ट्रेंडिंग:

>> विज्ञले भने- हिमाल जीवनशैलीको प्रमुख स्रोत हो, तिनको संरक्षण गर्नु विश्व समुदायको दायित्व >> ईलिट जेआर र बुटवल १९ बीच उपाधि भिडन्त >> सुपादेउरालीको भजनबाट प्रचारप्रसार >> ललितपुरका मेयर महर्जन मितेरी गाउँ गुल्मीको मालिकामा >> हावाहुरीले क्याम्पस भवनमा क्षति >> आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै >> चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा >> अम्रिसो खेतीले चिनिएको पाल्पाको ओखलढुंगा >> महिलालाई नै अघि सार्दै >> देउरालीमा ‘एक्ला मान्छे’ >> कांग्रेस संसदीय दलको बैठक बस्दै >> जेठ ४ देखि भैरहवामा प्रथम माननीय कप क्रिकेट प्रतियोगिता >> नेपालगन्जमा करिव एक दशकपछि भयो मुशायरा >> चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> बालबालिकाको मुटु चेकजाँच अभियान >> हुण्डी कारोबार गर्ने तीनजना रुपन्देहीबाट पक्राउ >> कर्णालीका कर्मचारीहरु फेरि आन्दोलनमा उत्रिने >> थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’ >> रुखले च्यापेर दुई जनाको मृत्यु, तीन गम्भीर घाइते >> रुखले च्यापिएर १४ वर्षीया बालिकाको मृत्यु >> षट्कोण आर्ट्सले घोषणा गर्‍यो ‘लालीबजार’ >> लुम्बिनीमा पिकअप र कार ठोक्किदा २ जनाको मृत्यु >> उपेन्द्र यादवले भने, ‘भूमि सबन्धी विधेयकको विरोध रहन्छ’ >> ४३.१ प्रतिशत विद्यालयहरूमा मात्र इन्टरनेट पहुँच >> १९ वर्षमुनिको साफ फुटबल: सेमिफाइनलमा नेपाल आज बङ्गलादेशसँग भिड्दै >> विद्युत अवरुद्धपछि प्राधिकरणको स्पष्टीकरण : “चिन्ता लिनु पर्ने अवस्था छैन” >> गभर्नर नियुक्तिमा चलखेल भइरहेको प्रचण्डको आरोप >> कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई >> महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल सुपर-३ मा प्रवेश >> बर्दघाटको पहाडी भेगका किसानलाई हाते ट्याक्टर >> २४ औ स्थापना दिवसमा बाल संगठनलाई खाद्यान्न सहयोग >> ‘दाइजाे मृत्यु’ प्रकरणमा श्रीमान माथि दुरुत्साहन मुद्दा दर्ता >> संघीय निजामती सेवा विधेयक समितिबाट पारित >> सनस्क्रिन लगाउँदा अनुहार किन कालो हुन्छ ? उसो भए तरिका बदल्नुहोस् >> रास्वपाका सांसद असिम शाहले सोधे, ‘सरकार आफै डार्क मोडमा लान खोजेको हो ?(भिडियोसहित) >> राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ >> राजापुर नगरपालिकामा जिल्लाकै कम बेरुजु >> कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ महिलाको मृत्यु >> एकै पटक ३ हजारले बढ्यो सुनको मूल्य >> जलवायु परिवर्तन, हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीः प्रधानमन्त्री  >> रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्धा न्यायधिशद्वय चुडाँल र श्रेष्ठको इजालासमा >> पेट्रोलियम पदार्थको मूल्य घट्यो >> महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अतुलनीय >> प्रदेश सांसदले गरे सरकारको ध्यानाकर्षण >> शिक्षा र राजनीतिः राष्ट्रको भलाइका लागि समान पाटो >> बंगालको खाडी र अरब सागरको हावा नेपालमा, वर्षा र हिमपात हुने सम्भावना >> नेपालको राजनीति र नागरिक निराशा >> मदन आश्रित स्मृति दिवसमा रक्तदान >> मुलुकको अर्को बेथितीः बेरुजुको छलाङ >> प्रदेश सांसदमा फरक पहिचानको प्रयासमा सन्जु

विश्वमत्स्य दिवसः दानव नदीमा ५० हजार भुरा छाडीयो

६ मंसिर २०८०, बुधबार
६ मंसिर २०८०, बुधबार

बुटवल, ६ मंसिर – विश्व मत्स्य दिवसको अवसरमा रूपन्देहीको सियारीमा रहेको दावन नदीमा ५० हजार माछाका भुरा छाडीएको छ । २१ नोभेम्बर विश्वभर मत्स्य दिवस मनाईन्छ । रूपन्देहीमा पशुपंक्षी तथा मत्स्य विकास निदेशनालय बुटवल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रूपन्देही, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रूपन्देही, मत्स्य शुद्ध नष्ल तथा संरक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र रूपन्देहीको आयोजनामा मत्स्य दिवस मनाइको हो ।

मंगलबार जैविक बिविधताको संरक्षण गर्ने ध्येयका साथ तिनाउ खोलामा ५० हजार माछा छोडेर विश्व मत्स्य दिवस मनाइएको छ । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले माछाका भुरा दानव खोलामा छोडेर कार्यक्रमको शुभारम्भ गरेका थिए । बाढी, पहिरो र अत्याधिक दोहनले खोलामा पानीको स्रोत घटिरहेको छ । यसले जलचर र जलीय जीवको संंख्यामा क्रमिक रूपमा असर गरिरहेको छ । त्यसैमा बजार र कलकारखानाबाट निस्किने रासायनिक र प्लाष्टिकजन्य फोहोर सिधै खोलामा मिसाइएको छ । यसले जलीय जीव र जलचरको जीवन चक्रमा समस्या निम्त्याएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रबेश सिंह कुँवरले बताए । ‘माछाको आहार बनाउन र उसलाई हुर्किन रासायनिक फोहोरले असर गरेको छ’, उनले भने ।

पानीमा हुने प्राङ्गारिक पदार्थले फोहोर बढाउँछ । ती फोहोर माछा तथा अन्य जलचरले खाएर पानीमा शुद्धता कायम राख्छन् । पानीमा जीवजन्तुको कमी भए त्यो असर गुणस्तरमा आउँछ । माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिचाँईका लागि उपयुक्त मानिने मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्र, रूपन्देहीका प्रमुख महेशचन्द गुप्ताले बताए ।

जलीय जीव र जलचरको संरक्षण गर्दा पानीको मुहानको संरक्षण प्रमुख विषय हो । बजारबाट आउने ढलको फोहोर र दुषित पानीको उपचार नगरी सिधै खोलामा मिसाउनु हुँदैन । तर, यहाँका उद्योग, कलकारखानाबाट निस्किने रासायनिक फोहोरलाई रोक्न वाटर ट्रिटमेन्ट प्लान्ट जडान नगरिकनै खोलामा मिसाइएको छ । वातावरणलाई असर गर्ने कुनै पनि क्रियाकलाप गर्न ऐनले लगाएको रोक कार्यान्वयन हुन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइका प्रमुख नारायण काफ्लेले बताए । अब प्रदेश सरकारले अन्य मन्त्रालयहरूको सहकार्यमा चाँडै वातावरण सम्बन्धी कार्यविधि बनाएर खोला दूषित हुनबाट रोक्ने मन्त्री भण्डारीलाल अहिरले बताए । वातावरणीय सन्तुलन कायम राख्न जैविक बिविधताको संरक्षण र त्यसको सदुपयोग अपरिहार्य हुन्छ । त्यसैले सबै प्राणी र वनस्पतिको वातावरणलाई सन्तुलनमा राख्न आआफ्नो भूमिका हुन्छ ।

खोला नालामा जथाभावी रासायनिक फोहोर मिसाउँदा त्यसको असर सबै मानव प्राणीले समेत व्यहोर्नूपर्ने मत्स्य व्यवसायी संघ रूपन्देहीका अध्यक्ष दिवाकर भुसालले बताए । रूपन्देहीमा माछा मारेर जीविका चलाउने हजारौँ परिवार छन् । माछाको संख्या कम हुँदै गएकाले खोलामा पाइने जलचरबाट आश्रित समुदायको आम्दानीको स्रोत गुमेको छ । उनीहरूको सहजताका लागि पनि हरेक वर्ष खोलाहरूमा माछाका भुरा छोड्ने गरिएको छ । जैविक बिविधताको संरक्षण गर्न मानव प्राणी बढी सचेत हुन आवश्यक छ । नत्र जीव, बनस्पती सबैको जीव चक्रमा गम्भीर समस्या उत्पन्न हुने विज्ञहरू बताउँछन् । दिवसमा जिल्ला मत्स्य व्यवसायी संघ रूपन्देही, माछा सुपरजोन सञ्चालन समिति रूपन्देही, नेपाल मत्सय समाज काठमाण्डौ, मण्डल मत्स्य ह्याचरी फार्म र जलदेवी मत्स्य उत्पादक सहकारी संस्था सहयोगी संस्थाको रूपमा रहेका थिए ।
रूपन्देहीका अधिकांश खोला नालामा जथाभावी रासायनिक र प्लाष्टिक जन्य फोहोर मिसाइएको छ । यसले जलाशयहरूमा जलीय जीव र जलचरको संख्या कम भैरहेको छ । वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ विश्व मत्स्य दिवसको अवसरमा माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयहरूले हरेक वर्ष माछाका भुरा खोलामा छोड्ने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?