिन आग्रह गरे । उनले बैंकको आतंकले धेरै उद्योग विस्थापित भएको बताए । उनले मेला महोत्सव सञ्चालन गर्न अस्थायी संरचनामै करोडौं खर्च हुने गरेकाले स्थायी मण्डप बनाउनुपर्नेमा जोड दिए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले छिमेकी मुलुकलाई मात्र गाली गरेर देशभक्त बन्न नसकिने बताए । उनले आफ्नो विकासका लागि आफैले सोच्ने बेला आएको बताए । उनले भने, ‘पहिला आफूबाट सुधार गरौं । ’भारतीय पर्यटकलाई नेपालमा भारु २५ हजार मात्र ल्याउन पाउने नियम व्यवहारिक नभएको उनको भनाइ छ ।

उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, संगठनका उद्योग उपाध्यक्ष मधुसुदन अर्यालको स्वागत, वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मंसिर ६ गतेदेखि सुरु भएको छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० मंसिर १८ गतेसम्म सञ्चालन हुने संगठनका वाणिज्य उपाध्यक्ष राममिलन यादवले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?