ट्रेंडिंग:

>> प्रतिनिधिसभा बैठक स्थगित >> औषधीजन्य फोहोर ब्यवस्थापन तालिम सम्पन्न >> राजतन्त्र देखेकै हो, मौका पाउनासाथ जनतालाई अधिकारविहीन बनाउँछ: उपप्रधानमन्त्री सिंह >> नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार ८ अर्ब नाघ्यो >> दाङ–रुपन्देही सम्पर्क समाज र बुटवल हस्पिटलबिच सेवाको सम्झौता >> राष्ट्रपति र न्यूजिल्याण्डका उप-प्रधानमन्त्रीबिच भेटवार्ता >> प्रधानमन्त्रीले गरे धुलिखेलमा ‘ट्रमा एन्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास >> उर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल >> संसद् अवरोध जारी रहे गृहमन्त्री लेखकले पत्रकार सम्मेलनबाट जवाफ दिने >> बजेट प्रस्तुतिमा अवरोध नगर्ने विपक्षी दलहरूको निर्णय >> यस वर्षको मनसुन पूर्वतयारी कार्ययोजना पारित, झन्डै २० लाख जनसंख्या प्रभावित हुने अनुमान >> न्युजिल्याण्डका उपप्रधान तथा विदेशमन्त्री पिटर्स नेपाल भ्रमणमा आइपुगे >> सरकारले राप्रपाका सांसदको पीएसओ हटायो : ज्ञानेन्द्र शाही >> प्रधानमन्त्री कप भलिबलमा महिला तर्फ पुलिस अपराजित रहँदै फाइनलमा >> दहीमा यी दुई का बिउ मिसाएर कपालमा लगाउनुहोस्, झर्न हुन्छ कम >> सुनको मूल्य १ हजार ६ सय रुपैयाँले घट्यो >> आधा घण्टालाई प्रतिनिधिसभाको बैठक स्थगित >> कांग्रेसको स्पष्ट भनाइ — गृहमन्त्री लेखकले न राजीनामा दिन्छन्, न छानबिन समिति बन्छ >> कास्कीको फुलिबाङ केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरको भूकम्प >> युरोपमा टेस्लाको ब्यापार ४९ प्रतिशत घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी >> कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृत्यु >> चार घण्टापछि खुल्यो राप्ती राजमार्ग >> व्यापार सङ्घद्वारा रक्तसञ्चार केन्द्र स्थापना गर्न साढे १ करोड लगानी  >> इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय छन्–सभामुख   >> सिपलाई आम्दानीको बाटोमा लैजाने अठोट  >> नेपाली विद्यार्थीले विदेशमा देखेको सपना… >> महिला स्वास्थ्यको जोखिम र चिन्ता  >> विद्यार्थीको साइकलमा रिफ्लेक्टिभ स्टिकर >> पृथ्वीचन्द्र अस्पतालमा दुई महिनापछि अध्यक्ष >> बुटवलको होराइजन चोकमा आमासहित दुई बच्चाको विभत्स हत्या >> राप्ती राजमार्गको सल्यान–दाङ खण्ड पूर्ण रूपमा अवरुद्ध, पहिरो हटाउने प्रयास जारी >> ‘पेटभरि खाना उब्जाउने खेत मासेर दरबार बनाउनुको अर्थ छैन’ >> फुर्सदले जोड्दै आम्दानी >> सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै, अवरोध कायमै राख्ने प्रतिपक्षी दलहरुको रणनीति >> आज हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना >> करिश्मामा थाइराईडको निशुल्क जाच >> प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमान यात्राबर सम्मान २०८२’ प्रदान >> विकासले गाउँ ताक्यो, मान्छेले सहर >> मौसम विभागले भन्यो: यसपालि मनसुन छिटो, यसै साता प्रवेश गर्ने सम्भावना देखियो >> युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित >> नेपालमा सात जनामा कोरोना पुष्टि >> `मोहन सिटौला व्यष्टि र समष्टि´ सार्वजनिक >> प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित >> महायज्ञ स्थलमा आक्रमण: विश्व हिन्दु परिषद् नेपालको विरोध, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र >> नेपाली श्रमिकलाई गन्तव्य देशले स्थानीय नागरिकसरह काम दिनुपर्छ: श्रम मन्त्री >> सेयर बजारमा ०.८५ अंकले वृद्धि, कारोबार घट्यो >> सभामुखद्वारा संसद गतिशील बनाउन प्रमुख सचेतकहरूसँग छलफल >> प्रधानमन्त्री समक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस >> प्रधानमन्त्रीले राप्रपाको कार्यक्रम भड्काउन खोजे: अध्यक्ष लिङ्देन >> दुर्गा प्रसाईंका बडिगार्डविरुद्ध मुद्दा नचल्ने निर्णय

ओझेलमा रिडीधाम

३ मंसिर २०८०, आईतवार
३ मंसिर २०८०, आईतवार

पाल्पा, ३ मंसिर ।  धार्मिक दृष्टिकोण बाट नेपालको वनारस भनेर उपमा पाएको रुरु क्षेत्र पर्यटक तथा धार्मिक महत्व बोकेको रुरु क्षेत्र बिकासका प्रसस्त संभावना भएपनि ओझेलमा परेको छ । धार्मिक, पुरातात्विक, पर्यटकीय तथा साँस्कृतिक महत्व भए पनि सरकारी बेवास्तासंगै प्रचारप्रसारको कमीका कारणले ओझेलमा पर्न गएको हो ।

धार्मिक हिसाबले नेपालले प्रसिद्ध स्थल चार धाम मध्ये एक धाम मानिने रुरु धाम हिन्दू धर्मालम्बीको प्रमुख गन्तव्य स्थान बन्न नसकेको स्थानीयहरूको भनाइ रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकीय संभावना भएपनि पाल्पा, गुल्मी स्याङ्जा जिल्लाको संगम स्थल र शालीग्राम पाइने धार्मिक तथा पवित्र नदी कालीगण्डकी नदी किनारमा रहेको पाल्पाको अर्गली गाउँको रुरु क्षेत्र सरकारी बेवास्ताका कारण ओझेलमा पर्न गएको स्थानीय प्रकाश श्रेष्ठ बताउँछन ।

रुरु कन्या ऋषिकेश फरक फरक धार्मिक मान्यता रहेका गायत्री सँगै असंख्य मठ मन्दिरको इतिहास सोह्रौ शताब्दी देखि कै छन । कालीगण्डकी नदीमा स्नान गरी मकर सक्रान्तीका दिन ऋषिकेश भगवानको दर्शन गरेको खण्डमा मोक्ष प्राप्ती संगै मानिसलाई लाग्ने पुत्र, पित्रृृ गुरु ऋण बाट मुक्ती भइने धार्मिक जन विश्वासका कारण मकर सक्रान्तीका दिन तीन दिन सम्म धार्मिक मेला लाग्ने यस क्षेत्रमा पाशुपत, बराह, मुक्ती क्षेत्रमा जस्तो सरकारी तह बाट बिकासका कार्यहरू नभएका कारण ओझेलमा पर्न गएको मन्दिरका पुजारी दिपक भटराई बताउँछन ।
सोह्रौ शताब्दीका पाल्पाली सेन बशिय राजा मणी मुकुन्द सेन आफना सेना सहित काली गण्डकी नदीमा स्नान गर्न गएका बखतमा नदीमा डुवुल्की मार्दा आफनो सिर भगवान ऋषिकेशको पाउमा ठोकीएको र राजाले सेनालाई जल बाहिर निकाली राखेको ठाउँ बाट अर्को दिन हलाउन चलाउन नसकेका कारण मुर्ति राखिएको ठाउँमा नै मन्दिर स्थापना गराएका थिए । इतिहासमा यसरी राजाले मन्दिर स्थापना गराएपछि मन्दिरमा दैनिक पूजा संचालनका लागि पुजारी, पूजाको अक्षताको लागि अर्गली फाँटमा महिना सिचाई सुविधाको व्यवस्था मिलाएका थिए ।
धार्मिक सास्कृतिक संगै पर्यटकिय क्षेत्रको महत्व रहेको यस क्षेत्रमा नेपालका प्रथम प्रधान मन्त्री भिमसेन थापाले आफना पूर्वजको नाममा दर्जनौ पौवा समेत खण्डहरमा परिर्वतन हँुदै गएको छ ।

हिन्दुधर्मालम्बीहरूका लागि मुख्य गन्तब्य बनाउन सकिने भए पनि प्रचार प्रसारको कमीका कारण धार्मिक पर्यटक भित्रयाउन नसकेको मन्दिर व्यवस्थापन समितीका कोषाध्याक्ष भानुभक्त पाण्डे बताउँछन । यस क्षेत्रको बिकासको लागि भनेरै पाल्पा, गुल्मी र स्याङ्जा जिल्लालाई जोडने गरी तिनमुखे झोलुङ्गे पुल समेत निर्माण कार्य पुरा भएको छ । यस क्षेत्रको प्रचार प्रसार भारत सम्म पुग्न सकेको खण्डमा भारतीय हिन्दुधर्मालम्बीहरूलाई यस क्षेत्रमा भित्रयाउन सकिन्छ तर यसका लागि संघिय, प्रदेश सरकारको समेत जिम्बेबारी भए पनि दुवै तहका सरकार आफनो जिम्बेबारी बाट पन्छिएको स्थानीय सिता ज्ञवाली बताउँछिन ।

यिनै भगवानको आशिषका कारण पाल्पा गुल्मीका नेता पटक पटक माननिय हुदै संघीय तथा प्रदेश सरकारका मन्त्री सम्म बने तर रुरु क्षेत्रको बृहत्तर बिकासका लागि गुरु योजना सम्म बन्न नसक्नु अत्यन्तै दु.खद पक्ष भएको स्थानीयहरूकोगुनासो रहेको छ ।
तानसेन तम्घास सडक खण्डमा पर्ने यस क्षेत्र गुल्मी जिल्लाको मुख्य प्रवेश द्धारमा नै भए पनि गुल्मी जिल्ला बाट प्रतिनिधीत्व गरेका पुर्व मन्त्री प्रदिप ज्ञवाली पर्यटन तथा संस्कृति मन्त्री भएका बखतमा गुरु योजना निर्माणका लागि पहल भउ पनि सरकार परिवर्तन संगै गुरु योजनाको कार्य गर्भ मै तुहीन पुगेको स्थानीयहरूको गुनासो रहेको छ ।

प्रदिप ज्ञवाली पछिका मन्त्रीहरूले निरन्तता दिएनन् । यस पछिका गुल्मीका माननियहरू समेत बेखबर बने । स्वयं ज्ञवाली समेत पछिल्लो समयमा मौन रहेका कारण यस क्षेत्र पुर्णरूपले ओझेलमा परेको मन्दिर व्यवस्थापन समितीको दुखेसो रहेको छ अन्तरिम सरकारका खिलराज रेग्मीको नेतृत्वको सरकारले यहाको पूर्वाधार निर्माणको लागि बजेट विनियोजन भयो राजनैतिक कदम बाट पूर्णरूपले बेबास्ता गरेको स्थानिय प्रकास श्रेष्ठ बताउछन । व्यवस्थापन समिती पुनर्गठन भएन। धार्मिक सम्पदाको संरक्षण व्यवस्थापनका लागि गुठी सस्थान द्धारा गठित व्यवस्थापन समितिको पदावधी समाप्त भएको तीन वर्ष भन्दा धेरै तर त्यहा समिती गठन हुन नसक्दा मन्दिरको आय व्याय समेत पारदर्शी हुन सकेको छैन ।

स्थानीय समुदाय बाट नेतृत्व छनोट गर्ने हो । पटक पटक नयाँ समिती गठनका लागि डाकीएको भेलामा गणपुरक सख्या पुग्न नसक्दा समस्या परेको कोषाध्याक्ष भानुभक्त पाण्डे बताउछन । मन्दिर निर्माण भएपछि स्थानिय भटराई परिवारलाई दैनिक पूजा सञ्चालनका लागि जिम्बेबारी दिइयो । मन्दिरमा पूजा गरे वापत ०५२ साल अगाडि मन्दिरको नाममा रहेको खेत बाट उब्जिएको धान पाउने व्यवस्था थियो । तत्कालिन मनमोहन अधिकारीको नेतृत्वको सरकारले गुठी जमिनलाई रैतानीमा परिणत गरेपछि पुजारीले तलब पाउने व्यवस्था गरी मन्दिरको नाममा चढाएको भेटी पारदर्शी गर्ने परिपाटी भए पनि यहाँ व्यवस्थापन समिती जिम्बेबारी हुन नसक्दा आय व्याय समेत पारदर्शी हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?