© २०२३
काठमाडौँ ।
काठमाडौँको बल्खुमा अवस्था तनावग्रस्त भएको छ। दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको हो।
प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर शिहदरबार जाने घोषणा गरे लगत्तै जुलुश अघि बढ्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् ।
अहिले प्रहरीले दर्जनौं अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। मेडिकल व्यवसायी समेत रहेका प्रसाईंका समर्थक र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिनका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको हो।
प्रसाईंले आफ्ना ८ जना समर्थकलाई प्रहरीले घाइते बनाएको दाबी गरेका छन्। उनका अनुसार एकजना सर्वसाधरण पनि घाइते छन्। घटनामा प्रहरी पनि घाइते भएका छन्।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी