© २०२३
बुटवल, १९ कार्तिक । होटल पौवा योगीकुटीमा सराय नृत्य प्रदर्शन गरिएको छ । संस्कृति संरक्षणसहित सेवा दिदै आएको तिलोत्तमा–३ योगीकुटीमा रहेको होटल पौवाको बुटवल शाखामा सराय नृत्यु प्रदर्शन गरिएको हो । पौवाका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड बिष्णु भण्डारीले लुम्बिनी प्रदेशको पहिचानका रूपमा रहेको सराय नृत्य बारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ होटल पौवामा प्रदर्शन गरिएको बताए । दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतको
जिल्लाहरूमा नाचिने सराय नाचलाई साँस्कृतिक पहिचान दिन यस वर्षदेखि बुटवल शाखाबाट सराय नाचको प्रारम्भ गरिएको उनले बताए । गुल्मीको पल्लीकोटबाट आएका कलाकारको टोलीले सरायसँगै अन्य साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । बुटवल आसपासका विभिन्न स्थानबाट स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा सेलरोटी, बटुक, चुकौनी लगायतका टिपिकल नेपाली परिकारको स्टलहरु समेत राखिएको योगीकुटी शाखाका व्यवस्थापक निशान खरेलले बताए । पौवाले विगतमा पनि नेपालमा रहेका हरेक भाषाभाषी र जनजातिले मनाउँदै चाडपर्व, संस्कार संस्कृति विशेषलाई विशेष महत्व दिएर मनाउँदै आएको छ । ‘नेपालका लागि नेपाली आतिथ्यता’ भन्ने नारासहित होटल पौवाले स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलसहित देशभर १२ स्थानबाट सेवा दिँदै आएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी